Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

एसईईमा अनिवार्य गणितमा सबैभन्दा धेरै विद्यार्थी ‘फेल’ हुँदा अन्य विषयमा कति ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले  बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड पाएका छन् ।

कुनै एउटा विषयमा ननग्रेड पाउने विद्यार्थी पनि कक्षा ११ पढ्न पाउने छैनन् ।  कक्षा १० मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक शिक्षालाई मुख्य अनिवार्य विषयका रुपमा पढाउँदै आएको छ ।

नतिजाअनुसार अनिवार्य गणितमा सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड (एनजी) पाएका छन् । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको हो ।

अनिवार्य गणित परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए । अनिवार्य गणितपछि अनिवार्य विषयकै रुपमा पढाइ हुँदै आएको विज्ञान तथा प्रविधि विषयमा समेत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् । अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षामा ४ लाख ६४ हजार ३३२ जना विद्यार्थी सहभागी थिए ।

त्यस्तै, अनिवार्य अन्तर्गत नै रहेको अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ जना अनुत्तीर्ण भएका छन् । अनिवार्य अंग्रेजी विषयको परीक्षामा ४ लाख ६४ हजार ७१९ जना विद्यार्थी सहभागी थिए । त्यस्तै सामाजिक अध्ययनमा ७३ हजार ८७७ जना र अनिवार्य नेपालीमा ६९ हजार ५३२ जना विद्यार्थीले ननग्रेड पाएका छन् ।

अनुपातका रुपमा अनिवार्य विषयको तुलनामा ऐच्छिक विषय लिएका विद्यार्थीको अनुत्तीर्ण दर कम छ । गणित, अर्थशास्त्र, वातावरण, भूगोललगायत विषय विद्यार्थीले ऐच्छिक रुपमा छनोट गरेर पढ्न पाउँछन् ।

नतिजाअनुसार अर्थशास्त्रमा ६९ हजार ४१६ जना विद्यार्थीले एनजी अर्थात् ननग्रेड पाएका छन् । ऐच्छिक अर्थशास्त्र विषयमा २ लाख २७ हजार ८४० जना विद्यार्थी सहभागी थिए ।

त्यस्तै, ऐच्छिक गणितमा २० हजार ३५२ जनाले एनजी पाएको बोर्डले जानकारी दिएको छ । यो विषयमा कूल विद्यार्थीमध्ये १ लाख ६० हजार २६९ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

ऐच्छिक वातावरण विषयमा ३ हजार ५११ जनाले एनजी ल्याएका छन् । यो विषयमा २१ हजार १३० जना विद्यार्थी सहभागी थिए ।

दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीको लागि १८ र १९ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले आगामी चैतमा हुने परीक्षामा एनजी ल्याउने विषयको मात्र परीक्षा दिन पाउनेछन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गरिएको छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था बोर्डले गरेको छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending