Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

एसईईमा अनिवार्य गणितमा सबैभन्दा धेरै विद्यार्थी ‘फेल’ हुँदा अन्य विषयमा कति ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले  बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड पाएका छन् ।

कुनै एउटा विषयमा ननग्रेड पाउने विद्यार्थी पनि कक्षा ११ पढ्न पाउने छैनन् ।  कक्षा १० मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक शिक्षालाई मुख्य अनिवार्य विषयका रुपमा पढाउँदै आएको छ ।

नतिजाअनुसार अनिवार्य गणितमा सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड (एनजी) पाएका छन् । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको हो ।

अनिवार्य गणित परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए । अनिवार्य गणितपछि अनिवार्य विषयकै रुपमा पढाइ हुँदै आएको विज्ञान तथा प्रविधि विषयमा समेत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् । अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षामा ४ लाख ६४ हजार ३३२ जना विद्यार्थी सहभागी थिए ।

त्यस्तै, अनिवार्य अन्तर्गत नै रहेको अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ जना अनुत्तीर्ण भएका छन् । अनिवार्य अंग्रेजी विषयको परीक्षामा ४ लाख ६४ हजार ७१९ जना विद्यार्थी सहभागी थिए । त्यस्तै सामाजिक अध्ययनमा ७३ हजार ८७७ जना र अनिवार्य नेपालीमा ६९ हजार ५३२ जना विद्यार्थीले ननग्रेड पाएका छन् ।

अनुपातका रुपमा अनिवार्य विषयको तुलनामा ऐच्छिक विषय लिएका विद्यार्थीको अनुत्तीर्ण दर कम छ । गणित, अर्थशास्त्र, वातावरण, भूगोललगायत विषय विद्यार्थीले ऐच्छिक रुपमा छनोट गरेर पढ्न पाउँछन् ।

नतिजाअनुसार अर्थशास्त्रमा ६९ हजार ४१६ जना विद्यार्थीले एनजी अर्थात् ननग्रेड पाएका छन् । ऐच्छिक अर्थशास्त्र विषयमा २ लाख २७ हजार ८४० जना विद्यार्थी सहभागी थिए ।

त्यस्तै, ऐच्छिक गणितमा २० हजार ३५२ जनाले एनजी पाएको बोर्डले जानकारी दिएको छ । यो विषयमा कूल विद्यार्थीमध्ये १ लाख ६० हजार २६९ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

ऐच्छिक वातावरण विषयमा ३ हजार ५११ जनाले एनजी ल्याएका छन् । यो विषयमा २१ हजार १३० जना विद्यार्थी सहभागी थिए ।

दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीको लागि १८ र १९ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले आगामी चैतमा हुने परीक्षामा एनजी ल्याउने विषयको मात्र परीक्षा दिन पाउनेछन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गरिएको छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था बोर्डले गरेको छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ शीर्ष नेताले देखेका ६ चामत्कारिक क्षेत्र

बेइजिङ  । चीनले सन् २०२६ देखि सुरु हुने १५औँ पञ्चवर्षीय योजनालाई लक्षित गर्दै प्रविधि–आधारित औद्योगिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दि...

ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुले गर्‍यो टायर बालेर प्रदर्शन

काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेपछि एमालेका भ्रातृ संगठन अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा प्रदर्शन गरेको छ। पूर्वप्रधानमन्त्री समेत रह...

च्यासलमा एमाले कार्यकता र प्रहरीबीच झडप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयलाई लिएर ललितपुरको च्यासल क्षेत्रमा एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। ...

भारतको रणनीतिक तेल भण्डार पाँच दिनका लागि मात्रै पर्याप्त

काठमाडौं। भारतको रणनीतिक कच्चा तेल भण्डारले हालको खपत दरअनुसार करिब पाँच दिनको माग मात्र धान्न सक्ने देखिएको छ। BBCको विश्लेषणअनुसार कुल भण्डारण क्षमत...

ओलीको गिरफ्तारीपछि दलहरूसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जि...

एमालेले जनसंगठनलाई सडकमा उतार्ने

काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...

ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...

ओेली-लेखक पक्राउ: सांसद अभिमुखिकरण कार्यक्रमपछि औपचारिक धारणा ल्याउने कांग्रेसको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending