Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सहकारीको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा समितिको भूमिका महत्वपूर्णः सीईओ सापकोटा

खबरडबली संवाददाता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहेको बताएका छन् । 
मंगलबारदेखि काठमाडांैमा सुरु लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सापकोटाले सहकारी संस्थाको दिगो विकासमा लेखा सुपरिवेक्षण समिति केन्द्रीकृत हुन जरुरी रहेको बताए । 
लेखा सुपरिवेक्षण समितिले सदस्यमा आधारित छ की छैन ? सदस्य संस्थाको स्रोत र जग हो भन्ने बुझाइ सञ्चालकहरुमा रहे नरहेको भन्ने बिषयमा ख्याल गर्नु पर्ने बताए । सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी नभएको उल्लेख गर्दै सापकोटाले संस्थाको सुशासन र व्यवस्थापनमा खबरदारी गर्न आवश्यक रहेको बताए । 
संस्थामा रोजागारी सिर्जना उद्यमशिलताको विकास र व्यावसायिक प्रवद्र्धनतर्फ सञ्चालक समिति उन्मुख छ की छैन भन्ने बिषयलाई सुक्ष्म तरिकाले निगरानी राख्नुपर्ने  लेखा समितिको मुल जिम्मेवारी रहेको बताए ।
कर्मचारी भर्ती, अनावश्यक भ्रमण, ऋण लगानी लगायतका कुरामा निगरानी राखेर काम गर्न आवश्यक रहेको उल्लेख गरे । 
समुदाय केन्द्रीत कारोबार, दैनिक र नियमित भन्दा  आवधिक बचतमा जोड र एकीकरणमा प्रथमिकता दिइनु पर्ने उनको भनाई थियो । 
ऐन कानून निमार्णमा सहजकर्ताको भूमिका, संस्थाको सम्पूर्ण खर्चको विवरण र बचत ऋणको अनुपात मिले÷नमिलेको पनि हेर्ने आवश्यक रहेको सापकोटाले बताए । लेखा समितिको मुख्य भूमिका भनेकै नीति विधि निर्माण र कार्यान्वयनको सहजकर्ताको भूमिकामा काम गर्ने  रहेको बताउँदै सापकोटाले पटक पटक नीति बनेन भनेर मात्र टिपणी लेखेर मात्र संस्था सुधार हुन नसक्ने भएकाले  हरेक काममा कार्यान्वयनमा लैजान लाग्नु पर्ने बताए । 

सञ्चालक समितिको स्वच्छाचारी नियन्त्रण जरुरी 
कार्यपत्र माथी टिपणी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले  लेखा समितिको मुल कार्य सञ्चालकहरुको स्वच्छाचारी क्रियाकलाप नियन्त्रण गर्ने रहेको बताएका छन् । 
संस्थागत सुशासन, प्रर्वद्धन र सुद्धिकरण अहिलेको मुल आवश्यकता रहेको उल्लेख गर्दै बचत र शेयरको अनुपात नमिल्नु लाभांश र ब्याजको लोभमा सदस्य केन्द्रीत हुनु, संस्थाका नीति कार्यविधिहरु नहुनु, संस्थामा राजनितिकरण लगायतका गतिविधिहरुलाई नियन्त्रण गर्नु लेखा समितिको दायित्व रहेको बताए ।  
ऐन कानूनको पालना, सामुदाय तथा सदस्य केन्द्रीत कारोबार नहुनु र सञ्चालक समितिको एकाधिकार माथी निगरानी आवश्यक रहेको बताए । 
‘लेखा समितिले चनाखो भएर काम नगर्दा सञ्चालकहरुका काम कारबाहीहरु प्रभावकारी भएका छैनन्’, सचिव दवाडीले भने । घाटमा गए पनि लाभांश बाड्ने प्रवृति बढेको छ, यो गलत कार्यलाई रोक्न लेखा समिति प्रभावकारी बन्नु पर्ने आवश्यकता रहेको उनले औल्याए । 
कार्यक्रममा सहभागिहरुले सहकारीको नियमन र अनुगमन स्थानिय तहमा हस्तान्तरण हुँदा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनिहरुले लेखा समितिले उठाएका कुराहरुमा सञ्चालक समिति गम्भिर नहँुदा संस्थागत सुशासनमा समस्या आएको उल्लेख गरे । 
लेखा समिति संस्थाको मेरुदण्ड भए पनि यसको प्रभावकारी बनाउन बजेटको व्यवस्थापन नहुँदा पदिय दायित्व अनुसार काम हुन नसकेको बताए । सेसनको अध्यक्षता नेफ्स्कूनका पुर्व अध्यक्ष डिबी बस्नेतले गरेका थिए भने कार्यक्रमको सहजिकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश तिमल्सिनाले गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending