Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो

खबरडबली संवाददाता

कैलाली । लगातार वर्षाको कारण कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुवानमा परेकाहरुलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ पूर्णागिरीघाट ईलाकामा डुवानमा परेको घरपरिवारका करीव ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेश बडुवाटोलबाट खटिएको सुरक्षा फौजले असार २४ गते सुरक्षित स्थानमा सारेको हो ।

त्यसैगरी सोही जिल्लाको बेदकोट नगरपालिका–७ स्थित सुडा खोलामा पानीको बहाव बढी डुवानमा परेका ३ घरपरिवारलाई नं। ३५ गण कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ । त्यस्तै कञ्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका वडा नं।–११ ब्रमिनी र वडा नं।–१२ ऐरीगाउँ ईलाकामा भुजेल खोलामा पानीको बहाव बढि डुवानमा परेका २० घरपरिवारलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुर ईलाकामा कटैनी नदिमा पानीको बहाव बढ्न गई बस्तीमा पस्दा डुवानमा परेका २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारेको हो ।

डुवानमा परेकाहरुको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं। ३४  गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुर र बिओपी छोटिपलीयाको सुरक्षा फौज खटिएको थियो ।  

त्यस्तै सोही जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरी गाउँमा खुटिया नदिमा पानीको बहाव बढि बस्तीमा पस्दा डुवानमा परेका ६ घरपरिवारलाई सामानसहित बिओपी फुलबारीको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी बल नेपालले देशभर विपद् प्रतिकार्यको लागि मनसुन अवधिभर २४सै घण्टा परिचालन हुने गरी ५ सय ४६ इकाईहरुमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति आवश्यक उपकरणसहित तयारी हालतमा राखेको छ ।

त्यस्तै मनसुन अवधिभर सशस्त्र प्रहरीका १ सय १० जना गोताखोर र विपद् उद्धार तालिम प्राप्त जनशक्तिलाई सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरुमा रहेका १ सय २० वटा मोटर बोट तथा र्‍याफ्ट बोटसहित सातै वटा प्रदेशका बाहिनी मुख्यालयहरु तथा उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल तथा देशभरका विपद् व्यवस्थापन बेशहरुमा तयारी हालतमा राखिएको छ ।

बाढी पहिरो तथा डुवानमा परेकाहरुलाई तत्काल उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नं। १११४ मा समेत खबर गर्न सकिने छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending