Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

त्रिपालमै बित्यो एक बर्ष, फाट्यो बाढी पहिरो पीडितको मन

\"tripal\"सुर्खेत । आकाश गड्याङगुडुङ गर्छ । आरती बिक को मन पनि सिरिङ्ग हुन्छ । भाइबहिनीहरु र साथीभाइहरुसंगै खेलिरहेकी उनी दौडिदै नजिकैको त्रिपालुमुनि जान्छिन् । पानी पर्दा त्यही त्रिपालले पनि  के छेक्थ्यो र सँधै भिज्ने गर्छिन उनी । छोराछोरीले भोक लाग्यो भन्छन चन्द्रबहादुरलाई के खुवाउने भन्ने चिन्ता पर्छ । आरती र चन्द्रबहादुर जस्तै हजारौ बाढी पीडितहरुलाई यस्तै तमाम समस्या र पीडाले चेपेको छ विगत एक वर्ष देखी  । १३ महिना वितिसक्दा पनि हरेक दिन त्रास अनि बिहान बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा बस्न बाध्य भएका छन यहाँका बाढीपहिरो पीडितहरु । एकातर्फ आफन्त र घरजग्गा गुमाउनुको पीडाले छोडेको छैन भने अर्को तर्फ आफ्नो दैनिकी गुजार्न उनीहरुलाई अहिले निकै मुस्किल परेको छ । अघिल्लो वर्षको वर्षातको समयमा बाढीपहिरोबाट विस्थापित भएकाहरु अर्को वर्षातको समय सकिन लाग्दासमेत त्रिपालमुनिको बसाईबाट मुक्त हुन सकेका छैनन उनीहरु  ।  एक वर्ष पीडा र समस्याकै बीच सकिएको छ उनीहरुको । अहिलेसम्म पनि सुर्खेतका विभिन्न ठाउँमा त्रिपाल मुनि बसेका बाढीपहिरो प्रभावित बालबालिकादेखि वृद्धवृद्धासम्मको पीडा उस्तै छन, समस्याहरु भmनै थपिएका छन । स्वास्थ्य, शिक्षा र आधारभूत आवश्यकताबाट पनि उनीहरु बञ्चित बन्नुपर्ने अवस्था छ । सरकारले तत्काल व्यवस्थापन र पुनस्र्थापना नगर्दा आफूले राम्रोसंग पढ्नसमेत नसकेको वीरेन्द्रनगर नगरपालिकाको सुब्बाकुनामा एकवर्षदेखि त्रिपालमुनि बस्दै आएकी आरती विकको भनाइ छ । कक्षा ५ मा पढ्ेन उनले अहिले धेरैजस्तो बिरामी परिने भएकोले पढ्न जान नसकेको बताइन । ‘घरमा ममी, ड्याडी पनि बिरामी हुनुहुन्छ , काम गर्न सक्नुहुन्न,’ उनले भनिन–‘म पनि बिरामी हुन्छु, उपचार गर्ने पैसा छैन, पढ्न जान सक्दिन ।’ उनी जस्तै धेरै विद्यालय जाने  बालबालिकाहरुको पढाई प्रभावित भएको छ ।  पहिले–पहिले विभिन्न संघसंस्थाहरुले केही  सहयोग गरे पनि अहिले कुनै पनि सहयोग  नगरेको गुनासो उनीहरुको छ । यस्तो  अवस्थामाझन साथ र सहयोग दिनुपर्ने साटो  हुनेखानेहरुले झन उनीहरुलाई गालीगलोज र  नानाथरी वचन लगाउने गरेको उनीहरुले  गुनासोे गरेका छन । जंगलको दाउरा र च्याउ  लिन जाँदा गाउँका अरु मानिसहरुले  आफुहरुलाई राक्षसको उपनाम दिने गरेको पनि  पीडितको गुनासो छ । ‘दाउरा लिन जाँदा पनि  कहाँका गुना बाँद आए भन्छन’ सुब्बाकुना शिविरकी मनिसा नेपालीले भनिन–‘ गाउँका मान्छेले तिमिलाई पोल्ने दाउरा लग्यौ भन्दै गाली गर्छन ।’ सहनै नसकिने वचन सुन्नु त छँदैछ अझ त्यहीमाथि अर्काको मजदुरी गरेर बल्लबल्ल जोहो गरेको एक छाक खाना पनि आफूहरुले खान नपाउने उनीहरुको भनाइ छ । गाउँमा छाडा छोडेका चौपायाहरु त्रिपालभित्र पसेर सबै खाईदिने गरेको पीडितहरुको भनाइ छ । १३ महिना बितिसक्दा पनि बाढीपहिरो प्रभावितहरुको पुनःस्थापना अझै हुन नसक्दा र सम्बन्धित निकायलाई जति भने पनि आफ्नो समस्याको समाधान नहुँदा र घाम पानीले त्रिपाल फाटेजस्तै आफ्नो दुःख र पीडाले मन फाटेको उनीहरुले बताएका छन । ‘के भनौ र? मनभरी पीडैपीडा छन, समस्या मात्रै छन,’ सोही शिविरमा बस्ने बालकुमारी न्यौपानेले भनिन–‘कतिवेला त  भिरमा गएर फङगालेर मरौकी जस्तो हुन्छ ।’ बाढी प्रभावितहरुका लागि अहिले सहरी तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले घर निर्माणका लागि रकम  वितरण गर्ने काम गरिरहेको छ । कार्यालयका अधिकृत मणीराम खनालले क्षतिपूर्ती पाँउ भनी निवेदन दिएकाहरुलाई  रकम वितरण गर्न सुरु गरिएको बताए । उनका अनुसार  अहिलेसम्म घर बनाउनको लागि दश जनाले दोस्रो  किस्तासम्म बुझिसकेका छन भने एक सय १३ जनाले पहिलो किस्ता मात्रै बुझेका छन । निवेदन दिएका मध्ये पनि केहीले रकम बुझ्न बाकी रहेको उनको भनाइ छ । बाढीपहिरोबाट १ हजार ४ सय ६८ घरधुरीमा पूर्णरुपमा क्षति भएको थियो । ८ सय ६४ घरपरिवार आंशिकरुपमा क्षति भएको थियो । सुर्खेतका बाढी प्रभावितहरुलाई अहिले विभिन्न स्थानमा सेल्टर बनाएर राखिएको छ । पहिलो चरणमा उनीहरु मध्ये एक हजार २१ घरपरिवारहरुको पुनःस्थापना गर्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । बाँकीको अर्को चरणमा पुनस्र्थापनाका काम हुने उनको भनाइ छ । गत साल आएको बाढीपहिरोबाट सुर्खेतमा एक सय २५ जनाको मृत्यु भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending