काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत पाथिराना बुधबार प्रमुखको कार्य कक्षमा आएका थिए ।
भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौँ र कोलम्बो बिच भगिनी सम्बन्धको सम्भावना, बौद्ध इतिहासमा लुम्बिनी र काठमाडौंको महत्वसँग श्रीलंकाको सम्बन्ध, बौद्ध तीर्थयात्रा मार्ग, स्वास्थ्य र शिक्षामा आपसी सिकाइ लगायत विषयमा कुराकानी भएको थियो ।
यस क्रममा प्रमुख शाहले, सांस्कृतिक पर्यटनबाट देश–देश र नगर–नगर बिचको सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने धारणा राखे ।
‘दुई देश बिच मैत्री क्रिकेट खेल आयोजना गर्न सकिन्छ । कला, खेल तथा गीत संगीत क्षेत्रका व्यक्तिहरुका बिचमा ज्ञान सिप आदान प्रदान गर्न सकिन्छ । मानव संशाधन विकास देखि पूर्वाधार विकाससम्मका क्षेत्रमा सहकार्य सम्भव छ ।’ प्रमुख शाहले कोलम्बोबाट भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय विमास सञ्चालन गरेर श्रीलंकालाई सिधा लुम्बिनीसँग जोड्न सकिने बताए । त्यस क्रममा उनले श्रीलंकाको स्वास्थ्य र शिक्षा क्षेत्रका सेवा तथा कार्यक्रम, कृषि उत्पादनको चक्रका बारेमा जिज्ञासा राखेका थिए ।
भेटका क्रममा राजदूत पाथिरानाले, महानगरपालिकाले गएको वैशाख÷जेष्ठ महिनामा आयोजना गरेको सिप मेलाको प्रशंशा गर्दै भन्नुभयो, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्य शैलीको म प्रशंशक हुँ ।’
वुद्ध कालदेखि नेपाल र श्रीलंका बिच सम्बन्ध रहेको बताउँदै राजदूत पाथिरानाले दुई देश विच सहासिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेको उल्लेख गरेका थिए । कुराकानीका क्रममा हिमालदेखि समुद्री तटसम्मको सम्बन्ध स्थापना गरेर आपसी ज्ञान र हित प्रवर्धनमा जोड दिइएको थियो ।
भेटमा आपसी सद्भाव प्रतीकका लागि मायाको चिनो आदान प्रदान गरिएको थियो । यस क्रममा प्रमुख शाहले बुद्धको प्रतिमा प्रदान गर्नुभएको थियो । यस्तै राजदूत पाथिरानाले, श्रीलंकाको प्रसिद्ध चिया प्रदान गरेका थिए ।
भेटका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयबाट कोपिला खतिवडासहित अधिकारीहरु सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - १७:३७
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहर...
माघ १५ गते, २०८२ - १७:२७
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरु...
माघ १५ गते, २०८२ - १७:२२
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोप अस्वीकार गरेका छन्। बालबालिका प्रयोग ग...
माघ १५ गते, २०८२ - १४:२३
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट ज...
माघ १५ गते, २०८२ - १४:११
जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाक...
माघ १५ गते, २०८२ - १३:५२
बारा । बुधबार बिहान धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ। आक्रमणमा ५० वर्षीय श्...
माघ १५ गते, २०८२ - १३:३४
मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ...
माघ १५ गते, २०८२ - १३:१६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...
माघ १५ गते, २०८२ - १३:०८
मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । गए रातिद...
माघ १५ गते, २०८२ - १२:५५
काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...




प्रतिकृया लेख्नुहोस्: