काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले देशका विभिन्न जिल्लामा भएको ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले तराईका जिल्लामा गर्मी बढ्दै गर्दा विद्युत् प्राधिकरणले विद्युत् कटौती गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा सांसद धवलशम्शेर जङ्गबहादुर राणाले अत्यधिक गर्मी बढेकै बेला विद्युत् कटौती हुँदा थप समस्या भएकाले नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरे ।
सांसद डा तोसिमा कार्कीले मेलम्ची खानेपानी आयोजनाको रु एक करोड ८० लाख लिटरको ट्याङ्की ललितपुर निर्वाचन क्षेत्र नं ३ मा भए पनि खानेपानीको समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
सांसद दीपकबहादुर सिंहले नाराहिटी दरबारभित्र रहेका गणतन्त्र स्तम्भ बनेको पाँच वर्ष हुँदा पनि अवलोकनका लागि खुल्ला नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
यस्तै, सांसद दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले सङ्घीयताको मूल मर्मविपरीत स्थानीय तहको अनुदान रकम कटौती गरिएको भन्दै आपत्ति जनाए । सांसद दीपा शर्माले बाँकेलगायत कर्णाली प्रदेशका जनताले लोडसेडिङ अन्त्य भएको अनुभूति गर्न नपाएको बताए
सांसद दुर्गा राईले भोजपुरका सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद देवप्रसाद तिमल्सिनाले हुरीका कारण देशका विभिन्न स्थानमा भएका क्षतिबारे अध्ययन गरी सरकारले क्षतिपूर्ति र राहातको व्यवस्था गर्न अनुरोध गर्नुभयो । सांसद नागिना यादवले खाद्य, मल, खानेपानीलगायत किसानका समस्या समाधान गर्नुपर्ने माग गर्नुभयो । सांसद प्रतिमा गौतमले फोहोर व्यवस्थापन र सडक फुटपाथको विषयलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी सांसद प्रतीक्षा तिवारीले मधेस प्रदेशमा खानेपानीको समस्या बढ्दै गएको भन्दै खानेपानी र सिँचाइको दीर्घकालीन समाधानका लागि पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रेम सुवालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिरहेका कामका बारेमा जिज्ञासा राख्नुभयो । “नेपालको गरिबी निवारण मन्त्रालयले के गर्दै छ”, उहाँले प्रश्न गर्नुभयो ।
सांसदहरु नारायणी राना, प्रेमबहादुर महर्जन, वासुदेव घिमिरे, विन्दबासिनी कंसाकार, विनिता कठायत, ध्रुवबहादुर प्रधान, निर्मला कोइराला, नैनकला थापा, निशा डाँगी, नारायणप्रसाद आचार्य, दीपक गिरीले हुरीले पु¥याएको क्षति, बढ्दो महङ्गी र विभिन्न जिल्लामा देखिएको लोडसेडिङका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - ०९:४८
बनेपा। शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्...
चैत्र १४ गते, २०८२ - ०९:४३
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानुनी दफाहरुको कुनै आधार नभएको दाबी गरेको छन्। पार्टी केन...
चैत्र १३ गते, २०८२ - १७:३३
काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...
चैत्र १३ गते, २०८२ - १७:२९
काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...
चैत्र १३ गते, २०८२ - १७:२५
काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...
चैत्र १३ गते, २०८२ - १७:२१
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...
चैत्र १३ गते, २०८२ - १६:५८
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्...
चैत्र १३ गते, २०८२ - १६:३९
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधा...
चैत्र १३ गते, २०८२ - १६:२९
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...
चैत्र १३ गते, २०८२ - १६:१३
काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...



प्रतिकृया लेख्नुहोस्: