Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नेपालगन्ज नाकाबाट बढ्यो तस्करी, दैनिक लाखाैंका अवैध समान बरामद् गर्दै प्रहरी

खबरडबली संवाददाता

नेपालगन्ज । नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरुले नाकामा कडाइ गरेको दाबी गरिरहेकै बेला भारतबाट अवैध रुपमा भित्र्याएर नेपालगन्ज पुरयाइएका अवैध सामान ठुलो परिमाणमा बरामद हुने क्रम जारी रहेको छ । 

नाका छलेर भन्सार राजस्व नतिरी नेपालगन्ज पुर्‍याइएका लाखौं मूल्यका अवैध सामानहरु प्रहरीले दैनिकजसो बरामद गरिरहेको छ । पछिल्लो एकसातामा मात्र प्रहरीले ४० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिन सफल भएको छ, त्यो पनि नाकाबाट भित्रिएर अवैध सामानलाई तस्करहरुले नेपालगन्जमा प्रवेश गराइसकेपछि मात्र प्रहरीले १६ लाख रुपियाँको विभिन्न अवैध सामान र २३ लाख रुपियाँको भारतबाट भन्सार छली गरेर ल्याइएको मोबाइल डिस्प्ले बरामद गरेको जनाएको छ । यसैगरी चोरी लुकी भारतबाट ल्याइएका ७७ थान मोबाइल पनि एक पसलबाट बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिनुभएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज–२ सेतुबिक चोकबाट भन्सार छली गरेर ल्याइएको २३ लाख रुपियाँको ९२३ पिस स्मार्ट मोबाइल डिस्प्ले बरामद गरेको हो ।

बरामद गरिएको ती मोबाइल डिस्प्लेहरु २३ लाख ७ हजार ५०० रुपियाँ बराबरको रहेको जनाउँदै डिएसपी डाँगीले बरामद मोबाइल डिस्प्लेलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए ।  यसैगरि जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा ल्याइएको दुई लाख भन्दा बढीको लत्ताकपडा र डेढ क्विन्टल बोइलर कुखुराको मासु पनि बरामद गरेको जनाएको छ ।

भन्सार राजस्व छलेर अवैध रुपले नेपालगन्ज ल्याइएको २७ पिस कुर्ता सुरुवाल नेपालगन्ज–१ धम्बोझीबाट बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो । त्यसैगरी दुई जना नागरिकसहित १ क्विन्टल ४० किलो बोइलर कुखुराको मासु पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीले अवैध कुखुराको मासुसहित भारतस्थित बहराइच बस्ने मोहम्मद इसाहक र  नेपालगन्ज–८ का समीर कुरेशीलाई पक्राउ गरेको डिएसपी डाँगीले बताए । 

सोही प्रकारले एकदिन अगाडि मात्रै नेपालगन्ज १४ चौलिकामा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको ५ लाख ४९ हजार रुपियाँको लत्ताकपडा, मोबाइल डाटा केबल, चस्मालगायतका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको थियो भने नेपालगन्ज।१ धम्बोझीमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको आठ लाख ६१ हजार बढीको लेडिज कुर्ता सुरवाल, इलेक्ट्रिक सेन्सर, चुइङ्गम, बेल्टको कडीलगायतका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending