Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

नयाँ बसपार्कमा एकदिने आँखा शिविर सञ्चालन

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोँगबु नयाँ बसपार्कमा एकदिने ‘निःशुल्क आँखा शिविर’ सञ्चालन गरिएको छ । काठमाडौँ महानगरपालिका र समाज उत्थान महिला मञ्चले आज आयोजना गरेको उक्त शिविरमा अहिलेसम्म तीन सय ५१ जनाले सेवा लिएका छन् ।

शिविरको उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले स्वास्थ्य नै धन भएकाले स्वस्थ भएर राज्य निर्माणमा योगदान गर्नुपर्ने धारणा राख्नुभयो । उनले आफूलाई स्वास्थ राख्न हरेक व्यक्तिले बेलाबेलामा स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको उल्लेख गरे।

काठमाडौँ–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले आम वडावासीलाई स्वस्थ राख्न यस्ता किसिमका स्वास्थ्य शिविरले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि वडाभित्र विभिन्न विधाका स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख गरे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न समाज उत्थान महिला मञ्चले खेलेको भूमिका सराहनीय रहेको बताए । उनले पछिल्लो समय नयाँ बसपार्क सुन्दर, सफा र व्यवस्थित बन्दै गएको भन्दै यसको वरपरको क्षेत्रलाई पनि सोहीअनुसार स्वच्छ बनाउनु सबैको कर्तव्य भएको उल्लेख गरे। वातावरण स्वच्छ भए नागरिक स्वस्थ हुने उनको भनाइ छ ।

मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले नयाँ बसपार्क क्षेत्रको विकृति अन्त्यका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । विसं २०७१ मा स्थापना भएको उक्त मञ्चले गोँगबु क्षेत्रमा विभिन्न सामाजिक काम सञ्चालन गर्दै आइरहेको उपाध्यक्ष तारा नेपालले जानकारी दिए। उनका अनुसार शिविर आज दिनभरि सञ्चालन हुनेछ ।
 
शिविरमा सहभागी वक्ताले स्वास्थ नागरिकले मात्र मुलुकको विकासमा योगदान दिनसक्ने बताएका छन् । सहभागी मानिस स्वस्थ रहेमात्र देशको विकासमा योगदान दिनसक्ने भन्दै स्वस्थ जीवनयापनमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि तोकिएको म्याद ५ दिन थप्ने तयारी गरेको छ। आयोगले यसअघि कात्तिक मसान्तसम्म दर्ता गर्न सकिने व्...

गृहमन्त्री अर्यालसँग बेलायती राजदूत फेनको भेट : निर्वाचनमा बेलायतको सहयोग रहने

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको छन्।  राजदूत फेनसहितको प्रतिनिधि मण...

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

काठमाडौँ। निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरु प्...

स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा. गौतमको दुईमहिने कार्ययोजना

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योज...

वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र

पर्सा। वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन् । कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका...

राष्ट्रिय परिचयपत्र प्रयोग गरी ३७ हजारभन्दा बढीले गराए मतदाता नामावली दर्ता

दर्तामा बेलाबेला प्राविधिक समस्या र ढिलासुस्ती

बिहार राज्य चुनावमा प्रधानमन्त्री मोदीको गठबन्धन अगाडि

नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बिहार राज्यको महत्वपूर्ण चुनावमा प...

प्रतिनिधिसभा चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँको ...

रास्वपाले दियो सन्तोष परियारलाई नयाँ यात्राका लागि शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारलाई नयाँ राजनीतिक यात्राका लागि शु...

प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, यी तीन मन्त्रीको बाँकी

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले आफ्ना सम्पत्ति विवरण बुझाएका छन्। अझै तीन मन्त्री...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending