Ntc summer Offer
Khabar Dabali ३ श्रावण २०८२ शुक्रबार | 18th July, 2025 Fri
Investment bank

जेठ १५ मा कसरी आउला बजेट ? सरकारको आयुसँग जोडियो

खबरडबली संवाददाता

काठमाडौं । जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था भए तापनि त्यसका लागि एक साताभन्दा कम समय हुँदा समेत संसद्‌मा अनिश्चितता देखिन्छ।

सहकारी ठगी प्रकरणमा नाम जोडिएको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समितिलाई बटमलाइन भन्दै सदनमा विपक्षी दलहरूको अवरोध कायमै रहँदा त्यसले बजेट भाषणलाई समेत असर पार्न सक्ने कतिपयको चिन्ता छ।

त्यस्तो अवस्थामा अध्यादेशबाट बजेट ल्याउनुपर्ने अवस्था आउन सक्ने सङ्केत प्रधानमन्त्री तथा मन्त्रीहरूले गरे पनि एकजना पूर्वअर्थमन्त्री तथा सत्ता पक्षीय नेताले त्यस्तो अवस्था आए देशमा नयाँ किसिमको राजनीतिक सङ्कट आउने" चेतावनी दिएका छन्।

"बजेटलाई अध्यादेशबाट ल्याएर तत्कालको आर्थिक प्रबन्ध हुनसक्छ। तर राजनीतिक सङ्कट अरू गहिरिन्छ," एमाले नेता सुरेन्द्र पाण्डेले भने, 'राजनीतिक सङ्कट त्यसले हल गर्दैन। राजनीतिक समस्या समाधानका लागि फेरि त्यही संसद्‌मै आउनुपर्छ। किनकि फेरि पनि त्यसको अनुमोदन संसद्‌ले नै गर्नपर्छ।"

प्रमुख प्रतिपक्षी दलका प्रवक्ताले भने बजेटका विषयमा हालसम्म कुनै रणनीतिक निर्णय गरिनसके पनि छानबिन समिति बनाउन सरकार तयार नभएसम्म सदनमा भइरहेको विरोध नरोक्ने बताए।

एकजना आर्थिक मामिलाका विश्लेषकले "स्वाभाविक ढङ्गले सदनबाट बजेट आउने बाटोको जुनसुकै विकल्प सोच्दा त्यसले जटिल राजनीतिलाई झन् थिलथिलो पार्ने र बजेटको प्रभावकारी कार्यान्वयन हुन नसक्ने" बताए।

अर्थ विश्लेषक केशव आचार्यले अध्यादेशबाट बजेट ल्याए पनि दुवै सदनको बैठक बसेको ६० दिनभित्र त्यो पास हुन नसकेमा बजेट 'गैरकानुनी, गैरसंवैधानिक' हुने भन्दै राजनीतिक सहमति अपरिहार्य हुने बताए।

जानकारहरू हालसालै मात्र लगानी सम्मेलन सकिएको र सोह्रौँ पञ्चवर्षीय योजनाको पहिलो वर्ष भएकाले त्यसमा राखिएका सबै लक्ष्यहरू प्रभावित हुने बताउँछन्। आचार्य थप्छन्: "त्यससँगै मुलुकमा दीर्घकालीन लगानी हुँदैनन्। विदेशी लगानी आउन छाड्छन्।"

कांग्रेसले के सोचेको छ?

नेपाली कांग्रेसले सहकारीका विषयमा संसदीय छानबिन गठन गर्नुपर्ने आफ्नो अडान कायमै रहे पनि बजेट पेस गर्न दिने विषयमा कुनै निर्णय गरिनसकेको जनाएको छ।

जेठ ११ बाट संसद्‌मा नीति तथा कार्यक्रममा छलफल हुने भनिएकाले सरकारले त्यसअघि नै आफ्ना मागहरू सम्बोधन गरोस् भन्ने चाहेको कांग्रेस प्रवक्ताले बताएका छन्।

"[संसदीय समिति] बनाऊँ, बनाऊँ भन्ने बनाउन नचाहने... बजेटलाई फेरि यो अपारदर्शी बाटोमा लान सरकार लागेको छ। त्यो त हामी चाहँदैनौँ," पूर्वअर्थमन्त्री समेत रहेका प्रकाशशरण महतले भने, "तर सँगसँगै यो छानबिनको कुरा समेत छाड्न सकिँदैन। त्यसैले यो [बजेटको] विषयमा हामी गम्भीर कुरा गर्छौँ।"

पूर्वअर्थमन्त्री महतले "गैरसंसदीय प्रक्रियाबाट" बजेट ल्याउने माहोल बनोस् भन्ने सरकारमा बस्ने कतिपयले चाहेको आफूहरूको बुझाइ रहेको बताउँछन्।

"संसद्‌मा यसबारे गहिरिएर छलफल नहोस् र आफूखुसी गर्न पाइयोस् भन्ने पनि होला। हामीले त्यसलाई मध्यनजर राखेर रणनीति बनाउँला।"

'बजेटको विषय फरक हो'

एमाले नेता सुरेन्द्र पाण्डे 'प्रतिनिधि बेगरले कर लगाउन पाइँदैन' भन्ने बजेटको मान्यता अनुरूप अध्यादेशबाट बजेट ल्याउनुपर्ने अवस्था ठीक नहुने टिप्पणी गर्छन्।

"जनप्रतिनिधिको संस्था हुँदाहुँदै त्यसको बैठक स्थगित गरेर बजेट ल्याउने प्रक्रिया उचित होइन। प्रतिपक्षले त्यस्तो माग गर्नु पनि हुँदैन। उनीहरूले त त्यहाँ झन् बढ्ता जनताको मत अभिव्यक्त गर्नुपर्ने हो," पूर्वअर्थमन्त्री पाण्डे भन्छन्।

उनी सदनमा अन्य विषयमा अवरोध गर्नु र बजेटमा अवरोध गर्नु फरक कुरा हुने तर्क गर्छन्।

"बजेट नभई देश चल्दैन भन्ने प्रतिपक्षलाई समेत थाहा छ। ऊसँग नीति तथा कार्यक्रममा झैँ बजेट पेस गर्न दिने, त्यसपछिको प्रक्रियामा विरोध गर्ने विकल्प रहन्छ," पाण्डे भन्छन्।

"बजेटमा अवरोध हुँदा आर्थिक विषय मात्र नभएर चौतर्फी निराशा देखा पर्छ। त्यसले यसलाई राजनीतिक रूपमा समाधान गरेर सरकारको विरोध नै गर्नु परे पनि वा सरकार नै परिवर्तन गर्नुपरे पनि बजेट रोक्नेतर्फ सोच्नु राम्रो हुँदैन।"

संवैधानिक बाध्यता भएको विषयमा सत्ता पक्षले 'पेलेर जाने' गरी सोच्न नहुने र विपक्षीले समेत 'अवरोध गर्न नमिल्ने' पाण्डे तर्क गर्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपामा रडाको- लिङ्देनमाथि चार पदाधिकारीको संयुक्त काउन्टर, पार्टीमा एकलौटी अस्वीकार्य

काठमाडौं । राप्रपाका चार नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको स्वेच्छाचारी निर्णयले पार्टीलाई क्षति पुगेको आरोप लगाएका छन्।  वरिष्ठ उपाध्यक्ष विक्...

एमालेमा विद्याको कमब्याकले ल्याएको तरंग- ईश्वरले ओलीलाई नेतृत्व छाड्नुस् भनेपछि बैठकमा नोकझोक

ओलीको जवाफ- तपाईं कर्ण थापाको कुरा बोकेर नआउनुस्

एमाले नेतृत्वमा आउन नदिन ‘घेराबन्दीमा विद्या’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्व...

श्रमिकको समृद्धिबिना राष्ट्रको समृद्धि असम्भव : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘श्रमिकको समृद्धिबिना राष्ट्रको समृद्धि असम्भव रहेको उल्लेख गरेका छन्। सरकारले श्रमिकको न्यूनतम पारिश्रमि...

कालीमाटीमा च्याउको मूल्य १ दिनमै ९० रुपैयाँ घट्यो, प्याज पनि सस्तियो

काठमाडौँ । कालीमाटी तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज च्याउ, प्...

झोलाभरि पैसा बोकेर मालपोतदेखि मन्त्री निवाससम्म पुग्थे बिचौलिया सुजन

काठमाडौं ।  पोखरा–२५, हेम्जाको सुकुम्बासी टोलमा घर रहेको बताउने बिचौलिया सुजन लामा (तामाङ) दिनदिनैजसो कास्की मालपोत कार्यालय धाउँथे । उनको हातभरि फाइल...

४० मेगावाट क्षमताको राहुघाटको म्याद तेस्रोपटक थपियो

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्...

मौसम पूर्वानुमान- चार प्रदेशमा अत्यधिक वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आ...

एमाले पोलिटब्युरो बैठक आज, विधान संशोधन प्रस्तावमा हुनेछ छलफल

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा पार्टी विधान संशोधन सम्बन्धी प्रस्तावमाथि गहन छलफल हुने एमाले सचिव योगे...

नेकपा एस र राष्ट्रिय एकता अभियानबीच आज एकता हुँदै

वामदेव गौतम अध्यक्ष नेपाल र नेता खनालपछि तेस्रो वरियतामा रहने

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending