काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुङ्गानाले स्थानीय सरकारलाई दिने समानीकरण अनुदान निकासा नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।
बिहीबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ढुङ्गानाले सम्झौता भइसकेका आयोजनाहरू अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताए ।
नीलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासङ्घको तर्फबाट पटक पटक रकम निकासाका लागि आग्रह गरेको बताए ।
प्रधानमन्त्रीले रकम निकासा हुन्छ भनेकाले त्यस कुरामा विश्वास गरेको भन्दै उनले अब जेठ पहिलो हप्ता सम्म पनि रकम निकासा नभए ७५३ वटै पालिकाका जनप्रतिनिधिहरूले सिंहदरबार घेर्ने चेतावनी दिए ।
अध्यक्ष ढुगांनाले स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई समेत आन्दोलनका लागि काठमाडौँमा जानुपर्ने हुन सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गरे ।
यदि रकम निकासा भएन भने जेठको दोस्रो हप्ता काठमाडौँ आउनुपर्ने हुन्छ म सबै स्थानीय सरकार प्रमुखहरूलाई समेत त्यसको तयारी गर्न आग्रह गर्दछु, उनले भने ।
उनले सङ्घीय र प्रदेश सरकारलाई संविधान विपरीत नजान समेत चेतावनी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: