Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

संसद‍्मा गीतबाटै सवाल–जवाफ, यस्तो पनि हुँदो रैछ जिन्दगीमा...

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ ।

एमालेले आफ्ना मन्त्रीहरूको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरूलाई सुनाएका थिए । ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा।।।१’ सोही प्रसङ्ग उल्लेख गर्दै  एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभाको सोमबारको बैठकमा जवाफी गीत सुनाए ।

बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमिले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बिचको नाता हुनुपर्ने के रह्यो र ।।।१’ गीत सुनाए ।

प्रतिनिधिसभाको आइतबार र सोमबार भएको बैठकमा सांसदहरुले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन् । आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत ‘छल गर्‍यो मायाले।।।सबैको देख्छु हाँसो र खुसी शिखरको बाटोमा आफूत।।।१ गाएका थिए । बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई साङ्गीतिक झटारो प्रहार गरिरहेका छन् ।

विशेष समयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ति मोक्तानको ‘कति जल्छौँ आरिसले अझै जल्दै गर, मत हिँड्छु मेरै बाटो खुट्टा तान्दैगर’ सुनाए । उनले बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताए । उनले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखे ।

राष्ट्रिय सहमति गर्ने विषयलाई पार्टीले सदैव सकारात्मक रूपमा लिएको भन्दै संविधान निर्माणदेखि पछिल्ला सरकार गठनमा पनि सहकार्य र सहमति गर्दै अघि बढेको सांसद घर्तीले बताए । उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्न सकिने धारणा राखे ।

प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ

एमालेका प्रमुख सचेतक बर्तौलाले एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने विचार राख्दै आएको बताउँदै कांग्रेससँग उक्त विषयमा विचार मिलेकाले सरकारबाट बाहिरिएको बताए । उनले भने, “संसद्का दुई ठूला दल मिलेर मुलुकको वर्तमान सङ्कटलाई निकासा दिन राष्ट्रिय सरकार निर्माणको आकाङ्क्षा बोकेर समझदारी गरेका हौँ ।”

प्रमुख सचेतक बर्तौलाले सरकार अल्पमतमा परिसकेकाले वर्तमान प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । उनले संविधानको धारा ७६ ९२० बमोजिम नयाँ सरकार गठन हुने बताए । 

सांसद बर्तौलाले संसद्मा दुई पार्टीबिचको सहमतिबारे विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै कांग्रेस र एमालेले मुलुकमा विद्यमान समस्या समाधानको सङ्कल्पगरी सहकार्य गर्न लागेकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले अङ्कगणितीय हिसाबले नभई राष्ट्रिय सहमतिबाट संविधान संशोधन गरेर विद्यमान समस्या समाधानमा सम्बोधन गरिने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद मनिष झाले संविधानको प्रावधानअनुसार नै सरकार गठन प्रक्रिया अगाडि बढाउन राजनीतिक दललाई आग्रह गरे । उनले संवैधानिक व्यवस्थाअनुरुप वर्तमान सरकारले आफ्नो समय उपयोग गरेको जिकिर गरे । सांसद झाले संविधान र संसदीय प्रणालीको अभ्यास सबै दलले गर्नुपर्नेमा जोड दिँदै अहिलेको सङ्कटलाई समाधान गर्न सबै गम्भीर हुनुपर्ने धारणा राखे ।  

विपद् व्यवस्थापनको तयारीबारे सदनलाई जानकारी दिन माग

नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले मुलुकभर बढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपजन्य घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले विपद् व्यवस्थापन गर्न सरकारले के तयारी गरिरहेको छ सदनलाई जानकारी गराउन माग गरिन् । 

सांसद गौतमले मनसुन सुरु भएसँगै विपद् जुनसुकै बेला आउनसक्ने भएकाले पूर्वतयारीका लागि सरकारले गरेका काम र योजनाबारे दलाई जानकारी गराउनुपर्नेमा जोड दिइन् । उनले हरेक वर्ष विपद् आएपछि मात्रै तयारी थाल्ने गरिएकाले भन्दै विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरिन् । 

“बाढीपहिराले देश आक्रान्त बनेको छ । मानवीय र भौतिक सम्पत्तिको क्षति भएका छन् । पीडित नागरिकले राहत नपाएर सास्ती बेहोर्नुपरेको छ”, सांसद गौतमले भनिन्, “नदी किनार क्षेत्रमा बसोबास गर्ने जनताले वर्षात्को समयमा निकै सास्ती बेहोर्नुपरको छ । उद्धार राहत र क्षतिपूर्तिलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गर्दछु ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुस्ताङमा थोरै मतदाता, कसिलो प्रतिस्पर्धा

मुस्ताङ। मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार ...

मुलपानीमा राति लुटपाट गर्ने १० जना प्रहरीको गोली प्रहारपछि पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा रातिको समयमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। विभिन्न व्यक्तिलाई पछ्याएर गहन...

महिनौं अघि ‘मामाघर जान्छु’ भन्दै हिंडेकी बसन्तीको शव इनारमा भेटियो, प्रेमी पक्राउ

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहर...

भक्तपुरको नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरण : विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरु...

निर्वाचन आयोगललाई हर्क साम्पाङको जवाफ: बालबालिका प्रयोगको आरोप झुटो

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोप अस्वीकार गरेका छन्। बालबालिका प्रयोग ग...

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ - अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट ज...

इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता

जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै  अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाक...

बारामा एकै परिवारका आमा–छोराको हत्या, बुहारीसहित दुबईबाट फर्किएका युवक पक्राउ

बारा । बुधबार बिहान धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ। आक्रमणमा ५० वर्षीय श्...

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि, अवस्था नियन्त्रणमा

मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ...

विप्लवले पार्टी एकताको ऐतिहासिक अवसर गुमाए: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending