काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत पाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको थियो ।
नाराबाजीकै बीचमा सभामुखले बैठक अगाडी बढाएर विश्वासको मत लिइएको थियो ।
विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा १५८ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावमा १५७ मत परेको थियो । जसमा एमाले, माओवादी, रास्वपा, जनमत, जसपा र नाउपाका सांसदहरुले पक्षमा मत दिएका थिए । प्रस्तावमा मत दिन्न भन्ने पक्षमा एक मत परेको थियो । अन्य दलले भने विश्वासको मतको मतदानको प्रक्रियामा भाग लिएका थिएनन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको यो चौथो पटक हो । यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।
त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।
प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरी गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १७:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...
चैत्र १२ गते, २०८२ - १७:१८
काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...
चैत्र १२ गते, २०८२ - १७:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:४८
इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...
चैत्र १२ गते, २०८२ - १६:३२
काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...
चैत्र १२ गते, २०८२ - १६:१८
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...
चैत्र १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...
चैत्र १२ गते, २०८२ - १४:३६
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...



प्रतिकृया लेख्नुहोस्: