पोखरा । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालिन करार प्राध्यापकहरुले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोका दवावमूलक धर्ना शुरु गरेका छन् । त्यसै गरी नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आफ्ना विभिन्न मागहरु राखेर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।
विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णय गरेको विरुद्ध करार प्राध्यापकहरु आन्दोलनरत छन् । “विश्वविद्यालयले लामो समयसम्म सेवा आयोगको विज्ञापन खोलेको छैन” धर्नामा सहभागी करार प्राध्यापक प्रकाश थापाले प्रश्न गरे, “करारको ठाउँमा अर्काे करार सेवाको विज्ञापन किन चाहियो ?”
हाल विश्वविद्यालयमा ७१ जना पूर्णकालिन करार प्राध्यापकहरु तथा प्राविधिकहरु सेवारत छन् । स्थायी सेवामा रहेका प्राध्यापकहरु पदाधिकारी बन्नका लागि तथा पिएचडी अध्ययन गर्नका लागि बिदामा बसेपछि हाल विश्वविद्यालयमा करार र स्थायी प्राध्यापकहरुको संख्या आधा आधा छ ।
आन्दोलनको पहिलो चरण अन्तर्गत शुक्रबार करार प्राध्यापकहरुले उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डिन कार्यालय, परीक्षा नियन्त्रकको कार्यकक्ष, सबै स्कूल निर्देशकहरुको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कूल प्रशासन कार्यालय तालाबन्दीको गरेका थिए ।
विद्यार्थी संगठनहरुको संयुक्त तालाबन्दी
आइतबार नै नेपाल विद्यार्थी संघ र अनेरास्ववियूका विद्यार्थीहरुले पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय र स्कूल अफ ईञ्जीनियरिंगको मूलढोकामा संयुक्त तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरुले शुक्रबार अन्तिम सेमेष्टरका विद्यार्थीहरुको परीक्षा तालिका एवम् नतिजा प्रकाशन भाद्र २० अगावै गर्नका लागि ज्ञापन पत्र बुझाएका थिए ।
आइतबार नेपाल विद्यार्थी संघ स्कूल अफ ईञ्जीनियरिंगका सभापति सन्दिप अधिकारी तथा अनेरास्ववियु स्कूल अफ ईञ्जीनियरिंगका अध्यक्ष सागर केसीले हस्ताक्षर गरेको विज्ञप्तीमा ईञ्जीनियरिंग परिषद्को लाइसेन्सको परीक्षा अगावै विश्वविद्यालयले अन्तिम सेमेष्टरको नतिजा प्रकाशनको ग्यारेन्टी माग गरेका छन् ।
आन्तरिक परीक्षा समेत स्थगित
पोखरा विश्वविद्यालयमा कार्यरत पूर्णकालिन करार प्राध्यापकहरुको पेन डाउनका कारण स्कुल अफ इञ्जीनियरिंगको आन्तरिक परीक्षा स्थगित भएको छ । हाल जारी आन्तरिक परीक्षामा करार प्राध्यापकहरुले प्रश्नपत्र बनाउन तथा निरिक्षकका रुपमा काम नगर्ने भएपछि परीक्षा सञ्चालन गर्न नसकिएको आन्तरिक परीक्षा संयोजक अनिलमणी भण्डारीले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: