काठमाडौं । जंगली च्याउ खाएर मकवानपुरमा एक सातामा तीन जनाको ज्यान गएको छ । असार ३ देखि १० गतेसम्म जंगली च्याउ खाँदा तीन जनाले ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार सो अवधिमा च्याउ खाँदा १६ जना विरामी परेका छन् । जंगली च्याउ खादा असार ८ मा कैलाश गाउँपालिका ८ का चार वर्षीय दिपेश लामा, असार ९ मा कैलाश ९ की निरुमाया रुम्बा र राक्सिराङ ७ दुगुवाङका बलबहादुर प्रजाको मृत्यु भएको हो।
त्यस्तै, बिरामी भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको उपचार भइरहेको छ। त्यस्तै, चार जना सामान्य बिरामी र आठ जना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
असार ३ मा कैलाश ९, नामटारका विनोद लामाको परिवारले च्याउको तरकारी खाएको थियो। बिरामी परेका उनका छोरा दिपेशलाई असार ४ गते उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। हेटौंडामा उपचार हुन नसकेपछि भरतपुरस्थित चितवन मेडिकल कलेज लगिएको थियो। उनको उपचारका क्रममा असार ८ मा ज्यान गएको अस्पतालले जनाएको छ।
त्यस्तै, असार ३ मा कैलाश ९, नामटारकी निरुमाया रुम्बा जंगली च्याउ खाँदा बिरामी भएकी थिइन् । उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा असार १० मा मृत्यु भएको छ ।
यसैगरी, असर ९ मा राक्सिराङ ७, दुगुवाङका बलबहादुर प्रजाको परिवारले जंगली च्याउको तरकारी खाएका थिए। च्याउ खाएपछि उनको परिवारका पाँच जना बिरामी परेका थिए।
उनीहरूलाई उपचारका लागि भरतपुर लगिएको थियो । ५५ वर्षीय बलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
उनको परिवारका अन्य चार जनाको उपचार भइरहेको छ। उनकी पत्नी ४५ वर्षीया जालिमाया प्रजा, छोरीहरू १५ वर्षीया रेन्जु प्रजा र आठ वर्षीया सविना प्रजा तथा छोरा १० वर्षीय सुशील प्रजाको उपचार चलिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - ०९:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...
चैत्र १४ गते, २०८२ - ०८:४९
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...
चैत्र १४ गते, २०८२ - ०८:४६
काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...



प्रतिकृया लेख्नुहोस्: