Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मुगुमा प्रहरीले गोली चलायो

\"Police\" मुगु । गाउँको चलनचल्तीअनुसार नचलेको भन्दै गाउँलेले जरिवाना तोकेका व्यक्तिलाई प्रहरीले संरक्षण गरेको आरोप लगाउँदै मुगुका स्थानियले सीमा प्रहरी चौकी मुगुमा ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षामा ११ राउन्ड गोली चलाएको छ । गाउँलेका अनुसार जडीवुटी संकलन गर्ने ठेकेदारले सहमति अनुरुप गाउँका स्थानिय समुदायलाई रोजगारी दिने सहमति विपरित अन्य समुदायलाई रोजगारी दिएको कसुरमा दोषी ठह¥याएकालाई प्रहरीले संरक्षण गरेको भन्दै मंगलबार राती ढुंगामुढा गर्दै विरोध गेका थिए । दुई–तीन सयको संख्यामा आएका गाउँले सीमा प्रहरी चौकीमा राती ढुँगामुढा गर्दै प्रहरी चौकीको झ्यालढोका, पर्खाल समेत भत्काई दिएका छन् । स्थानिय गाउँलेको ढुँगा प्रहारबाट प्रहरी सहायक निरीक्षक रुद्र रावलसहित पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक श्रीहजुर सिलवालले बताए । जिल्ला वन कार्यालयबाट कटुकी सङ्कलन पुर्जी लिएका कटुकी संकलनमा गएका ठेकेदारलाई स्थानियले जडिबबुटी चोरी निकासी गरेको आरोपमा मंगलबार दिउँसो जरीमाना तोकेका थिए । जरिमाना तिर्न ठेकेदारले नमानेपछि गाउँलेले चलनचल्ती अनुसार नचलेको भन्दै कुटपिट गर्न खोज्दा प्रहरीले झडप हुन नदिन ठेकेदारलाई प्रहरी चौकीमा राखेको निउँमा स्थानियले प्रहरी चौकमाथि हमला गरेका थिए । रातभरि तनाव भएपछि गएराति ८ बजे प्रहरी निरीक्षक मित्रप्रसाद आचार्यको नेतृत्वमा थप १५ जना प्रहरी पठाइएको छ । ठेकेदार केसीबहादुर भण्डारीका अनुसार जिल्ला वन कार्यालयबाट कटुकी सङ्कलनको वैधानिक पुर्जी लिएर सङ्कलन गर्दा पनि गाउँलेले दोहोरो कर उठाउन खोजेको र आफूले नमाने पछि आफूमाथि सुनियोजित रुपमा हमला गरिएको बताए । मुगु गाउँस्थित राष्ट्रिय वनमा ८० क्विन्टल कटुकी सङ्कलन गर्न ठेकेदार भण्डारीले सङ्कलन पुर्जी लिएको जिल्ला वन कार्यालयले जनाएको छ । दुई दिनको पैदल दुरीमा रहेको घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट २८ कोस पूर्वमा पर्दछ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending