Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

सत्ता परिवर्तनबाट सधैँ लाभमा मनाङे, ७ वर्षमा बने ६ पटक मन्त्री

खबरडबली संवाददाता

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार गरेको मन्त्रिपरिषद् विस्तारमा दीपक मनाङे पनि समावेश भए । उनलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले यो मन्त्रालयको जिम्मेवारी तेस्रो पटक सम्हालेका हुन्  ।

गण्डकी प्रदेशमा पटकपटक मन्त्री भइरहने अनुहार हो  मनाङे । २०७८ वैशाख १६ मा पहिलो पटक मन्त्री बनेका उनी त्यसयताका तीन वर्षमा ६ पटक मन्त्री भइसकेका छन् । उनले तीन पटक युवा तथा खेलकुद र तीन पटक भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्न पाएका छन् ।

गण्डकी प्रदेशमा पटकपटक हुने गरेको सत्ता परिवर्तनको लाभ मुख्यमन्त्री र मनाङेले नै बढी उठाउने गरेको घटनाक्रमले देखाउँछ । ६० सदस्यीय प्रदेश सभामा बहुमत सिद्ध गर्न ठूला दलबाट मुख्यमन्त्री बनेकाहरूलाई एकएक सिटको पनि आवश्यकता पर्ने गरेको छ । जसबाट मनाङेको लाभको ढोका खुल्ने गरेको हाे ।

गुरुङदेखि पाण्डेसम्म

उनी २०७४ सालको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका थिए । पछि  एमाले प्रवेश गरे । बीचमा एमाले र माओवादी केन्द्रबीच एकता भयो, विभाजन पनि भयो । लगत्तै २०७८ वैशाखतिर एमालेभित्रको किचलो उत्कर्षमा पुगेको थियो । र तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता भयो ।

गुरुङले प्रदेश सभामा बहुमत पुर्‍याउने आधार खोजिरहँदा गुरुङले वैशाख १३ मा एमाले छाडे । तर उनलाई आफ्नै पक्षमा राखिराख्ने गुरुङको रणनीति अनुसार वैशाख १६ मै युवा तथा खेलकुद मन्त्री बनाइदिए । मनाङेलाई मन्त्री बनाउनैका लागि उनले सामाजिक विकास मन्त्रालय विभाजन गरेका थिए ।

यद्यपि, अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा मतदान हुन पाएन । गुरुङले वैशाख २६ गते राजीनामा दिए । गुरुङ पनि पदमुक्त भए । तर त्यतिञ्जेल गैरराजनीतिक छविका सांसदको रुपमा चिनिएका र राजनीतिक सन्दर्भबाट खासै चर्चामा नआउने गुरुङले मन्त्री भएपछि थप चर्चा पाए । सत्ता अंकगणितप्रति चासो राख्नेहरूको ध्यानमा परे ।

त्यसपछि भने गुरुङ हरेक मुख्यमन्त्री/भावी मुख्यमन्त्रीका निम्ति रोजाइका सांसद बने । उनी पनि सहजै फरकफरक गठबन्धनसँग जोडिए । राजीनामा दिए पनि गुरुङ प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा पुनः मुख्यमन्त्री बने । गुरुङले सुरुमै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाए।

संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री गुरुङले भएकाले २०७८ जेठ २७ मा विश्वासको मत लिँदै थिए । तर प्रदेश सभाको त्यस दिनको बैठकमा मन्त्री मनाङे नै अनुपस्थित भइदिए । परिणामतः मनाङे र मुख्यमन्त्री गुरुङ दुवैले पद गुमाए ।

गुरुङपछि मुख्यमन्त्री बन्दै थिए कांग्रेसका कृष्णचन्द्र पोखरेल । उनले मुख्यमन्त्रीमा दाबी पेश गर्दा मनाङेले पनि समर्थन गरे । पोखरेलको सरकारमा उनी तत्काल बिना विभागीय र पछि युवा तथा खेलकुद मन्त्री भए ।

त्यो सरकार २०७९ को निर्वाचनसम्मै कायम रह्यो । निर्वाचनपछि एमालेका खगराज अधिकारी मुख्यमन्त्री भए । मनाङे पनि नेकपा एकीकृत समाजवादी प्रवेश गरे । तर अधिकारी सरकार केही महिनामै ढल्यो । त्यसपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बने ।

पाण्डेको मन्त्रिपरिषद्‌मा मनाङेलाई मन्त्री बनाउन एकीकृत समाजवादीले सुरुदेखि नै जोड गरेको थियो । तर उनले बेवास्ता गरिदिएका थिए । त्यतिबेला संघमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको गठबन्धन थियो ।

तर जब २०८० फागुनमा संघीय गठबन्धनमा परिवर्तन आयो, पाण्डेको पद धरापमा पर्‍यो । यता, २०७९ मंसिर २४ मा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले २०८० चैत ४ गते सो पार्टी त्यागे ।

अनि पाण्डेले भोलिपल्टै मनाङेलाई मन्त्री बनाए । यसअघि संघीय गठबन्धनमा रहेको दल एकीकृत समाजवादीले दबाब दिँदा पनि मनाङेलाई मन्त्री बनाउन अस्वीकार गरेका पाण्डेले जब आफ्नो पद धरापमा परेको बुझे, तब हतारहतार मनाङेलाई मन्त्री बनाए । मनाङे पनि कतिदिन मन्त्री भइन्छ भन्ने वास्ता नै नगरी शपथ लिन गए ।

तर विश्वासको मत नपाउने निश्चित भएका मुख्यमन्त्री पाण्डेले राजीनामा दिए । मनाङे पनि पदमुक्त भए ।

नयाँ सरकारका लागि आह्वान हुँदा एमालेका खगराज अधिकारीले मनाङेको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र मुख्यमन्त्रीमा नियुक्त पनि भए । यो सरकारमा मनाङे सुरुमै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री भए । यद्यपि, सरकार लामो समय भने टिकेन । २०८० चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारी सर्वोच्चको परमादेशबाट २०८१ जेठ १४ मा पदमुक्त भए । मनाङे पनि पदमुक्त भए ।

गत जेठ १६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पाण्डे दोस्रो पटक मुख्यमन्त्री भए । सुरुका दुई हप्ता त उनले आफ्नै पार्टीका दुई मन्त्रीको साथमा सरकार चलाएका थिए । तर जेठ २८ (सोमबार) विश्वासको मत लिँदा मनाङेको पनि साथ लिन सफल भए । त्यसको लाभ मुख्यमन्त्री पाण्डे र मनाङे दुवैलाई पुगेको छ । कारण, पाण्डेको पद जोगियो, मनाङेले मन्त्री पद पाएका छन् ।

६ पटक मन्त्री भइसकेका भए पनि एकपटक बाहेक मनाङेको पदावधि केही दिन वा हप्ताको रहने गरेको छ । उनी स्वयंले पनि मन्त्री बन्नुअघि सरकारको आयु कति होला भनेर ख्याल गर्ने गरेको देखिँदैन । कहिले उनी ‘यो दश दिन टिक्ने सरकार हो’ भन्दै मन्त्री बन्न जान्छन्, कहिले ‘रिस्क लिन सक्नुपर्छ’ भन्दै ।

गत चैत ५ मा पाण्डेकै मन्त्रिपरिषद्‌मा मन्त्रीको शपथ लिएपछि मनाङेले पत्रकारहरूसँग साह्रै गाह्रो हुँदाचाहिँ आफूले लड्ने बताएका थिए । अर्थात्, मुख्यमन्त्रीलाई एकदमै गाह्रो परेको बेलामा आफूले सघाउने हो भन्ने उनको धारणा थियो । जुन घटनाक्रमले पनि पुष्टि गर्छ ।

उनको भनाइ थियो, ‘म युथ पोलिटिक्सबाट आएको मान्छे हो । एकदम गाह्रो हुँदा म रिस्क लिन्छु । अरुले रिस्क लिन सक्दैनन् । रिस्क लिन पनि सक्नुपर्छ ।’

मनाङे कहिलेकहिले मन्त्री भए ?
२०७८ वैशाख १६- युवा तथा खेलकुद मन्त्री (मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ)
२०७८ जेठ ५ (सपथ जेठ ९)- युवा तथा खेलकुद (मुख्यमन्त्री- पृथ्वीसुब्बा गुरुङ)
२०७८ जेठ २९- बिना विभागीय / २०७८ असार २७- युवा तथा खेलकुद (मुख्यमन्त्री- कृष्णचन्द्र पोखरेल)
२०८० चैत ५- भौतिक पूर्वाधार विकास (मुख्यमन्त्री- सुरेन्द्रराज पाण्डे)
२०८१ वैशाख ८- भौतिक पूर्वाधार विकास तथा यातायात । (मुख्यमन्त्री- खगराज अधिकारी)
२०८१ जेठ २९- भौतिक पूर्वाधार तथा यातायात व्यवस्था (मुख्यमन्त्री- सुरेन्द्रराज पाण्डे)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

हुम्लाको स्याँडामा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

हुम्ला । हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

भेन्टिलेटरमा गणेश नेपाली, भारत लैजाने तयारी अन्तिम क्षणमा रोकियो

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending