Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

मकवानपुरको मनहरीमा निर्मित पक्की पुल सञ्चालनमा

खबरडबली संवाददाता

मकवानपुर । मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट रु १९ करोड खर्चेर निर्माण गरेका तीनवटा पक्की पुल शनिबारदेखि सञ्चालन भएका छन् ।

मनहरीको लामिटार–मकरी–चकरी–बेलडाँडा हुँदै हेटौँडा नगरको पदमपोखरी जोड्ने सडकअन्तर्गत निर्माणाधीन पाँचवटा पुलमध्ये निर्माण सम्पन्न भएका ती पुल सञ्चालन भएका हुन् । 

वाग्मती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले पुलको उद्घाटन गर्दै प्रत्यक्ष रूपमा जनता लाभान्वित हुने विकास– निर्माणका कामलाई तीनवटै तहका सरकारले विशेष प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए उनले मनहरिपालिकाले पुल निर्माणका निम्ति गरेको प्रयासको सराहना गरे।  

कार्यक्रममा दिइएको जानकारीअनुसार निर्माण पूरा हुन बाँकी दुईवटामध्ये ठाडेखोलाको पुल एक महिनाभित्रै सम्पन्न गर्न आफूले प्रयास गरिरहेको र हाँडीखोलाको पुल पनि केही महिनाभित्रै पूरा लक्ष्यका साथ धमाधम काम भइरहेको छ । मनहरी–१ र २ जोड्ने च्यापल खोला पुल, ३ र ४ जोड्ने ट्वाङग्रा खोला पुल र ३ र ४ वडालाई नै जोड्ने मसिने खोला पुल निर्माण सम्पन्न भएको हो । तीन स्पानको च्यापल खोला पुल ९७ दशमलव नौ मिटर लामो यो पुल रु ६ करोड २८ लाख ९८ हजारमा सम्झौता भएको हो । दुई स्पानको ट्वाङग्रा खोला ६४ दशमलव १५ मिटर लामो पुल निर्माण गर्न रु छ करोड ४९ लाख ६० हजार खर्च गरिएको छ । यस्तै दुई स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल रु छ करोड ५९ लाख ५० हजारमा निर्माण भएको हो । 

तीनवटा पुल निर्माण सम्पन्न गर्न गाउँपालिकाले रु १९ करोड ३८ लाख खर्चिएको अध्यक्ष रञ्जन कालाखेतीले बताए। दुई वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै निर्माणको काम थालिएको भए तापनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी पुल निर्माण सकेको हो । एकैदिन ठेक्का सम्झौता गरिएको पाँचवटामध्ये तीनवटा पुल निर्माण सकिएको र दुईवटा पुल निर्माणको काम जारी छ ।

हिराचन–बानियाँ जेभीसँग रु आठ करोड ६७ लाख पाँच हजारमा सम्झौता गरी निर्माणाधीन ठाडोखोला पुलको काम करिब ८५ प्रतिशत र भैरव–नारायणम् जेभीसँग रु पाँच करोड ३५ लाख ५१ हजारमा ठेक्का सम्झौता गरिएको हाँडीखोला पुलको काम करिब ६५ प्रतिशत काम पूरा गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिए। पाँचवटै पुल निर्माण सम्पन्न हुँदा गाउँपालिकाको करिब रु ३३ करोड ५० लाख खर्च हुने उनले जानकारी दिए। 

कार्यक्रममा गाउँपालिकाका पूर्वउपाध्यक्ष मनिला विष्ट, वडाध्यक्ष शिव खनाल, राजकुमार पाख्रिन, अनन्तप्रकाश अर्याल, प्रकाश थापा, मनहरी–४ का पूर्ववडाध्यक्ष ध्रुव खड्का, संविधानसभा सदस्य राजाराम स्याङ्तान, गाउँपालिका उपाध्यक्ष सीता पुलामीले जतप्रतिनिधिहरू जनचाहनाअनुसार काम गर्न सधैँ तत्पर हुनुपर्नेमा जोड दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

वालिङमा जिप दुर्घटना: एक जनाको मृत्यु, १७ घाइते

वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाक...

रास्वपा महाधिवेशन: ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।  झण्डै एक ...

रास्वपा पदाधिकारी निर्वाचन जारी, ९८५ मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनअन्तर्गत चितवनको भरतपुरमा मतदान प्रक्रिया जारी रहेको छ। पार्टी निर्वाचन आयोगका अनुसार दिउँसो...

एमालेसँग तत्कालै सहकार्य सुरु हुने प्रचण्डको घोषणा

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...

उम्मेदवारी फिर्ता र समर्थनले सभापतिको भनाइलाई नै खिल्ली उडायो: गणेश कार्की

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्तिप्रति असन...

गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्न रवि लामिछानेलाई मनिष झाको आग्रह

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको आरोप लगाएका छन्। ...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सु...

रास्वपा महाधिवेशन: पदाधिकारी चयनका लागि मतदान सुरु

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। सहमतिबाट टुंगो नलागेपछि पदाधिकारी चयन...

मनिष झाले उम्मेदवारी कायमै राखे, ‘आलोकाँचो राजनीति’ नगर्ने टिप्पणी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायमै रहेको घोषणा गरेका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending