धरान । जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।
उनले भने, “कीराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो । उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ । खुद्रा प्रतिकेजी रु ५५ सम्ममा बिक्री हुने आँप अहिले प्रतिकेजी रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ ।” गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको उनले बताए ।
केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय २४ हेक्टर क्षेत्रफलमा सात हजार एक सय ८६ मेट्रिक टन आँप उत्पादन भएको छ । गत वर्ष एक हजार एक सय २४ हेक्टरमा सात हजार पाँच सय ६५ मेट्रिक टन उत्पादन भएको थियो ।
जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहालगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन् । अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोगलगायत आँप बिक्री हुने गरेको छ । जिल्लामा व्यावसायिक रूपमा किसानले आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले बताए ।
आँपको एक वर्ष राम्रो फल लाग्ने र अर्को वर्ष फल कम लाग्ने भएकाले पनि उत्पादनमा कमी आएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १७:५४
काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्...
चैत्र १६ गते, २०८२ - १७:२१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले अस्वीकार गरेको छ। धादिङकी शोभा पाठकले पहिल्यै दर्ता गरिएको तामेली मुद...
चैत्र १६ गते, २०८२ - १७:११
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाध...
चैत्र १६ गते, २०८२ - १७:०३
काठमाडौँ। जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रावृत्ति...
चैत्र १६ गते, २०८२ - १६:५४
काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उ...
चैत्र १६ गते, २०८२ - १६:४८
काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग ग...
चैत्र १६ गते, २०८२ - १६:३८
काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दिएका छन्। साम्पा...
चैत्र १६ गते, २०८२ - १६:३०
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आजको बैठक बालेन शाह नेतृत्वमा बसेको दोस्रो ब...
चैत्र १६ गते, २०८२ - १६:२१
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छिन् । त्रिभुवन विश्वव...
चैत्र १६ गते, २०८२ - १६:०६
काठमाडौं । अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभा...


प्रतिकृया लेख्नुहोस्: