Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

अस्पतालहाता भित्रै गाेली चल्दा तिनजना घाइते

\"birgunj-hospital\"काठमाडाैं । लगातारको बन्द र प्रदर्शनले तातेको विरगञ्ज आजपनि बिहानै देखी तनावग्रस्त बनेको छ । विरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको परिसरभित्र गोली चल्दा तीनजना घाइते भएका छन् । अस्पतालभित्रै गोली चलेपछि विरगञ्जको वातावरण आतंकित बनेको छ । अस्पतालका चिकित्सक, कर्मचारीहरु र स्थानियहरु आक्रोशित बनेका छन् । गालि लागेर घाइते हुनेहरुमा प्रहरी जवान नरेन्द्र चौधरी विनोद महतो, र आइतबरियादेवी छन् । उनीहरुको खुट्टामा रबरको गोली लागेको छ । घाइते चौधरी अस्पतालमा खटिएका प्रहरी जवान हुन् भने महतो कार्यालय सहायक हुन् । आइतबरिया देवी अस्पतालमा उपचारका गर्न गएकि बिरामी हुन्। गोलि कस्ले चलाएको हो भन्ने अहिलेसम्म एकिन हुन सकेको छैन । प्रहरीले पनि यसबारेमा कुनै आधिकारीक धारणा बाहिर ल्याएको छैन । यसअघि मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जस्थित कर कार्यालयमा र सीमा प्रहरी चौकीमा आगजनी गरेका थिए । कर कार्यालयमा आगजनी गरेको समूह भाग्दै अस्पताल तर्फ गएपछि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताए पनि प्रहरीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यस अघि सोमबार पनि विरगञ्ज दिनभर तनावग्रस्त भएको थियो । तनाव नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending