नेपालगन्ज। भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ ।
बाँकेका डेङ्गु रोग सम्पर्क व्यक्ति दुर्गा गौतमले बाँकेमा चालु आर्थिक वर्षको हालसम्म चार सय पाँचजना डेङ्गुका सङ्क्रमित भेटिएको जानकारी दिँदै यसलाई नियन्त्रण गर्न वडास्तरमा पनि कार्यक्रम सुरु गर्न लागेको बताए ।
जिल्लाका आठ स्थानीय तहमध्ये राप्ती सोनारी गाउँपालिकामा पाँच, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा नौ, खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा छजना डेङ्गुका बिरामी छन् ।
‘बिरामीको सङ्ख्या बढ्दै गएको छ र अस्पताल आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएकाले डेङ्गुको सङ्क्रमण बढदो देखिएको छ,’ गौतमले भने ।
जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने समय नजिक आएको र यसको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको डेङ्गु रोग सम्पर्कव्यक्ति गौतमले बताए ।
उनले रोग नियन्त्रणका लागि सीमामा पनि निगरानी बढाउनु आवश्यक भएको बताए । उनले डेङ्गुको सङ्क्रमण भएको लामखुट्टेले एक पटकमा करिब चारदेखि पाँच जनासम्मलाई रोग सार्ने क्षमता रहेको जनाउँदै पछिल्लो छ महिनायता मात्रै नेपालगञ्जमा एक हजार दुई सय ६८ जना डेङ्गु रोगबाट सङ्क्रमित भएका बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डेङ्गु नियन्त्रणका लागि जिल्लाका सबै सार्वजनिक स्थानलगायत प्रत्येक कार्यालयहरूमा सरसफाइ अभियान चलाउन निर्देशन दिए ।
डेङ्गुको विषाणुद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई र एडिस एलबोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - १७:५२
कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...
श्रावण १३ गते, २०८३ - १७:३९
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...
श्रावण १३ गते, २०८३ - १७:३०
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...
श्रावण १३ गते, २०८३ - १७:२१
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक स...
श्रावण १३ गते, २०८३ - १६:४६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
श्रावण १३ गते, २०८३ - १५:५९
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...
श्रावण १३ गते, २०८३ - १५:५३
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...
श्रावण १३ गते, २०८३ - १५:४३
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...
श्रावण १३ गते, २०८३ - १५:२९
काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...
श्रावण १३ गते, २०८३ - १४:५७
काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...



प्रतिकृया लेख्नुहोस्: