मोरङ । मोरङको लेटाङ–२, फँडानीका खगेन्द्रराज भण्डारीले गत वर्ष सात हजार रुपियाँको सुपारीका पात बिक्री गरे । उनले सवा सय बोट सुपारी लगाएका छन् । स्थानीय लिफ्ट लेटाङ इन्टरप्राइजेजले सुपारीका पातबाट दुनाटपरी निर्माण गर्ने घरेलु उद्योग खोलेपछि सुपारी खेती गरिरहेका किसानले दोहोरो लाभ लिन थालेका छन् ।
खगेन्द्रराज भण्डारी मात्र होइन, लेटाङ–६ का हरिप्रसाद धिमालले सुपारीका पात बिक्री गरेर ११ हजार रुपियाँ आम्दानी गरेको बताए । धिमालको बारीमा सुपारीको ठुलो बगान छ । धेरै जसो पात झरेर जान्छन् । सङ्कलन गरेर भण्डारण गर्न सक्ने हो भने पातबाटै २०र२२ हजार रुपियाँ कमाउन सकिने धिमालको भनाइ छ । भण्डारी र धिमाल जस्तै गोपीलाल मगर, देवीप्रसाद ओझालगायत थुप्रै किसान सुपारीका पात बिक्री गरेर लाभ लिइरहेका छन् । लेटाङका सात जना उद्यमी मिलेर सुपारीका पातबाट दुनाटपरी बनाउने मेसिन ल्याएपछि सुपारीका पात बिक्री हुन थालेका हुन् । उद्योगले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
सञ्चालक लोकनाथ तिम्सिनाले भने, “२०७८ सालको कात्तिकदेखि दुनाटपरी, प्लेट उत्पादन गर्न थालेका हौँ । स्थानीय बजारमा भन्दा काठमाडौँ, पोखरा जस्ता ठुला बजारमा माग बढी छ । अझ विदेश निर्यात पनि हुन थालेपछि व्यवसायीहरू उत्साही छन् । पछिल्लो समय विदेश निर्यातको प्रक्रीया अलि झन्झटिलो भएकाले उत्पादित सामान मौज्दात रहेको बताए । दैनिक १० हजार प्रति दुना, टपरी, प्लेट उत्पादन गरिरहेको उद्योगले आम्दानी पनि राम्रो गरिरहेको छ ।
सामान्यतया साढे दुई रुपियाँदेखि तीन रुपियाँसम्ममा खरिद गरेको पातबाट आठ÷नौ रुपियाँसम्ममा बिक्री हुने प्लेट, टपरी बनाउन सकिन्छ । साना दुना तीन रुपियाँसम्ममा बिक्री हुन्छन् । २१ लाख रुपियाँ लगानी गरी लोकनाथ तिम्सिना, जसबहादुर राई, युवराज खतिवडा, रोशन पौडेल, विजय देवकोटा, सुवास राई र अतिस सुवेदीले संयुक्त रूपमा यो व्यवसाय गर्दै आएका छन् ।
स्थानीय खेर जाने वस्तुलाई सदुपयोग गर्दै आर्थिक लाभसँग जोड्ने यो व्यवसायले लेटाङका २७र२८ जनालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगार दिएको छ । सुपारीका पातलाई उपयोग गरेर वातावरणमैत्री उत्पादन गरिरहेकाले यस उद्योगको प्रवर्धनका लागि लेटाङ नगरपालिकाले समेत सहकार्य गर्ने भएको छ । लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले भने, “राज्यले रोजगार दिन सक्ने अवस्था छैन । स्वरोजगार बन्ने उद्यमीलाई आर्थिक, प्राविधिक सहयोग गर्न हामी तयार छौँ तर ती उद्योगले रोजगार सिर्जना गर्न सक्नु पर्छ ।” याे समाचार गाेरखापत्र दैनिकमा हरिप्रसाद कोइरालाले लेदेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: