Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सत्ता परिवर्तनबाट सधैँ लाभमा मनाङे, ७ वर्षमा बने ६ पटक मन्त्री

खबरडबली संवाददाता

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार गरेको मन्त्रिपरिषद् विस्तारमा दीपक मनाङे पनि समावेश भए । उनलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले यो मन्त्रालयको जिम्मेवारी तेस्रो पटक सम्हालेका हुन्  ।

गण्डकी प्रदेशमा पटकपटक मन्त्री भइरहने अनुहार हो  मनाङे । २०७८ वैशाख १६ मा पहिलो पटक मन्त्री बनेका उनी त्यसयताका तीन वर्षमा ६ पटक मन्त्री भइसकेका छन् । उनले तीन पटक युवा तथा खेलकुद र तीन पटक भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्न पाएका छन् ।

गण्डकी प्रदेशमा पटकपटक हुने गरेको सत्ता परिवर्तनको लाभ मुख्यमन्त्री र मनाङेले नै बढी उठाउने गरेको घटनाक्रमले देखाउँछ । ६० सदस्यीय प्रदेश सभामा बहुमत सिद्ध गर्न ठूला दलबाट मुख्यमन्त्री बनेकाहरूलाई एकएक सिटको पनि आवश्यकता पर्ने गरेको छ । जसबाट मनाङेको लाभको ढोका खुल्ने गरेको हाे ।

गुरुङदेखि पाण्डेसम्म

उनी २०७४ सालको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका थिए । पछि  एमाले प्रवेश गरे । बीचमा एमाले र माओवादी केन्द्रबीच एकता भयो, विभाजन पनि भयो । लगत्तै २०७८ वैशाखतिर एमालेभित्रको किचलो उत्कर्षमा पुगेको थियो । र तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता भयो ।

गुरुङले प्रदेश सभामा बहुमत पुर्‍याउने आधार खोजिरहँदा गुरुङले वैशाख १३ मा एमाले छाडे । तर उनलाई आफ्नै पक्षमा राखिराख्ने गुरुङको रणनीति अनुसार वैशाख १६ मै युवा तथा खेलकुद मन्त्री बनाइदिए । मनाङेलाई मन्त्री बनाउनैका लागि उनले सामाजिक विकास मन्त्रालय विभाजन गरेका थिए ।

यद्यपि, अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा मतदान हुन पाएन । गुरुङले वैशाख २६ गते राजीनामा दिए । गुरुङ पनि पदमुक्त भए । तर त्यतिञ्जेल गैरराजनीतिक छविका सांसदको रुपमा चिनिएका र राजनीतिक सन्दर्भबाट खासै चर्चामा नआउने गुरुङले मन्त्री भएपछि थप चर्चा पाए । सत्ता अंकगणितप्रति चासो राख्नेहरूको ध्यानमा परे ।

त्यसपछि भने गुरुङ हरेक मुख्यमन्त्री/भावी मुख्यमन्त्रीका निम्ति रोजाइका सांसद बने । उनी पनि सहजै फरकफरक गठबन्धनसँग जोडिए । राजीनामा दिए पनि गुरुङ प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा पुनः मुख्यमन्त्री बने । गुरुङले सुरुमै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाए।

संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री गुरुङले भएकाले २०७८ जेठ २७ मा विश्वासको मत लिँदै थिए । तर प्रदेश सभाको त्यस दिनको बैठकमा मन्त्री मनाङे नै अनुपस्थित भइदिए । परिणामतः मनाङे र मुख्यमन्त्री गुरुङ दुवैले पद गुमाए ।

गुरुङपछि मुख्यमन्त्री बन्दै थिए कांग्रेसका कृष्णचन्द्र पोखरेल । उनले मुख्यमन्त्रीमा दाबी पेश गर्दा मनाङेले पनि समर्थन गरे । पोखरेलको सरकारमा उनी तत्काल बिना विभागीय र पछि युवा तथा खेलकुद मन्त्री भए ।

त्यो सरकार २०७९ को निर्वाचनसम्मै कायम रह्यो । निर्वाचनपछि एमालेका खगराज अधिकारी मुख्यमन्त्री भए । मनाङे पनि नेकपा एकीकृत समाजवादी प्रवेश गरे । तर अधिकारी सरकार केही महिनामै ढल्यो । त्यसपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बने ।

पाण्डेको मन्त्रिपरिषद्‌मा मनाङेलाई मन्त्री बनाउन एकीकृत समाजवादीले सुरुदेखि नै जोड गरेको थियो । तर उनले बेवास्ता गरिदिएका थिए । त्यतिबेला संघमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको गठबन्धन थियो ।

तर जब २०८० फागुनमा संघीय गठबन्धनमा परिवर्तन आयो, पाण्डेको पद धरापमा पर्‍यो । यता, २०७९ मंसिर २४ मा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले २०८० चैत ४ गते सो पार्टी त्यागे ।

अनि पाण्डेले भोलिपल्टै मनाङेलाई मन्त्री बनाए । यसअघि संघीय गठबन्धनमा रहेको दल एकीकृत समाजवादीले दबाब दिँदा पनि मनाङेलाई मन्त्री बनाउन अस्वीकार गरेका पाण्डेले जब आफ्नो पद धरापमा परेको बुझे, तब हतारहतार मनाङेलाई मन्त्री बनाए । मनाङे पनि कतिदिन मन्त्री भइन्छ भन्ने वास्ता नै नगरी शपथ लिन गए ।

तर विश्वासको मत नपाउने निश्चित भएका मुख्यमन्त्री पाण्डेले राजीनामा दिए । मनाङे पनि पदमुक्त भए ।

नयाँ सरकारका लागि आह्वान हुँदा एमालेका खगराज अधिकारीले मनाङेको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र मुख्यमन्त्रीमा नियुक्त पनि भए । यो सरकारमा मनाङे सुरुमै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री भए । यद्यपि, सरकार लामो समय भने टिकेन । २०८० चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारी सर्वोच्चको परमादेशबाट २०८१ जेठ १४ मा पदमुक्त भए । मनाङे पनि पदमुक्त भए ।

गत जेठ १६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पाण्डे दोस्रो पटक मुख्यमन्त्री भए । सुरुका दुई हप्ता त उनले आफ्नै पार्टीका दुई मन्त्रीको साथमा सरकार चलाएका थिए । तर जेठ २८ (सोमबार) विश्वासको मत लिँदा मनाङेको पनि साथ लिन सफल भए । त्यसको लाभ मुख्यमन्त्री पाण्डे र मनाङे दुवैलाई पुगेको छ । कारण, पाण्डेको पद जोगियो, मनाङेले मन्त्री पद पाएका छन् ।

६ पटक मन्त्री भइसकेका भए पनि एकपटक बाहेक मनाङेको पदावधि केही दिन वा हप्ताको रहने गरेको छ । उनी स्वयंले पनि मन्त्री बन्नुअघि सरकारको आयु कति होला भनेर ख्याल गर्ने गरेको देखिँदैन । कहिले उनी ‘यो दश दिन टिक्ने सरकार हो’ भन्दै मन्त्री बन्न जान्छन्, कहिले ‘रिस्क लिन सक्नुपर्छ’ भन्दै ।

गत चैत ५ मा पाण्डेकै मन्त्रिपरिषद्‌मा मन्त्रीको शपथ लिएपछि मनाङेले पत्रकारहरूसँग साह्रै गाह्रो हुँदाचाहिँ आफूले लड्ने बताएका थिए । अर्थात्, मुख्यमन्त्रीलाई एकदमै गाह्रो परेको बेलामा आफूले सघाउने हो भन्ने उनको धारणा थियो । जुन घटनाक्रमले पनि पुष्टि गर्छ ।

उनको भनाइ थियो, ‘म युथ पोलिटिक्सबाट आएको मान्छे हो । एकदम गाह्रो हुँदा म रिस्क लिन्छु । अरुले रिस्क लिन सक्दैनन् । रिस्क लिन पनि सक्नुपर्छ ।’

मनाङे कहिलेकहिले मन्त्री भए ?
२०७८ वैशाख १६- युवा तथा खेलकुद मन्त्री (मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ)
२०७८ जेठ ५ (सपथ जेठ ९)- युवा तथा खेलकुद (मुख्यमन्त्री- पृथ्वीसुब्बा गुरुङ)
२०७८ जेठ २९- बिना विभागीय / २०७८ असार २७- युवा तथा खेलकुद (मुख्यमन्त्री- कृष्णचन्द्र पोखरेल)
२०८० चैत ५- भौतिक पूर्वाधार विकास (मुख्यमन्त्री- सुरेन्द्रराज पाण्डे)
२०८१ वैशाख ८- भौतिक पूर्वाधार विकास तथा यातायात । (मुख्यमन्त्री- खगराज अधिकारी)
२०८१ जेठ २९- भौतिक पूर्वाधार तथा यातायात व्यवस्था (मुख्यमन्त्री- सुरेन्द्रराज पाण्डे)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending