Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएको छिन् । 

बुधबारदेखि यहाँ सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजः लिङ्ग र युवा’ विषयक सत्रमा उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताएको हो । 

जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरुको क्षमता बढाउनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन्। “स्थानीयस्तरका ज्ञानलाई प्रयोग गरेर जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ, राजनीतिक सहमति जुटाउनुपर्छ”, उनले भनिन् “जलवायु परिवर्तनसम्बन्धी सम्झौता कानुनीरुपमा नै बाध्यकारी प्रावधान ल्याउनुपर्नेछ ।”

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी डा राणाले पछिल्लो समय पृथ्वीको तापक्रम पनि दिनानुदिन बढिरहेको र यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परिरहेको बताइन्। “जलवायु परिवर्तनको प्रभावका कारण प्रकोप बढेर हिमताल फुट्ने जोखिम बढेको छ”, राणाले भनिन्, “जलवायु न्यायका कुरा गर्दा हिमाली क्षेत्रका महिलाले वातावरण जोगाउन खेलेको भूमिका महत्वपूर्ण छ, उहाँहरुले हिमालका हरेक कुनाकाप्चामा जोखिमका बाबजुद अघि बढेर जैविक विविधता संरक्षणमा भूमिका निर्वाह गरिरेको छन्”, उनले भनिन्, “जलवायुका कारण हिमाली क्षेत्रका महिलाले भोगेको समस्या सम्बोधन हुनेगरी काम गर्नुपर्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री बालेन्द्र शाह पदभार ग्रहणपछि राष्ट्रपति कार्यालयबाट बाहिरिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन्। प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय, शीतलनि...

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा पाँच महिला मन्त्री, ३३ प्रतिशत पुग्यो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री रहेका छन्। नवनियुक्त महिला मन्त्रीहरू यस प्रकार ...

नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरे

काठमाडौं । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले नयाँ मन्त्रीहरूलाई शपथ गराएका छन्। आजै प्रधानमन्त्री बाले...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा पाँच पूर्वप्रधानमन्त्रीहरू सहभागी, ओली उपस्थित भएनन्

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका वरिष्ठ नेता र पूर्वप्रधानमन्त्रीहरू उपस्थित भएका छन्। राष...

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं। बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षी...

अमरेशले किन गरे मन्त्री बन्न अस्वीकार ?

काठमाडौं । निर्वाचित रास्वपाका सांसद अमरेशकुमार सिंहले मन्त्री बन्न अस्वीकार गरेका छन्। उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री बन्ने भनिएका सिंहले अस्...

एकैदिनमा सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घट्यो, चाँदी पनि ओरालो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैय...

सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बन्ने

काठमाडौं । बालेन्द्र साह (बालेन)नेतृत्वको सरकारमा सुनिल लम्साल मन्त्री बन्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री समेत रहेका उ...

बालेन नेतृत्वको सरकारका १५ मन्त्रीको सूची सार्वजनिक

काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम टुंगो लागेको छ। विभिन्न मन्त्रालयमा जिम्मेवारी बाँडफाँड गर्दै मन्त्रिपरिषद् गठनको प...

डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल लाई प्रतिनिधिसभाको सभामुख बनाउने सहमति भएको छ। रास्वपा सभापति रवि लामिछाने र प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending