जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका ४ स्थित सहजा नदीमा आएको बाढीले डाइभर्सन बगाएपछि आवतजावत ठप्प भएको छ ।
नदीमा आएको बाढीले डाइभर्सन बगाएपछि हुलाकी सडक अवरुद्ध बनेको स्थानीय रोषण पासवानले बताए । उनका अनुसार अहिले अन्य गाउँको बैकल्पिक बाटो प्रयोग गरेर सिरहा सदरमुकाम पुग्नुपर्छ ।
सहजाको डाइभर्सन बाढीले बगाएपछि सिरहा–राजविराज चल्ने सवारी साधनहरु बन्द भएको छ । अहिले औरही, बरियारपट्टी, नवराजपुर, भगवानपुरसहितका पालिकाकाको सिरहा सदरमुकामसँग सम्पर्क नै टुटेको छ । सरकारी कामका लागि जानैपर्ने बाध्यतामा रहेका व्यक्तिहरु नदीमा जोखिम मोलेर आवत जावत गर्ने गरेको स्थानीय बताउँछन् ।
पुल निर्माण अलपत्र
सहजा नदीमा पुरानो पुल भत्केपछि अहिले नयाँ पुल निर्माणाधिन अवस्थामा छ । निर्माण कम्पनीले समयमा पुल निर्माण नगर्दा अहिले बाढीले समस्या सृजना गरेको छ । ०७९ मंसिर १६ मा सहजमा पुल निर्माणको ठेक्का जनकपुरस्थित सुगम निर्माण सेवाले लिएको छ । दुई वर्षमै पुल निर्माण सकिने गरी सम्झौता भएको थियो । तर अहिलेसम्म पुल निर्माणको ५० प्रतिशत काम पनि भएको छैन ।
स्रोतका अनुसार पुल निर्माणको ठेक्का सुगम निर्माण सेवाले लिएपनि सो कम्पनीले धनुषाकै सुप्रिया निर्माण सेवालाई पेटी ठेक्का दिएको छ । सुप्रिया निर्माण सेवाले अहिलेसम्म पिलर समेत खडा गर्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: