Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

विपद् पूर्वतयारीका लागि सामूहिक योजना

खबरडबली संवाददाता

बाँके । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्ययोजना निर्माण गरिएको छ ।  

सहरी विपद् तथा पूर्वतयारी परियोजना (सुपर) को सहकार्यमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित तीनदिने छलफलले विपद् व्यवस्थापन, पूर्वतयारी, जोखिम न्यूनीकरण र सूचना व्यवस्थापनका लागि कार्ययोजना तयार गरेको हो । 

छलफलमा सहभागी तीन वटै प्रदेशअन्तर्गत स्थानीय तह, स्थानीय प्रहरी, प्रशासन, नेपाली सेना, नेपाल रेडक्रस, विभिन्न गैरसरकारी निकायका साथै सङ्घसंस्था, निजी क्षेत्रको समूहगत छलफलबाट विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्ययोजना निमार्ण गरिएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख मञ्जु पोखरेलले बताए। उनका अनुसार छलफलबाट तयार गरिएको कार्ययोजनालाई सबै निकायले प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछन् । 

विपद् व्यवस्थापन, पूर्वतयारी, जोखिम न्यूनीकरण, सूचना व्यवस्थापन, अभिलेखीकरण, विपद् घटना पश्चात् तत्काल उद्धार तथा खोजी, स्वास्थ्य उपचार, क्षति विवरण सङ्कलन, राहत वितरण, अनुगमन तथा मूल्याङ्कनलगायत कार्यलाई कार्ययोजनामा समावेश गरिएको नेपालगञ्ज उपमहानगरपालिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । उनका अनुसार स्थानीय तहले बनाएका आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई संशोधन गरी कार्यान्वयनमा ल्याइने छ । 

यसैबीच, अन्तरप्रादेशिक कृत्रिम घटना अभ्यास बारे आज यहाँ छलफल भएको छ । छलफलमा सहभागीले छलफलबाट तयार पारिएको कार्ययोजना र निष्कर्षलाई प्रभावकारी कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका ज्ञवालीले बताए। 

छलफलमा विपद् विज्ञ शङ्कर कोइरालाले प्रदेश विपद् प्रतिकार्य कार्यढाँचा, विज्ञ सुनिलसन शाक्यले व्यवसाय तथा सेवा निरन्तरता योजना र विज्ञ कृष्ण काफ्लेले विपद्मा स्वयंसेवक परिचालनका बारेमा सहजीकरण गरेको थिए। 

युरोपियन युनियनको सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा तीन वटै प्रदेशमा सञ्चालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रवर्द्धन गरिरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...

दोलखामा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...

शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय बालेन सरकारको निर्णय

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...

शिक्षामन्त्री सस्मित पोखरेल सरकारका प्रवक्तामा नियुक्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्...

महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधा...

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...

दोलखाको लाप्चामा सम्पर्कविहीन हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा अपडेट

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ: कानुनमन्त्री गौतम

काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएको छिन् । राष्ट्रपतिसक्षम श...

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending