खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारको मुख्य सडक ढलान गर्ने काम सम्पन्न गरिएको छ । कोशी प्रदेशअन्तर्गत सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाको २५ लाखको लागतमा ढलानको काम सम्पन्न गरिएको हो ।
जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले ढलान गर्ने काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएको बताए । निर्माण कम्पनीले विसं २०८१ असार–१५ गतेभित्र सक्ने गरी विसं २०८० चैत २५ गते सडक ढलानको सम्झौता गरेको थियो ।
सहरी विकास तथा भवन कार्यालयको पाँच लाख बजेटमा विसं २०८१ असार–१० गतेभित्र सक्ने गरी सोही निर्माण कम्पनीले विसं २०८० चैत २५ गते नै सम्झौता गरेको थियो । यसैबीच जन्तेढुंगा –५ चिसापानी र जन्तेढुंगा ६ दिप्लुङको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल जन्तेढुंगाको पर्यटन विकासको काम अलपत्र परेको छ ।
जन्तेढुंगा पार्क (उद्यान) निर्माण, पोखरी निर्माण, घेराबारा, पर्खाललगायत निर्माणका काम अलपत्र परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत लागतमा करिब दुई करोड ३० लाख बजेटमा दुई वर्षभित्र सक्ने गरी निर्माण कम्पनीले विसं २०७८ जेठ–३० गते सम्झौता गरेको थियो । तर काम भने २० प्रतिशत मात्र सकिएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख इन्जिनियर अरुण साहले बताएका छन् ।
पेश्कीबापतको ४६ लाख निर्माण सम्बद्ध कम्पनीले लिएको उक्त योजनाको असारभित्र काम सक्ने गरी म्याद थप भएको छ । तर, काम भने नभएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए ।
संस्कृति तथा पर्यटन मन्त्रालयले आव २०७९/८० मा बजेट नपठाएकाले काम रोकिएको जनाइएकोछ । आव २०८०/८१ मा भने रु ३७ लाख बजेट पठाए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो ।
आव २०८१/८२ मा गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । ठेकेदार कम्पनीले यसअघि सम्झौता गरिएका योजनाका काम नगरेपछि यस पटक बजेट नराखिएको गाउँपालिका अध्यक्ष अरुणादेवीले बताए ।
जन्तेढुंगा उक्त गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध मानिन्छ । किम्वदन्तीअनुसार गोल्माराजा–गोल्मारानीको विवाहमा जन्ती अलप भएको र टाढाबाट हेर्दा जन्तीजस्तै लहरै देखिने भएकाले यसलाई जन्तेढुंगा भनिएको हो ।
ऐतिहासिकस्थल जन्तेढुंगामा मङ्सिर पूर्णिमामा उँधौली र वैशाखे पूर्णिमामा उँभौली मेला लाग्ने गरेको छ । जन्तेढुंगामा पर्व विशेष मेलाबाहेक दैनिजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
धार्मिक तथा ऐतिहासिकस्थलको रुपमा अवस्थित जन्तेढुंगाको स्तरोन्नतिमा ठेकेदार कम्पनीको लापरवाही भएपछि स्थानीय बासिन्दा समस्या बनेका छन् । जन्तेढुंगाको स्तरोन्नति गरेर पर्यटन प्रवर्द्धन गर्न सकेमा गाउँपालिकाको आम्दानीको स्रोत वृद्धि हुने पर्यटन व्यवसायीले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १९:४१
काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...
जेष्ठ ३ गते, २०८३ - १९:३५
ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ। स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...
जेष्ठ ३ गते, २०८३ - १९:२८
विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...
जेष्ठ ३ गते, २०८३ - १९:२३
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...
जेष्ठ ३ गते, २०८३ - १९:२१
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...
जेष्ठ ३ गते, २०८३ - ०८:५७
काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...
जेष्ठ ३ गते, २०८३ - ०८:५५
काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...
जेष्ठ ३ गते, २०८३ - ०८:५२
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...



प्रतिकृया लेख्नुहोस्: