Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

नेपालगन्ज नाकाबाट बढ्यो तस्करी, दैनिक लाखाैंका अवैध समान बरामद् गर्दै प्रहरी

खबरडबली संवाददाता

नेपालगन्ज । नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरुले नाकामा कडाइ गरेको दाबी गरिरहेकै बेला भारतबाट अवैध रुपमा भित्र्याएर नेपालगन्ज पुरयाइएका अवैध सामान ठुलो परिमाणमा बरामद हुने क्रम जारी रहेको छ । 

नाका छलेर भन्सार राजस्व नतिरी नेपालगन्ज पुर्‍याइएका लाखौं मूल्यका अवैध सामानहरु प्रहरीले दैनिकजसो बरामद गरिरहेको छ । पछिल्लो एकसातामा मात्र प्रहरीले ४० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिन सफल भएको छ, त्यो पनि नाकाबाट भित्रिएर अवैध सामानलाई तस्करहरुले नेपालगन्जमा प्रवेश गराइसकेपछि मात्र प्रहरीले १६ लाख रुपियाँको विभिन्न अवैध सामान र २३ लाख रुपियाँको भारतबाट भन्सार छली गरेर ल्याइएको मोबाइल डिस्प्ले बरामद गरेको जनाएको छ । यसैगरी चोरी लुकी भारतबाट ल्याइएका ७७ थान मोबाइल पनि एक पसलबाट बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिनुभएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज–२ सेतुबिक चोकबाट भन्सार छली गरेर ल्याइएको २३ लाख रुपियाँको ९२३ पिस स्मार्ट मोबाइल डिस्प्ले बरामद गरेको हो ।

बरामद गरिएको ती मोबाइल डिस्प्लेहरु २३ लाख ७ हजार ५०० रुपियाँ बराबरको रहेको जनाउँदै डिएसपी डाँगीले बरामद मोबाइल डिस्प्लेलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए ।  यसैगरि जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा ल्याइएको दुई लाख भन्दा बढीको लत्ताकपडा र डेढ क्विन्टल बोइलर कुखुराको मासु पनि बरामद गरेको जनाएको छ ।

भन्सार राजस्व छलेर अवैध रुपले नेपालगन्ज ल्याइएको २७ पिस कुर्ता सुरुवाल नेपालगन्ज–१ धम्बोझीबाट बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो । त्यसैगरी दुई जना नागरिकसहित १ क्विन्टल ४० किलो बोइलर कुखुराको मासु पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीले अवैध कुखुराको मासुसहित भारतस्थित बहराइच बस्ने मोहम्मद इसाहक र  नेपालगन्ज–८ का समीर कुरेशीलाई पक्राउ गरेको डिएसपी डाँगीले बताए । 

सोही प्रकारले एकदिन अगाडि मात्रै नेपालगन्ज १४ चौलिकामा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको ५ लाख ४९ हजार रुपियाँको लत्ताकपडा, मोबाइल डाटा केबल, चस्मालगायतका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको थियो भने नेपालगन्ज।१ धम्बोझीमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको आठ लाख ६१ हजार बढीको लेडिज कुर्ता सुरवाल, इलेक्ट्रिक सेन्सर, चुइङ्गम, बेल्टको कडीलगायतका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति: प्रतिवेदन

काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए...

भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...

आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: