काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मुलुकका २० हजार भन्दा बढी कलाकारहरु समेटिएको यस संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन यही २८ र २९ बैशाख काठमाडौंमा आयोजना हुँदैछ । कलाकारहरु यतिबेला अधिवेशनको चापमा छन् ।
यसपटक राष्ट्रिय संगीतकर्मी संघको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । यतिबेला सो निर्वाचनको लागि संघमा आबद्ध कलाकारहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसै क्रममा हालका बरिष्ट उपाध्यक्ष (कार्यवाहक अध्यक्ष) प्रकाश कटवालले संघको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
आफुले कार्यवाहक अध्यक्षको रुपमा संघको सबै जिल्लाको अधिवेशन सम्पन्न गरेको र केन्द्रिय अधिवशेन तथा १८ औं वार्षिक साधारण सभाको सबै तयारी पनि गरिसकेको उनले बताए । ‘संघका बर्तमान अध्यक्ष विक्रम जँग शाहज्यू कार्य व्यस्तताका कारण बिदेशमा भएपछि केही समय यताबाट कार्यवाहक अध्यक्षको रुपमा मैले काम गर्दै आएको छु ।’ प्रकाशले भने,‘कार्यबाहक अध्यक्षको जिम्मेवारी समालेर संघको ७५ वटा जिल्ला, ७ वटै प्रदेश र उपत्यका विशेष कमिटीसंगै दोहोरी कलाकार समिति र नृत्य बिभाग समितिसम्मको अधिबेशन सम्पन्न गरेको छु ।’
उनले अध्यक्षमा उम्मेदवारीबारे भने,‘संघका कलाकार साथीहरुको सल्लाहमा मैले अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेको हुँ । कार्यवाहक भएर यतिबेला संघको लागि काम गरिरहेको छु अझ धेरै योजनाहरु पुरा गर्नका लागि पनि अध्यक्षमा आउन लागेको हुँ ।’
संघका पूर्ब अध्यक्ष रेशम थापा रक्त चापले ढ्लेको बेलामा संघका तर्फबाट रेशम थापा बचाउ अभियानको संयोजकसम्म रहेर रेशम थापाको उपचार समेत आफुहरुले सम्पन्न गराउन सकेको प्रकाशले बताए । संघमा अब रहेर कलाकार कोष निर्माण, संघको भवन निर्माणसहित विभिन्न लक्ष्य रहेको पनि उनले जानकारी गराएका छन् ।
राष्ट्रिय संगीतकर्मी संघमा दोस्रो महाधिबेशनबाट कार्यसमिति सदस्यको रुपमा प्रकाशले जिम्मेवारी बहन सुरु गरेका थिए । त्यसपछि तेस्रो महाधिबेशनमा उपाध्यक्ष आएका प्रकाश कटवाल राष्ट्रिय संगीतकर्मी संघमा चौथो महाधिबेशनमा प्रथम उपाध्यक्ष र पाचौं महाधिबेशनमा बरिष्ठ उपाध्यक्षको रुपमा जिम्मेवारी सम्हाले ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: