काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेको छन् ।
राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गर्नुभएको हो । उहाँ यसअघिको सरकारमा पनि वि.सं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएको थिए।
विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३औँ पटक मन्त्री बनेको हो । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए ।
“वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु”, उनले भने।
मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गरे।
“अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन”, उनले भने, “हामीले इमानदारी र अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम गर्यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।”
मन्त्री भण्डारीको राजनीतिक यात्रा
उहाँ महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएको हो ।
भण्डारीले वि।सं २०३२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गरेको हो । २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गरेका उनी बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक भए ।
भण्डारी वि।सं २०५१ पछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय भएको हो । वि।सं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै उनको संसदीय यात्रा सुरु भएको थियो । वि।सं २०४४ मा पहिलोपटक स्थानीय विकास सहायकमन्त्री बनेको थिए । मधेस आन्दोलनपछि उनी मधेसी जनाधिकार फोरममा आबद्ध भए। त्यसपछि राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारीमा रहे।
२०५१ सालमा स्वतन्त्र र २०५६ मा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधान सभामा महोत्तरी–४ बाट मधेशी जनाधिकार फोरमका तर्फबाट निर्वाचित भएको थिए । उनी वि।सं २०३८ मा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएको थिए । त्यसयता उनी पटकपटक निर्वाचित हुँदै मन्त्री नियुक्त भएको छन् ।
नेविसङ्घको राजनीति गर्ने क्रममा राजकाजसम्बन्धी मुद्दा लागेपछि उहाँ उहाँ २०३४ सालमा तीन महिना भारत निर्वासनमा बसेको थिए । २०५१ सालमा स्वतन्त्र सांसदका रुपमा निर्वाचित भण्डारीले २०५२ सालमा बिनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेको थिए ।
उनले वि।सं २०७० मा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरे। सोही वर्ष उहाँ संविधानसभा निर्वाचनमा पराजित भएको थिए । उनी २०७४ साल र २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । मन्त्री भण्डारीले गोरखा दक्षिणबाहु र संविधानसभा पदक प्राप्त गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: