काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मुलुकका २० हजार भन्दा बढी कलाकारहरु समेटिएको यस संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन यही २८ र २९ बैशाख काठमाडौंमा आयोजना हुँदैछ । कलाकारहरु यतिबेला अधिवेशनको चापमा छन् ।
यसपटक राष्ट्रिय संगीतकर्मी संघको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । यतिबेला सो निर्वाचनको लागि संघमा आबद्ध कलाकारहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसै क्रममा हालका बरिष्ट उपाध्यक्ष (कार्यवाहक अध्यक्ष) प्रकाश कटवालले संघको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
आफुले कार्यवाहक अध्यक्षको रुपमा संघको सबै जिल्लाको अधिवेशन सम्पन्न गरेको र केन्द्रिय अधिवशेन तथा १८ औं वार्षिक साधारण सभाको सबै तयारी पनि गरिसकेको उनले बताए । ‘संघका बर्तमान अध्यक्ष विक्रम जँग शाहज्यू कार्य व्यस्तताका कारण बिदेशमा भएपछि केही समय यताबाट कार्यवाहक अध्यक्षको रुपमा मैले काम गर्दै आएको छु ।’ प्रकाशले भने,‘कार्यबाहक अध्यक्षको जिम्मेवारी समालेर संघको ७५ वटा जिल्ला, ७ वटै प्रदेश र उपत्यका विशेष कमिटीसंगै दोहोरी कलाकार समिति र नृत्य बिभाग समितिसम्मको अधिबेशन सम्पन्न गरेको छु ।’
उनले अध्यक्षमा उम्मेदवारीबारे भने,‘संघका कलाकार साथीहरुको सल्लाहमा मैले अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेको हुँ । कार्यवाहक भएर यतिबेला संघको लागि काम गरिरहेको छु अझ धेरै योजनाहरु पुरा गर्नका लागि पनि अध्यक्षमा आउन लागेको हुँ ।’
संघका पूर्ब अध्यक्ष रेशम थापा रक्त चापले ढ्लेको बेलामा संघका तर्फबाट रेशम थापा बचाउ अभियानको संयोजकसम्म रहेर रेशम थापाको उपचार समेत आफुहरुले सम्पन्न गराउन सकेको प्रकाशले बताए । संघमा अब रहेर कलाकार कोष निर्माण, संघको भवन निर्माणसहित विभिन्न लक्ष्य रहेको पनि उनले जानकारी गराएका छन् ।
राष्ट्रिय संगीतकर्मी संघमा दोस्रो महाधिबेशनबाट कार्यसमिति सदस्यको रुपमा प्रकाशले जिम्मेवारी बहन सुरु गरेका थिए । त्यसपछि तेस्रो महाधिबेशनमा उपाध्यक्ष आएका प्रकाश कटवाल राष्ट्रिय संगीतकर्मी संघमा चौथो महाधिबेशनमा प्रथम उपाध्यक्ष र पाचौं महाधिबेशनमा बरिष्ठ उपाध्यक्षको रुपमा जिम्मेवारी सम्हाले ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८१ - २०:३७
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ पु¥याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल...
जेष्ठ ६ गते, २०८१ - १६:५७
रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर ...
जेष्ठ ६ गते, २०८१ - १६:५५
दैलेख । कर्णाली प्रदेश सरकारले तीन वर्षअघि खेतीयोग्य बाँझो जग्गामा खनजोत गरी उत्पादन बढाउने किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार ब...
जेष्ठ ६ गते, २०८१ - १६:४९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रै...
जेष्ठ ६ गते, २०८१ - १६:४७
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको मृत्यु भएको आइतब...
जेष्ठ ६ गते, २०८१ - १६:४५
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । “दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्था...
जेष्ठ ६ गते, २०८१ - १६:४१
काठमाडौं । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टीका स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी ग...
जेष्ठ ६ गते, २०८१ - १६:३८
काठमाडौं । श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार मह...
जेष्ठ ६ गते, २०८१ - १६:३७
काठमाडौं । अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थ...
जेष्ठ ६ गते, २०८१ - १३:३६
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...
प्रतिकृया लेख्नुहोस्: