Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

सत्तापक्षका दलसँग छलफल गरेर बजेट ल्याएको भए राम्रो हुन्थ्यो : पूर्वअर्थमन्त्री पौडेल

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए थप परिस्कृत र राम्रो आउने बताएको छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान माथि आफ्नो धारणा राख्दै उनले सो कुरा उल्लेख गरेको हो । 

“अर्थमन्त्रीलाई बजेट निर्माणका बेला निकै व्यस्तता हुन्छ । निश्चित समयभित्र यो काम गर्नुपर्छ । तर सत्तापक्षीय राजनीतिक दलसँग सुझाव लिन उहाले भ्याउनुभएन”, पूर्वअर्थमन्त्री पौडेलले भने, “यदि भ्याउनुभएको भए बजेट अझ राम्रो आउँथ्यो । सल्लाह लिन पाएको भए राम्रो हुन्थ्यो ।” 

आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने उल्लेख भएकामा सो अवधारणालाई सरकारले थप स्पष्ट पार्नुपर्ने पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ । “उच्चस्तरीय अर्थतन्त्र सुधार सुझाव कार्यदल बनाउने विषय बजेटमा उल्लेख छ । यसलाई थप स्पष्ट पारिनुपर्छ । कार्यदलमार्फत सुझाव लिनेभन्दा पनि नीतिको स्रोत भनेको राजनीतिक नेतृत्व हो । यसमा राजनीतिक दलबाटै सुझाव आउनुपर्छ”, उनले भने ।

आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरिएको भए पनि चालु आवको तुलनामा आगामी आवको भन्दा बजेट घटेको पूर्वअर्थमन्त्री पौडेलले बताए। कृषिमा लगानी दशक जस्तै सूचना प्रविधि क्षेत्रमा पनि लगानी दशक घोषणा भएकाले कुन क्षेत्रलाई प्राथमिकतामा राख्न खोजेको हो भन्नेबारे अन्योल देखिएको उहाँको भनाइ छ । गाँजा खेतीलाई वैधानिकता दिनेबारे विस्तृतमा अध्ययन गरिनुपर्ने र यसका सकारात्मक तथा नकारात्मक पक्षको विश्लेषण गरिनुपर्ने पूर्वअर्थमन्त्री पौडेलले बताए। 

हरेक प्रदेशलाई कुनै निश्चित वस्तुको उत्पादन हबका रुपमा अघि बढाउने योजना बजेटमा राखिए पनि त्यसमा दोहोरोपना हटाउनुपर्ने सुझाव दिँदै पूर्वअर्थमन्त्री पौडेलले एउटा प्रदेशमा एउटा केन्द्र स्थापना गर्ने विषयमा थप अध्ययन गरिनुपर्ने सुझाव दिए। निर्माण प्रक्रियामा अघि बढिसकेका केही योजना तथा कार्यक्रम बजेटमा छुटेका र पालिकास्तरका आयोजना पनि सङ्घीय सरकारमा परेको उनले उल्लेख गर्नुभयो । “धेरै अघि बढिसकेका आयोजना बजेटमा छुटेका छन् । दमक औद्योगिक क्षेत्रबारे बजेट बोलेको छैन”, पूर्वअर्थमन्त्री पौडेलले भने, “एक पालिका, एक डाउनटाउन तथा वडावडामा उद्यान बनाउनेजस्ता विषयबारे सङ्घीय बजेटले नबोलेको भए पनि हुन्थ्यो ।”

पूर्वअर्थमन्त्री पौडेलले बजेटमा भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने विषय राखिनु सकारात्मक रहेको बताउनुभयो । ‘समृद्ध नेपालः सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्नेगरी बजेट आएको तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, मध्यपहाडी पुष्पलाल राजमार्ग, उपभोक्ता अदालत गठनलगायतका विषय बजेटमा पर्नु सकारात्मक कुरा भएको उनले बताए । सरकारले महत्वाकाङ्क्षीभन्दा पनि उच्च आकाङ्क्षी बजेट ल्याएको पूर्वअर्थमन्त्री पौडेलको तर्क छ । 

“सरकारले आगामी आर्थिक वर्षका लागि तुलनात्मकरुपमा सङ्क्षिप्त र सन्तुलित बजेट ल्याएको छ । स्रोतको प्रबन्ध गर्नु सहज थिएन”, उनले भने, “यो महात्वाकाङ्क्षी होइन, उच्च आकाङ्क्षी बजेट हो । राजस्व सङ्कलन, ऋण तथा अनुदान परिचालनका लागि उच्च आकाङ्क्षा राखिएको छ ।”

अर्थमन्त्री पुनले उच्च आकाङ्क्षी बजेट ल्याएर चुनौती सामना गर्ने अठोट गर्नुभएको पूर्वअर्थमन्त्री पौडेलको धारणा छ । “सहज यात्रा जो कसैले पनि गर्न सक्दछन् । तर अर्थमन्त्रीले आफँै चुनौती सिर्जना गरेर आफैँ अवसर खोज्ने र सामना गर्दै जाने अठोट गर्नुभएको छ”, उनले भने, “६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । यी समस्या र प्रतिकूलता हेर्दा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु सहज छैन । तर असम्भव पनि छैन । यसका लागि बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिइनुपर्छ ।”

आगामी आर्थिक वर्षको बजेटप्रति नेकपा ९एमाले० को दृढ समर्थन रहेको एमाले उपाध्यक्ष पौडेलले बताए । चालु आवको अन्तिमसम्ममा रु ११ खर्ब हाराहारी आन्तरिक राजस्व उठ्ने देखिएकामा आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ६० अर्ब बराबरको राजस्व लक्ष्य राखिनुलाई उनले सकारात्मक रहेको बताए । वैदेशिक ऋण र अनुदान पनि बढाउनेसक्ने ठाउँ रहेको उनको भनाइ छ । बजेट कार्यान्वयन चुनौतीपूर्ण भए पनि असम्भव भने नरहेको उनले उल्लेख गरे।  

सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । यो आकारको बजेटका लागि स्रोतको केही सीमितता रहेको पूर्वअर्थमन्त्री पौडेलले बताए। “राजस्वले साधारण खर्च धान्न नसक्ने र ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा हामी आइसकेका छौँ । आगामी आवका लागि रु तीन खर्ब ३० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य बढी हो”, उहाँले भन्नुभयो, “वैदेशिक सहयोगका आयोजनामा ‘काउन्टर पार्ट फण्ड’ व्यहोर्न आन्तरिक राजस्व व्यहोर्नका लागि पनि वैदेशिक सहायताबाट प्राप्त बजेटरी सहायता रकमलाई परिचालन गर्नुपर्ने अवस्था छ ।” स्रोतको अधिकतम सीमा हेरेर बजेट ल्याइएको उनको दाबी छ ।

सरकारको विकास खर्च निकै कम भइरहेका बेला आगामी आर्थिक वर्षका लागि साढे तीन खर्बभन्दा माथिको विकास खर्चको लक्ष्य राखिनु सकारात्मक रहेको पूर्वअर्थमन्त्री पौडेलले बताए । “अहिले खर्च गर्ने क्षमता चिन्ताजनक अवस्थामा छ । जेठको १५ गतेसम्ममा रु एक खर्ब २६ अर्ब बराबर मात्रै खर्च भएको छ । चालू आर्थिक वर्षको अन्तिमसम्ममा रु दुई खर्ब हाराहारी पुँजीगत बजेट खर्च होला । तर आगामी आर्थिक वर्षका लागि रु तीन खर्ब ६७ अर्ब बराबर पुँजीगत शीर्षकमा बजेट विनियोजन गरिनुलाई सकारात्मक मान्नुपर्छ”, उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न निजी शिक्षालय सञ्चालकको आग्रह

काठमाडौं। निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । न...

ब्लु बस’ सेवा तत्काल सुरु नहुने, साझाका हरिया बसको रङ पनि परिवर्तन नहुने

काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...

राजधानीको प्यास मेटाउने सुन्दरीजलमै खानेपानीको चरम अभाव

काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोज्दा दुर्गा प्रसाईंलाई प्रहरीले रोक्यो

काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...

राहदानी छपाइ प्रकरणबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending