काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलको राजीनामा मागेको छ ।
विहिबार कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले सरकार अल्पमतमा परेकोले राजीनामा दिन आग्रह गरेका हुन् ।
सरकार अहिले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमाले बिच जन अपेक्षित नयाँ समीकरण निर्माण भएको छ । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री मासालिकराम जमकट्टेलको नेतृत्वमा गठन भएको वर्तमान प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाई विश्वासको मत फिर्ता लिईसकेको पृष्ठभुमिमा वर्तमान सरकार प्रष्टरुपमा अल्पमतमा परि कामचलाउ सरकारको हैसियतमा पुगिसकेको स्थिति छ । यो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकोले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै माननीय मुख्यमन्त्रीले राजनीतिकलाई सहज रूपमा अगाडी बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गरी दिनुहुन हार्दिक आग्रह गर्दछु।’
केन्द्रमा कांग्रेस र एमालेबीच भएको सहमति अनुसार बागमतीमा सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ । अल्पमतमा परेपछि मुख्यमन्त्री शालिकराम जम्मकट्टेल प्रदेश सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: