मोरङ । मोरङको लेटाङ–२, फँडानीका खगेन्द्रराज भण्डारीले गत वर्ष सात हजार रुपियाँको सुपारीका पात बिक्री गरे । उनले सवा सय बोट सुपारी लगाएका छन् । स्थानीय लिफ्ट लेटाङ इन्टरप्राइजेजले सुपारीका पातबाट दुनाटपरी निर्माण गर्ने घरेलु उद्योग खोलेपछि सुपारी खेती गरिरहेका किसानले दोहोरो लाभ लिन थालेका छन् ।
खगेन्द्रराज भण्डारी मात्र होइन, लेटाङ–६ का हरिप्रसाद धिमालले सुपारीका पात बिक्री गरेर ११ हजार रुपियाँ आम्दानी गरेको बताए । धिमालको बारीमा सुपारीको ठुलो बगान छ । धेरै जसो पात झरेर जान्छन् । सङ्कलन गरेर भण्डारण गर्न सक्ने हो भने पातबाटै २०र२२ हजार रुपियाँ कमाउन सकिने धिमालको भनाइ छ । भण्डारी र धिमाल जस्तै गोपीलाल मगर, देवीप्रसाद ओझालगायत थुप्रै किसान सुपारीका पात बिक्री गरेर लाभ लिइरहेका छन् । लेटाङका सात जना उद्यमी मिलेर सुपारीका पातबाट दुनाटपरी बनाउने मेसिन ल्याएपछि सुपारीका पात बिक्री हुन थालेका हुन् । उद्योगले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
सञ्चालक लोकनाथ तिम्सिनाले भने, “२०७८ सालको कात्तिकदेखि दुनाटपरी, प्लेट उत्पादन गर्न थालेका हौँ । स्थानीय बजारमा भन्दा काठमाडौँ, पोखरा जस्ता ठुला बजारमा माग बढी छ । अझ विदेश निर्यात पनि हुन थालेपछि व्यवसायीहरू उत्साही छन् । पछिल्लो समय विदेश निर्यातको प्रक्रीया अलि झन्झटिलो भएकाले उत्पादित सामान मौज्दात रहेको बताए । दैनिक १० हजार प्रति दुना, टपरी, प्लेट उत्पादन गरिरहेको उद्योगले आम्दानी पनि राम्रो गरिरहेको छ ।
सामान्यतया साढे दुई रुपियाँदेखि तीन रुपियाँसम्ममा खरिद गरेको पातबाट आठ÷नौ रुपियाँसम्ममा बिक्री हुने प्लेट, टपरी बनाउन सकिन्छ । साना दुना तीन रुपियाँसम्ममा बिक्री हुन्छन् । २१ लाख रुपियाँ लगानी गरी लोकनाथ तिम्सिना, जसबहादुर राई, युवराज खतिवडा, रोशन पौडेल, विजय देवकोटा, सुवास राई र अतिस सुवेदीले संयुक्त रूपमा यो व्यवसाय गर्दै आएका छन् ।
स्थानीय खेर जाने वस्तुलाई सदुपयोग गर्दै आर्थिक लाभसँग जोड्ने यो व्यवसायले लेटाङका २७र२८ जनालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगार दिएको छ । सुपारीका पातलाई उपयोग गरेर वातावरणमैत्री उत्पादन गरिरहेकाले यस उद्योगको प्रवर्धनका लागि लेटाङ नगरपालिकाले समेत सहकार्य गर्ने भएको छ । लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले भने, “राज्यले रोजगार दिन सक्ने अवस्था छैन । स्वरोजगार बन्ने उद्यमीलाई आर्थिक, प्राविधिक सहयोग गर्न हामी तयार छौँ तर ती उद्योगले रोजगार सिर्जना गर्न सक्नु पर्छ ।” याे समाचार गाेरखापत्र दैनिकमा हरिप्रसाद कोइरालाले लेदेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: