Ntc summer Offer
Khabar Dabali २ असार २०८२ सोमबार | 16th June, 2025 Mon
Investment bank

भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना

खबरडबली संवाददाता
भोजपुर । नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार सेवा दिने उद्देश्यका साथ अरुण गाउँपालिकाको केन्द्रप्याउलीमा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको सङ्घका सभापति तेज मोक्तानले जानकारी दिए।
 
नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा उपचार केन्द्रको शुभारम्भ गरे । सो अवसरमा अध्यक्ष खत्रीले आँखा उपचारको सेवाका लागि अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न सेवा केन्द्र स्थापना गरिएको हो भने।
 
आफ्नै पालिकामा आँखा उपचार केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि स्थानीयमा समेत खुसियाली छाएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताए। गाउँपालिकाभित्र सात वटा वडा छन भने पौवादुङमा गाउँपालिकाका नागरिकले पनि उपचार केन्द्रबाट सेवा पाउने छन । नेपाल नेत्र ज्योति सङ्घ भोजपुरको प्राविधिक सहयोगमा गाउँपालिकाले एक जना कर्मचारीसमेत नियुक्त गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले बताए। नेपाल नेत्र ज्योति सङ्घ भोजपुरका संस्थागत सभापति तेज मोक्तानको अध्यक्षतामा तथा नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय महासचिव चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
 
सो अवसरमा नेपाल नेत्र ज्योति सङ्घ कोशी प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, केन्द्रीय प्रवक्ता दोर्ण गुरागाई, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी र स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सूचना प्रविधिको विकासमा तीन तहको सरकारबिच सहकार्य जरुरी: मन्त्री गुरुङ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबिच सहकार्य जरुरी रहेको बताएको...

अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा

काठमाडौँ। काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुस...

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध तथा पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपा...

नेप्से परिसूचकमा सामान्य सुधार, १३ अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार छ सय ५८ दशमलव ६...

रास्वपा सांसदले जुत्ता चप्पल खोलेर बसेको भन्दै एमालेको नियमापत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू संसदमा जुत्ता चप्पल खोलेर बसेको भन्दै सत्तारुढ एमालेले नियमापत्ति गरेको छ। सत्तारुढ दल नेकपा एमालेका ...

सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ: प्रभु साह

रौतहट। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद्य नदिएर जिउँदै मारिरहेको  टिपणी गरेका छन् । गृह जिल्ला ...

अनुशासनको सीमाभित्र रहेर बजेट आएको छ: सांसद गिरी

काठमाडौँ। नेकपा (एमाले) का सांसद पदम गिरीले सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्याएको बताएको छन् । सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ...

भरत थापालाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश

सर्लाही । अवैध रुपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी बन ऐनको उल्लंघन गरेको अभियोग लागेका सर्लाहीको बरहथवा नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थ...

ब्रह्मलुट मच्चाइएको बजेटको पर्दाफास गर्न वेल घेराउबीच बोल्न बाध्य भयौँ: प्रकाश ज्वाला

मन्त्री र तिनका आसेपासे तथा बिचौलियाले बजेटमा हालीमुहाली

वीरगञ्जमा २२ लाखभन्दा बढीको लत्ताकपडा बरामद

पर्सा। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–६ रेशमकोठीबाट असार १ गते लुकाई छिपाई राखेको करीब २२ लाख ७१ हजार रुपियाँ बराबरको लत्ताकपडा बरामद भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending