विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेशसभाका ५२ सदस्यको हस्ताक्षरसहित दावी पेश हुन लागेको हो ।
नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार ११ बजे मुख्यमन्त्रीको दावी प्रदेश प्रमुखकोमा पेश हुनेछ । त्यसको लागि दुबै दलले आफ्ना सांसदलाई १० बजे प्रदेशसभा सचिवालयमा जम्मा हुन निर्देशन दिइसकेका छन् । दावी पेशसँगै सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सनाखतसमेत गर्नेछन् ।
सनाखतपछि मुख्यमन्त्री नियुक्त भई शपथ ग्रहण हुनेछ । आजै कार्कीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने संभावना रहेको स्रोतले जनाएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार राति आह्वान गरेका थिए । माओवादी केन्द्र र एमालेका ५२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभाको जानकारीपत्र समेतका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ ।
एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए ।
मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभामा राखेनन् । प्रदेशसभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखको कार्यालयले पठाएपछि नयाँ सरकार आह्वानको ढोका खुलेको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङ महान्यायधीवक्ता डा।दिनमणि पोखरेलको राय अनुसार सरकार गठनको आह्वान गरेका हुन् ।
विटनगरमा हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दावी पेश गर्ने तयारी गरिरहँदा मुख्यमन्त्री केदार कार्की भने त्यसविरुद्ध सर्वोच्च अदालतमा अदालत रिट दायर गर्न काठमाडौं पुगिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: