Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान

खबरडबली संवाददाता

काठमाडौं ।  उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन् । गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको रु ५० लाख बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामरा जडान गरिएका छन् ।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण त्यसलाई कम गर्ने उदेश्यले सिसी क्यामरा जडान गरिएका हुन् । राजविराजको गजेन्द्र चोक, दर्शन चोक, राममन्दिर, अदालत रोड, पानीट्यङ्की रोडसहितका ठाउँमा निगरानी गर्न सिसी क्यामरा जडान गरिएका हुन् ।

नगरपालिकाले नगरक्षेत्रभित्रको सुरक्षालाई मध्यनजर गर्दै नगरलाई उज्यालो बनाउने उद्देश्यले पाँच ठाउँमा फ्लडलाइट र १३ ठाउँमा मिनिफ्लडलाइट समेत जडान गरिएको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिए ।

जडान गरिएका क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालय तथा नगरपालिकाले गर्ने उनले बताए । बजारलाई व्यवस्थित गर्न नगरपालिका लागिपरेको उनको भनाइ छ । राजविराज नगर क्षेत्रमा जडान गरिएका सिसी क्यामराका माध्यमबाट नगरको सुरक्षा व्यवस्थासँगै अपराध नियन्त्रण गर्न मद्दत पुग्ने प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending