काठमाडौं । जंगली च्याउ खाएर मकवानपुरमा एक सातामा तीन जनाको ज्यान गएको छ । असार ३ देखि १० गतेसम्म जंगली च्याउ खाँदा तीन जनाले ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार सो अवधिमा च्याउ खाँदा १६ जना विरामी परेका छन् । जंगली च्याउ खादा असार ८ मा कैलाश गाउँपालिका ८ का चार वर्षीय दिपेश लामा, असार ९ मा कैलाश ९ की निरुमाया रुम्बा र राक्सिराङ ७ दुगुवाङका बलबहादुर प्रजाको मृत्यु भएको हो।
त्यस्तै, बिरामी भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको उपचार भइरहेको छ। त्यस्तै, चार जना सामान्य बिरामी र आठ जना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
असार ३ मा कैलाश ९, नामटारका विनोद लामाको परिवारले च्याउको तरकारी खाएको थियो। बिरामी परेका उनका छोरा दिपेशलाई असार ४ गते उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। हेटौंडामा उपचार हुन नसकेपछि भरतपुरस्थित चितवन मेडिकल कलेज लगिएको थियो। उनको उपचारका क्रममा असार ८ मा ज्यान गएको अस्पतालले जनाएको छ।
त्यस्तै, असार ३ मा कैलाश ९, नामटारकी निरुमाया रुम्बा जंगली च्याउ खाँदा बिरामी भएकी थिइन् । उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा असार १० मा मृत्यु भएको छ ।
यसैगरी, असर ९ मा राक्सिराङ ७, दुगुवाङका बलबहादुर प्रजाको परिवारले जंगली च्याउको तरकारी खाएका थिए। च्याउ खाएपछि उनको परिवारका पाँच जना बिरामी परेका थिए।
उनीहरूलाई उपचारका लागि भरतपुर लगिएको थियो । ५५ वर्षीय बलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
उनको परिवारका अन्य चार जनाको उपचार भइरहेको छ। उनकी पत्नी ४५ वर्षीया जालिमाया प्रजा, छोरीहरू १५ वर्षीया रेन्जु प्रजा र आठ वर्षीया सविना प्रजा तथा छोरा १० वर्षीय सुशील प्रजाको उपचार चलिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: