Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बंगलादेशबाट नेपाली फिर्ता ल्याउने वातावरण बनाउन कांग्रेसको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले बंगलादेशमा भइरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी र नागरिक प्रभावित भएको भन्दै आवश्यक प्रवन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ । 

आइतबार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । उनले संसदीय दलको बैठकले बंगलादेशमा चलिरहेको आन्दोलनबाट त्यहाँ रहेका नेपाली विद्यार्थी र नागरिकलाई स्वदेश फिर्तीको व्यवस्था मिलाउन आग्रह गरेको बताए । 

उनले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति भएको भन्दै सरकारलाई त्यसप्रति गम्भीर बन्न आग्रह गरेको गरे । प्रमुख सचेतक घिमिरेले भने, ‘‘बंगलादेशमा चलिरहेको आन्दोलनमा नेपाली विद्यार्थी र अन्य नागरिक समेत प्रभावित भइ स्वदेश फिर्तीमा समेत समस्या भइरहेको समाचार आइरहेको हुँदा उनीहरुको सुरक्षा र उनीहरुलाई स्वदेश फिर्तीको सहज व्यवस्था गर्न सरकारसँग माग गर्दछ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति भएको छ । केहीको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । मृतकप्रति श्रद्धाञ्जली र उनीहरुका परिवारमा समवेदना प्रकट गर्दै उचित राहतको व्यवस्था गर्न र बेपत्ताको खोजि कार्य तिब्र बनाउन र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गर्दछौँ ।’’

प्रमुख सचेतक घिमिरेले सिमलटारमा बस पहिरोले बगाउँदा बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको बताए । बाढी, पहिरो र डुबानका कारण समस्यामा रहेका नागरिकलाई सहयोग गर्न पार्टीका भ्रातृ संस्थाहरुलाई निर्देशन दिने निर्णय भएको पनि जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending