Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सांसदको माग

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसदहरु शारदादेवी भट्ट, सुमित्रा बिसी, मृगेन्द्रकुमार सिंह यादवलगायतका सांसदहरुले किसानलाई मलको आवश्यक व्यवस्था मिलाउनका लागि वितरण प्रणाली पुनरवलोकन गर्न पनि सरकारलाई सचेत गराएको थिए।

सांसद भट्टले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले वर्षातमा धेरै नागरिक पीडित भएको र उनीहरुको राहतका लागि के काम भइरहेको छ ? भनी सरकारलाई प्रश्न गरे ।

सांसद भट्टले भने, ‘‘म फेरि दोहोर्‍याएर यही सोध्न चाहन्छु कि बाढी, पहिरो, डुबान के नेपाल सरकारले कहाँ कति उद्धार गर्‍यो ? के–के व्यवस्था भयो ? सुन्न चाहन्छु । यसको व्यवस्थाका लागि जोडदार माग पनि गर्न चाहन्छु ।’’

त्यसैगरी सांसदहरुले वर्षाका कारण भूकम्पपीडितहरुले झनै पीडा व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरुको समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सुमित्रा बिसीले जाजरकोटमा पहिरोका कारण पाँच वर्षीय बालकको ज्यान गएको उल्लेख गर्नुहुँदै पीडितलाई उचित राहतको व्यवस्था गर्न सरकारले ढिलाइ गर्न नहुने बताए।

सांसद बिसीले भने, ‘‘देशभर बाढी, पहिरो आइरहेको छ ।  भूकम्पले छियाछिया भएको जाजरकोटमा फेरि दुःखद घटनाहरु सुरु भएका छन् । यही असार १६ गते वीरबहादुरको घर भत्केर पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेलाई औषधी उपचारको व्यवस्था गर्न म माग गर्दछु । मनाङको बाटो पनि जोखिममा छ । त्यसको पनि सरकारले उचित व्यवस्था गर्नुपर्छ ।’’

सांसद मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मलको अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाउन त्यसको वितरण प्रणालीमा पुनरवलोकन गर्न सरकारलाई दबाब दिए। उहाँले किसानहरुले सुलभ र सहज रुपमा मल पाउने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे।

सांसद यादवले भने, ‘‘अहिले किसानहरुका लागि धान रोपाइँको व्यस्त सिजन हो । किसानहरुले सहज र सुलभ रुपमा मलखाद पाएका छैनन् । मेरो विचारमा मल वितरण प्रणालीलाई नै पुनरवलोकन गर्नुपर्छ ।’’

सांसद तुलसाकुमारी दाहालले सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जोड दिन सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले सार्वजनिक विद्यालयको शिक्षामा सुधार नगरेसम्म मुलुकको शैक्षिक क्षेत्रले प्रगति गर्न नसक्ने पनि उल्लेख गरे।

सांसद दाहालले भने, ‘‘सार्वजनिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन ढिलाइ भइसकेको छ । यसमा सरकार र सरोकारवाला सबैले ध्यान दिन आवश्यक छ ।’’

सांसद दाहालले एसइई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएकाले त्यस्तो अवस्था आउन नदिन पनि सरकार चनाखो हुनुपर्ने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र

कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...

प्रभु बैंककी सिबिओ रश्मी पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...

सरकार र चिकित्सक संघबीचको वार्ता सकारात्मक, आन्दोलन अन्त्य हुने संकेत

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक स...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक: छ अर्ब ५५ करोडको कार्यक्रम पारित

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...

कर्णालीका मुख्यमन्त्री शाहीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार भने रोकियो

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित, दुई आयुक्तको नाम पनि सर्वसम्मत पारित

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...

यी चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...

विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै, सन्दीप लामिछाने बेन्चमा

काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending