Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दावी पेश हुँदै, आजै नियुक्तिपछि सपथ हुने

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेशसभाका ५२ सदस्यको हस्ताक्षरसहित दावी पेश हुन लागेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार ११ बजे मुख्यमन्त्रीको दावी प्रदेश प्रमुखकोमा पेश हुनेछ । त्यसको लागि दुबै दलले आफ्ना सांसदलाई १० बजे प्रदेशसभा सचिवालयमा जम्मा हुन निर्देशन दिइसकेका छन् । दावी पेशसँगै सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सनाखतसमेत गर्नेछन् ।

सनाखतपछि मुख्यमन्त्री नियुक्त भई शपथ ग्रहण हुनेछ । आजै कार्कीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने संभावना रहेको स्रोतले जनाएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार राति आह्वान गरेका थिए । माओवादी केन्द्र र एमालेका ५२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभाको जानकारीपत्र समेतका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ ।

एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए ।

मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभामा राखेनन् । प्रदेशसभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखको कार्यालयले पठाएपछि नयाँ सरकार आह्वानको ढोका खुलेको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङ महान्यायधीवक्ता डा।दिनमणि पोखरेलको राय अनुसार सरकार गठनको आह्वान गरेका हुन् ।

विटनगरमा हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दावी पेश गर्ने तयारी गरिरहँदा मुख्यमन्त्री केदार कार्की भने त्यसविरुद्ध सर्वोच्च अदालतमा अदालत रिट दायर गर्न काठमाडौं पुगिसकेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending