Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बाढीले डाइभर्सन बगाउँदा हुलाकी राजमार्ग अवरुद्ध

खबरडबली संवाददाता

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका ४ स्थित सहजा नदीमा आएको बाढीले डाइभर्सन बगाएपछि आवतजावत ठप्प भएको छ ।

नदीमा आएको बाढीले डाइभर्सन बगाएपछि हुलाकी सडक अवरुद्ध बनेको स्थानीय रोषण पासवानले बताए । उनका अनुसार अहिले अन्य गाउँको बैकल्पिक बाटो प्रयोग गरेर सिरहा सदरमुकाम पुग्नुपर्छ ।

सहजाको डाइभर्सन बाढीले बगाएपछि सिरहा–राजविराज चल्ने सवारी साधनहरु बन्द भएको छ । अहिले औरही, बरियारपट्टी, नवराजपुर, भगवानपुरसहितका पालिकाकाको सिरहा सदरमुकामसँग सम्पर्क नै टुटेको छ । सरकारी कामका लागि जानैपर्ने बाध्यतामा रहेका व्यक्तिहरु नदीमा जोखिम मोलेर आवत जावत गर्ने गरेको स्थानीय बताउँछन् ।

पुल निर्माण अलपत्र

सहजा नदीमा पुरानो पुल भत्केपछि अहिले नयाँ पुल निर्माणाधिन अवस्थामा छ । निर्माण कम्पनीले समयमा पुल निर्माण नगर्दा अहिले बाढीले समस्या सृजना गरेको छ । ०७९ मंसिर १६ मा सहजमा पुल निर्माणको ठेक्का जनकपुरस्थित सुगम निर्माण सेवाले लिएको छ । दुई वर्षमै पुल निर्माण सकिने गरी सम्झौता भएको थियो । तर अहिलेसम्म पुल निर्माणको ५० प्रतिशत काम पनि भएको छैन ।

स्रोतका अनुसार पुल निर्माणको ठेक्का सुगम निर्माण सेवाले लिएपनि सो कम्पनीले धनुषाकै सुप्रिया निर्माण सेवालाई पेटी ठेक्का दिएको छ । सुप्रिया निर्माण सेवाले अहिलेसम्म पिलर समेत खडा गर्न सकेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी, एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प...

जेनजी आन्दोलनमा पक्राउ परेकालाई छुटाइदिन्छु भन्दै ९ लाख ठगी, श्रीमान श्रीमती पक्राउ

काठमाडौं । प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं...

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि...

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामि...

जापानले तैनाथ गर्‍यो लामो दूरीको मिसाइल

टोकियो ।  क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गरेको छ। अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अ...

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको रायअनुस...

सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु

काठमाडौँ ।  भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाक...

क्याफेमा २० हजार घुस लिँदै गर्दा मालिगाउँ वृत्तका सई पक्राउ

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । ...

रौतहट अदालतबाट ५० हजार घुससहित डिठ्ठा रंगेहात पक्राउ

काठमाडौं । रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिठ्ठा सिंहलाई ५० हजार...

युवालाई खेलकुदमा समाहित गर्नुपर्छः मन्त्री पोखरेल

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट ...

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending