Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

परम्परागत संस्कृति चलाउने परम्परागत १३३ वटा खलः पुचलाई काठमाडौं महानगरको आर्थिक अनुदान

खबरडबली संवाददाता

काठमाडौँ । परम्परागत सांस्कृतिक क्रियाकलाप सञ्चालन गरेर महानगरपालिकाभित्रका अमूर्त सम्पदा संरक्षणमा योगदान गर्ने गुथि, खलः पुच गरेर १३३ वटा समूहलाई काठमाडौँ महानगरपालिकाले आर्थिक अनुदान प्रदान गरेको छ ।

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक समूहलाई २ लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको हो । यसरी सहयोग प्राप्त गर्नेहरुमा गुँला बाजं संरक्षण तथा व्यवस्थापन संघमा आवद्ध २३ वटा धा बाजाका गुथि खल, ज्यापू महागुथिमा आवद्ध ६३ वटा टोल, नेपाल खड्गी सेवा समितिमा आवद्ध ४७ टोल रहेका छन् ।

कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अनुदान रकमको चेक प्रदान गरेकी थिइन् ।  यस्तै १० जना बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । 

निजी घरलाई मौलिक स्वरुपमा निर्माण प्रोत्साहन गर्न ‘घ’ वर्गको भवन निर्माण गर्ने झोछेँ निवासी उत्तमकुमार शाहीलाई १० लाख रुपैयाँ र ‘ग’ वर्गको निजी भवन निर्माण गर्न प्रोत्साहनका लागि वडा नं। २७ भोटाहिटी दवु बहाका प्रमिला देवी बज्राचार्य र लुज बज्राचार्यलाई १६ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ । 

२९ औँ महानगर दिवस २०८० को मूल समारोहमा झाँकी प्रदर्शनमा प्रथम स्थान हासिल गर्ने वडा नं। ५, दोस्रो स्थान हासिल गर्ने नेपाल खड्गी सेवा समिति र तेस्रो स्थान हासिल गर्ने २ वटा वडालाई नगदसहित सम्मान गरियो । सम्मानित हुनेहरुलाई क्रमशः १ लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र २५(२५ रुपैयाँ नगद प्रदान गरिएको छ । 

महानगर दिवस समारोह सञ्चालन गर्न सहयोग गर्ने कलाकार निशा देशार, रोजमान महर्जन, निभा डंगोल, कुटुम्ब व्याण्डसहितका कलाकारहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।  

कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, समुदायलाई आर्थिक अनुदान प्रदान गरेको नभइ अमूर्त सम्पदाको संरक्षणका लागि सहकार्य गरिएको बताइन् । ‘स्थानीयको आवश्यकतालाई स्थानीय सरकारले नजिकबाट हेर्न सक्छ । यस्ता विषयमध्ये पनि संस्कृति र सम्पदा संरक्षण प्रवर्धन गर्ने विषय हामीले नजिकबाट हेर्ने क्षेत्र हुन् । नीति, योजना तथा कार्यक्रमका प्राथमिक विषय हुन् ।’ उनले भनिन्, ‘अमूर्त सम्पदाभित्र बादन, गायन, श्रृङ्गार, नृत्य जस्ता पक्ष मेरुदण्ड हुन् । यस्ता क्षेत्र जोगाउने हाम्रो दायित्वमा समुदायसँग सहकार्य गर्न चाहन्छौँ ।’ 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, नेवार समुदायले धानेर पुस्तान्तरण गर्दै ल्याएको परम्पराको प्रशंसा गर्दै चलेका संस्कारमा हराएका पक्ष खोज्दै जान सहकार्य गर्नुपर्ने बताए । 

संस्कृति राज्य सञ्चालनको अभिन्न अङ्ग हो । कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भने, ‘अहिलेसम्म बचेको संस्कारलाई घट्न नदिन महानगरपालिका सचेत छ । समुदायसँगको सहकार्यबाट सम्पदा संरक्षणमा दिगो नतिजा ल्याउन सकिन्छ ।’

सम्पदाको संरक्षणमा महानगरपालिकाको लगानी बढ्दै जानेछ । आगामी योजना सुनाउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, स्थानीयको ज्ञान र सिपमा महानगरपालिकाबाट स्रोत मिसाएर सहकार्य अगाडि बढाउनु पर्छ । त्यस क्रममा बोल्दै समितिका सदस्य एव। वडा नं। १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, संस्कृति मेटिए, पहिचान पनि मेटिने बताउँदै यसलार्य जोगाउन सरकार र समुदायको संयुक्त सहभागिताको खाँचो देखाए । 

कार्यक्रममा समुदायकातर्फबाट धारणा राख्दै, ज्यापू महागुथिका अध्यक्ष पञ्चनारायण महर्जन, गुंला बाजं व्यवस्थापन व संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्य र नेपाल खड्गी सेवा समितिकी अध्यक्ष अञ्जिता खड्गीले महानगरपालिकाले उपलब्ध गराएको सहयोग अमूर्त सम्पदा जोगाउन, परम्परागत बादन, गायन, श्रृङ्गार र जात्रा पर्वको प्रवर्धनमा खर्च हुने धारणा राखे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending