Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउने

खबरडबली संवाददाता

काठमाडौं ।  नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा ‘फेल’ भएको छ । यही वैशाख २१ र २२ गते एएफसीका प्रतिनिधिले गरेको निरीक्षणमा अन्तर्राष्ट्रियस्तरको रंगशालाका लागि आवश्यक मापदण्ड पूरा हुन नसकेको निश्कर्ष निकालेसँगै शरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा ‘फेल’ भएको हो । 

निरीक्षणमा फ्लडलाइट १२ सय लक्स हुनुपर्नेमा करिब ७ सय लक्स मात्रै रहेको प्रतिवेदन भारतीय म्याच कमिसनर सुब्रदले बुझाएका छन् ।  सोही प्रतिवेदनमा रंगशालाको सेफ्टी सर्टिफिकेट पनि अहिलेसम्म नआइपुगेको उल्लेख गरिएको छ। फ्लडलाइट मात्र नभई एएफसीले मैदान, सुरक्षा र प्रशिक्षण मैदानका लागि आवश्यक मापदण्ड पूरा हुन नसकेको बताएको छ। 

एएफसीका प्रतिनिधिलाई अखिल नेपाल फुटबल संघले त्रिभुवन आर्मी फुटबल क्लबको मैदान र च्यासल मैदान प्रशिक्षणका लागि देखाएको थियो । तर ती मैदानमा पनि एएफसीले मापदण्ड नपुगेको औँल्याएको छ।

एएफसीका प्रतिनिधि टोलीले दशरथ रगंशालाको मैदानको अवस्था पहिलेभन्दा सुधारिए पनि विश्वकप छनोटका लागि यूएईसँगको खेल गर्न नसकिने निष्कर्ष निकालेको छ। योसँगै अब यूएईसँगको खेल घरेलु मैदानमा नहुने पक्का भएको छ। अर्को खेल आयोजना गर्नका लागि पनि एन्फाले अहिले तोकिएको मापदण्ड पूरा गर्नुपर्ने सुझाव दिएको स्रोतको भनाइ छ।

यूएईविरुद्धको खेल घरेलु मैदानमा नहुने भएपछि एन्फा तटस्थ मैदान कहाँ छान्ने अलमलमा परेकाे छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending