खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारको मुख्य सडक ढलान गर्ने काम सम्पन्न गरिएको छ । कोशी प्रदेशअन्तर्गत सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाको २५ लाखको लागतमा ढलानको काम सम्पन्न गरिएको हो ।
जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले ढलान गर्ने काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएको बताए । निर्माण कम्पनीले विसं २०८१ असार–१५ गतेभित्र सक्ने गरी विसं २०८० चैत २५ गते सडक ढलानको सम्झौता गरेको थियो ।
सहरी विकास तथा भवन कार्यालयको पाँच लाख बजेटमा विसं २०८१ असार–१० गतेभित्र सक्ने गरी सोही निर्माण कम्पनीले विसं २०८० चैत २५ गते नै सम्झौता गरेको थियो । यसैबीच जन्तेढुंगा –५ चिसापानी र जन्तेढुंगा ६ दिप्लुङको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल जन्तेढुंगाको पर्यटन विकासको काम अलपत्र परेको छ ।
जन्तेढुंगा पार्क (उद्यान) निर्माण, पोखरी निर्माण, घेराबारा, पर्खाललगायत निर्माणका काम अलपत्र परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत लागतमा करिब दुई करोड ३० लाख बजेटमा दुई वर्षभित्र सक्ने गरी निर्माण कम्पनीले विसं २०७८ जेठ–३० गते सम्झौता गरेको थियो । तर काम भने २० प्रतिशत मात्र सकिएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख इन्जिनियर अरुण साहले बताएका छन् ।
पेश्कीबापतको ४६ लाख निर्माण सम्बद्ध कम्पनीले लिएको उक्त योजनाको असारभित्र काम सक्ने गरी म्याद थप भएको छ । तर, काम भने नभएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए ।
संस्कृति तथा पर्यटन मन्त्रालयले आव २०७९/८० मा बजेट नपठाएकाले काम रोकिएको जनाइएकोछ । आव २०८०/८१ मा भने रु ३७ लाख बजेट पठाए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो ।
आव २०८१/८२ मा गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । ठेकेदार कम्पनीले यसअघि सम्झौता गरिएका योजनाका काम नगरेपछि यस पटक बजेट नराखिएको गाउँपालिका अध्यक्ष अरुणादेवीले बताए ।
जन्तेढुंगा उक्त गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध मानिन्छ । किम्वदन्तीअनुसार गोल्माराजा–गोल्मारानीको विवाहमा जन्ती अलप भएको र टाढाबाट हेर्दा जन्तीजस्तै लहरै देखिने भएकाले यसलाई जन्तेढुंगा भनिएको हो ।
ऐतिहासिकस्थल जन्तेढुंगामा मङ्सिर पूर्णिमामा उँधौली र वैशाखे पूर्णिमामा उँभौली मेला लाग्ने गरेको छ । जन्तेढुंगामा पर्व विशेष मेलाबाहेक दैनिजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
धार्मिक तथा ऐतिहासिकस्थलको रुपमा अवस्थित जन्तेढुंगाको स्तरोन्नतिमा ठेकेदार कम्पनीको लापरवाही भएपछि स्थानीय बासिन्दा समस्या बनेका छन् । जन्तेढुंगाको स्तरोन्नति गरेर पर्यटन प्रवर्द्धन गर्न सकेमा गाउँपालिकाको आम्दानीको स्रोत वृद्धि हुने पर्यटन व्यवसायीले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: