Ntc summer Offer
Khabar Dabali ३ असार २०८१ आईतवार | 16th June, 2024 Sun
NIMB

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएको छिन् । 

बुधबारदेखि यहाँ सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजः लिङ्ग र युवा’ विषयक सत्रमा उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताएको हो । 

जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरुको क्षमता बढाउनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन्। “स्थानीयस्तरका ज्ञानलाई प्रयोग गरेर जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ, राजनीतिक सहमति जुटाउनुपर्छ”, उनले भनिन् “जलवायु परिवर्तनसम्बन्धी सम्झौता कानुनीरुपमा नै बाध्यकारी प्रावधान ल्याउनुपर्नेछ ।”

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी डा राणाले पछिल्लो समय पृथ्वीको तापक्रम पनि दिनानुदिन बढिरहेको र यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परिरहेको बताइन्। “जलवायु परिवर्तनको प्रभावका कारण प्रकोप बढेर हिमताल फुट्ने जोखिम बढेको छ”, राणाले भनिन्, “जलवायु न्यायका कुरा गर्दा हिमाली क्षेत्रका महिलाले वातावरण जोगाउन खेलेको भूमिका महत्वपूर्ण छ, उहाँहरुले हिमालका हरेक कुनाकाप्चामा जोखिमका बाबजुद अघि बढेर जैविक विविधता संरक्षणमा भूमिका निर्वाह गरिरेको छन्”, उनले भनिन्, “जलवायुका कारण हिमाली क्षेत्रका महिलाले भोगेको समस्या सम्बोधन हुनेगरी काम गर्नुपर्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।  प्रदेशसभामा शनिबार प्रस्तुत ब...

गण्डकीका मन्त्री देवकोटा पदमुक्त

पोखरा । गण्डकीका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदबाट पदमुक्त भएका छन् ।  शुक्रबारको प्रदेश सभाको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमु...

राप्रपाको चार विभागमा जिम्मेवारी हेरफेर, कहाँ को ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केही विभागको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार चार वि...

सरकारमा त हामी छौं, सत्ता अर्को छः गृहमन्त्री लामिछाने

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफु सरकारमा भएपनि सरकार अरुले नै चलाएको गुनासो गरेका छन् । गृहमन्त्री बनेको सयदिन पुगेको अवसरमा सञ...

एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको छ । शुक्रबार प...

माओवादीले गर्‍यो फ्लोर क्रस गर्ने सांसद देवकोटालाई कारबाही

पोखरा । माओवादी केन्द्रले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । माओवादी संसदी...

गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छः अग्नी सापकोटा

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचारप्रसार गर्नुपर्ने बताएको ...

गणतन्त्रप्राप्तिपछि देश विकासले फड्को मारेको छ -अध्यक्ष डा राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त ९सिके० राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताएको छन् ।  गणतन्त्र दिवस–२०८१ को अव...

झापामा दुई नावालक छोरासहित आमा मृत फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरका दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अ...

विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले विपद्को पूर्व तयारी गर्न र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा स्पष्ट पार्न सरका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies