कठमाडौं । भक्तपुरको नलिनचोकमा निर्माण सम्पन्न भएको हेलिपोर्ट सञ्चालनमा आएको छ। नागरिक उड्ययन प्राधिकरणले भक्तपुर नलिनचोकमा निर्माण गरेको सुविधासम्पन्न हेलिपोर्टमा सञ्चालनमा ल्याएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिपोर्ट हटाउने योजनाअनुसार प्राधिकरणले नलिनचोकमा हेलिपोर्ट बनाएको हो । जहाँ २७ वटा हेलिकप्टर अट्ने क्षमता रहेको छ।
अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको हुँदा सुरक्षित र द्रुत सेवाका लागि भन्दै प्राधिकरणले झण्डै ३० करोड रुपैयाँ लागतमा नलिनचोकमा हेलिपोर्ट निर्माण गरेको हो। अहिले काठमाडौंको विमानस्थलमा आन्तरिक नियमित, अन्तर्राष्ट्रिय र कार्गो उडान हुँदै आएको छ । हेलिकप्टरका लागि पनि दैनिक यात्रुहरू विमानस्थलकै सुरक्षा घेरा पार गर्दै गइरहेका हुन्छन्।
अरु सबै उडानको प्रकृति उस्तै भए पनि हेलिकप्टरको उडान तथा सञ्चालन विधि र प्रक्रिया नै फरक भएकाले विमानस्थलबाट छुट्याउनुपर्ने प्राधिकरणले निष्कर्षसहित यो हेलिपोर्ट निर्माण थालिएको थियो।
उच्च पदस्थ नेतादेखि दैनिक पर्वतीय उडानमा जाने यात्रुहरू हेलिप्याडसम्मै पुगेर यात्रा गर्ने गरेका छन्। हेलिकप्टर पनि सँगै हुँदा कतिपय नेताहरू प्रोटोकलविपरीत निजी गाडी हेलिप्याडसम्मै लैजाने गरेका थिए।
नलिनचोकमा प्राधिकरणकै ४० रोपनी जग्गा भएको र त्यहीँ ठाउँमा हेलिपोर्ट निर्माण भएको हो । हेलिकप्टरका लागि व्यवस्थित र सुरक्षित पूर्वाधार निर्माण भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण महानिर्देशकको जिम्मेवारीमा प्रदीप अधिकारी आएसँगै हेलिपोर्ट निर्माणका लागि तीब्रता दिएका थिए। महानिर्देशक अधिकारीले तत्कालका लागि १२ वटा हेलिकोप्टरले उडान भर्ने गरी हेलिपोर्ट सञ्चालनमा आएको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने हवाई ट्राफिक जामलाई न्यूनीकरण गर्न हेलिपोर्टले सहयोग गर्ने महानिर्देशक अधिकारीको भनाइ छ । पछिल्लो समय विमानस्थलको स्तरोन्नतिको कामसमेत भइरहेको बेला पहिलो चरणमा १२ वटा हेलिकोप्टरले उडान गर्ने गरी हेलिपोर्ट तयार भएको हो।
हेलिकोप्टरको रात्रिकालीन पार्किङसमेत हेलिपोर्टमै हुने छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हेलिकोप्टरसमेत उडान गर्दा एयर ट्राफिकमा समस्या भएको गुनासो बढिरहेको बेला प्राधिकरणले हेलिकोप्टरका लागि छुट्टै हेलिप्याड बनाएको हो।
हेलिपोर्ट निर्माणका लागि १५ करोड र टर्मिनल भवन निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको थियो। हाल नेपालमा तीन दर्जन हेलिकप्टर उड्ने गरेकामा अधिकांश काठमाडौंभित्रै केन्द्रित छन्।
प्राधिकरणले सूर्यविनायक नगरपालिकाको नलिञ्चोकको ३३ एकड क्षेत्र क्षेत्रफल जग्गामा हवाई इन्धन भण्डारण, अग्नि नियन्त्रणका लागि दमकल सेवा, हेलिकप्टर सेवा प्रदायक कम्पनीको उडान व्यवस्थापन कार्यालय, ह्याङ्गरलगायतका सुविधासमेत थप गर्दै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: