तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताएको छन् ।
दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए।
वर्षात्मा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद वाग्लेले बताए। राजमार्गको पूर्वी खण्डमा तीव्र गतिमा काम भए पनि पश्चिमी खण्डमा ढिलाइ भएकोबारे सञ्चारकर्मी सांसद वाग्लेलाई जानकारी गराएका थिए ।
सांसद वाग्लेले सम्बन्धित निकायलाई वर्षा अगावै काम द्रूत गतिमा अगाडि बढाउन आग्रह गरिएको बताए। उनले भने, “निर्माण कम्पनीका ठेकेदारलाई वर्षात्को समयमा निर्माणाधीन सडकमा यात्रा गर्न सास्ती हुने भएकाले कामलाई तीव्रता दिन आग्रह गरेका छौँ ।” विगतमा भन्दा आर्थिक वर्ष २०८१÷८२ मा बजेटले तनहुँलाई उल्लेखनीय रुपमा सम्बोधन गरेको उनको दाबी छ ।
अहिलेको मुख्य एजेण्डा विपद् व्यव्स्थापन भएको भन्दै सांसद वाग्लेले स्थानीय तह तथा सरोकार भएका सबै एकजुट भएर विपद् व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए । उनले आगलागी र हावाहुरीले पु¥याएको क्षतिलाई प्राथमिकतामा राखी क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए।
दमौली अस्पताललाई दुई वटा डायलासिस मेसिन उपलब्ध गराएको जनाउँदै सांसद वाग्लेले सङ्घीय संसद्बाट गर्नुपर्ने पहल सकारात्मकरुपमा गर्ने उल्लेख गरे। पत्रकारिताको विकासमा योगदान दिन निडर, निष्पक्ष भएर कलम चलाउने पत्रकारलाई पुरस्कारको व्यवस्था गर्न रु तीन करोडको अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए।
सांसद वाग्लेद्वारा आगलागी र हावाहुरी पीडितसँग भेटघाट
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा वाग्लेले आगलागी र हावाहुरी पिडीतसँग भेट गर्नुभएको छ । सो अवसरमा उहाँले आगलागी र हावाहुरीबाट भएको क्षतिका बारेमा जानकारी लिएको थिए ।
डा वाग्लेले व्यास नगरपालिका–३ फलफूल लाइनमा यही जेठ ७ गते राति आगलागी भएको स्थलको अनुमगन गरे। उनले पीडितलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउन राज्यपक्ष गम्भीर हुनुपर्ने बताए । उनले भने, “स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो क्षेत्रबाट आगलागी पीडितलाई राहतको महसुस गराउन सक्नुपर्छ ।”
उक्त दिन भएको आगलागीबाट २३ सटर र २१ वटा पसलमा क्षति भएको थियो । आगलागीपछि २१ जनाको रोजगारी गुमेको इमेज मोबाइल सेन्टरका प्रोपाइटर केयरसिंह आले बादलले जानकारी दिए। उनले उक्त सटरहरु तत्काल सञ्चालन हुनुपर्ने माग राखे । जिल्ला समन्वय समितिको भाडामा लगाउँदै आएको सटरमा आगलागी भएको थियो ।
डा वाग्लेलाई जेठ १७ गते अपराह्न आएको हावाहुरी र पानीले तीन सय ३० घर, गोठ र विद्यालयमा पु¥याएको क्षतिको बारेमा जानकारी गराइएको थियो । सो हावाहुरीबाट तनहुँको व्यास, भानु, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्र रहेका घर, गोठ र विद्यालयमा क्षति भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: