Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

साढे २ करोडमा मोलमोलाइ गर्दैगर्दा खाग कारोबारी प्रहरी खाेरमा

खबरडबली संवाददाता

चितवन । एक सिंगे गैंडाको खाग साढे २ करोड रुपैयाँमा बिक्री गर्न मोलमोलाइ गर्दैगर्दा ६ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–६ देवनगर नजिकै खागको कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले उनीहलाइ पक्राउ गरेकाे हाे ।

नियन्त्रणमा लिइएका उनीहरूलाई चितवन राष्ट्रिय निकुञ्जले मंगलबार सार्वजनिक गरेको छ। उनीहरूलाई गत चैत २७ गते दिउँसो साढे १ बजेतिर निकुञ्ज, नेपाली सेनाको विशेष टोली र नयाँ गोरख गणको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले अनुसन्धानबाट उक्त खाग २०७२ सालको चैत महिनामा अमलटारी सेक्टर अन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा मृत गैंडाको रहेको देखिएको छ।

पुनका अनुसार नवलपुरको कावासोती–१५ बस्ने ५० वर्षीय छविलाल परियारले घाँस काट्न जंगल गएको बेलामा मरेर सड्न लागेको अवस्थाको गैंडा देखे। त्यो गैंडाको खाग काटेर उनले छिमेकी भैरव थापा (साढे २ वर्षअघि मृत्यु भइसकेका व्यक्ति) सँग मिलेर लुकाए।

यो कुरा थापाका छोरा अर्जुनले कावासोती–१५ मै बस्ने प्रकाश घिमिरेलाई सुनाए। उनीहरू बसेर उक्त खाग घिमिरेलाई ५ हजार रुपैयाँमा बिक्री गरेको देखिएको अनुसन्धान अधिकृत अविनाश थापा मगर बताउँछन् । प्रकाशले कावासोती–१६ मा होटल चलाइरहेका लेखनाथ सुनारलाई आफूसँग एक सिंगे गैंडाको खाग रहेको कुरा सुनाए ।

‘त्यो बिक्रीका लागि ग्राहक चाहिएको बताएपछि लेखनाथले सोही ठाउँ बस्ने २९ वर्षीय क्रान्ति खड्कालाई भनेछन् । उनीहरू मिलेर ग्राहक खोज्न थाले,’ मगरले भने ।  नवलपुरको वुलिङटार–४ का ३५ वर्षीय खिमबहादुर बराल टिकटक लाइभमार्फत पुराना र महत्वपूर्ण सिक्का, अन्य वस्तुहरू देखाउने गर्थे। क्रान्तिलाई लाग्यो गैंडाको खागको विषयमा उनलाई केही न केही थाहा छ। जानकारी गरायो भने सघाउलान् भन्ने सोचेर उनले बराललाई सम्पर्क गरे।

बराल उनलाई भेट्न पुगे। अनि सुनार, खड्का, घिमिरे पनि सँगै भएर पत्थरे खोला नजिकै लुकाएर राखिएको खागको फोटो, भिडिओ खिचे । त्यसपछि बरालले काठमाडौंमा रहेका बझाङ छविसपाथिभारा–१ का २७ वर्षीय प्रकाशराज जोशीलाई सम्पर्क गरे। जडिबुटीहरूको व्यवसाय गर्दै आएका उनी विदेश जाने तयारीमा थिए। बरालको कुरा सुनेपछि उनी खाग हेर्न आउन राजी भए । 

‘आएको दिन उनी होटलमा बसेछन्। भोलिपल्ट दिउँसो भरतपुर–६ मा परियार, घिमिरे, खड्का, सुनार, बराल र जोशीको भेट भयो,’ संरक्षण अधिकृत मगरले भने, ‘नयाँ मान्छेहरूको शंकास्पद गतिविधिहरू भइरहेको खबर हामीलाई प्राप्त भयो। सुराकीमार्फत खबर पाएपछि हामीले निगरानी सुरू गर्‍यौं। खागको मोलमोलाइ भइरहेको निश्चित भएपछि घेरा हालियो।’

खानतलासी गर्ने क्रममा खड्काको साथमा रातो प्लास्टिकको झोलाभित्र संरक्षित वन्यजन्तु एक सिंगे गैंडाको खाग भेटिएको उनले बताए । उनका अनुसार त्यहाँ खागको २ देखि साढे २ करोड रुपैयाँसम्म मोलमोलाइ भएको थियो ।

उक्त स्थानबाट संयुक्त टोलीले छविलाल परियार, प्रकाश घिमिरे, लेखनाथ सुनार, क्रान्ति खड्का, खिमबहादुर बराल र प्रकाशराज जोशीलाई नियन्त्रणमा लिएको थियो। यो कारोबारमा संलग्नता देखिएका अर्जुन थापा भने फरार छन्। अदालतबाट अनुमती लिएर उनको खोजी गरिएको निकुञ्जले जनाएको छ। 

प्रमुख संरक्षण अधिकृत पुनले उनीहरू सबैलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दैजाँदा गैंडाको खाग अवैधरूपमा खरिद तथा बिक्री कार्यमा सबैको संलग्नता रहेको पाइएको बताए। अनुसन्धान सकेर उनीहरूलाई मंगलबार नै जिल्ला अदालत नवलपरासी(बर्दघाट–सुस्ता पूर्व) मुद्दा दायर गर्न लागिएको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५(१) को (क) र दफा २६ (१) को विरूद्ध कसुर गरेकोले उनीहरूलाई ऐनको दफा २६ (१) बमोजिम सजाय माग गरी मुद्दा दायर गर्न लागेको बताए ।  कसुर प्रमाणित भए ५ देखि १५ वर्षसम्म कैद, ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

तिवारीकाअनुसार यस आर्थिक वर्षको अहिलेसम्म एक सिंगे गैंडा चोरी सिकारी र ओसारपसार, बिक्री, वितरणको अभियोगमा २५ जनालाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याइएको जानकारी दिए। निकुञ्ज, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा यो कार्य भएको उनले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति: प्रतिवेदन

काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए...

भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...

आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: