बाँके । बाँकेको नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको भीड लाग्ने गरेको छ । ज्ञान केन्द्रले आह्वान गरेको सूचनाका आधारमा कृषि अनुदानका लागि प्रस्तावना दर्ता गरेका नौ सय बढी किसान अनुदानको आशमा दैनिक केन्द्रमा आउने गरेका छन् ।
“सिँचाइ अभावले खेतीमा समस्या व्यहोर्दै आएका किसान अनुदानको पर्खाइमा छौँ, नेपालगञ्ज–२२ का अगुवा किसान चक्र बुढामगरले भने, “ज्ञान केन्द्रले सिँचाइका लागि ‘डिपबोरिङ’मा अनुदान दिने भएपछि आशा जागेको छ ।”
सिँचाइका लागि मोटर तथा डिपबोरिङका लागि सूचना आह्वान गर्दा धेरै किसानले प्रस्तावना दर्ता गरेका कारण वितरणमा चुनौती भएको ज्ञान केन्द्रका कृषिविज्ञ जीवनकुमार केसीले बताए ।
अन्न उत्पादनका निम्ति उर्वरभूमि बाँकेमा सिँचाइ अभावले धान, गहुँलगायत खेती वर्षामा निर्भर हुनुपर्ने भएकाले सिँचाइका लागि ठूलो सङ्ख्यामा किसानको आवेदन परेको उनले बताए । केन्द्रले यस वर्ष रु एक करोड ५० लाख अनुदान दिने तयारी गरेको छ ।
करिब एक सय किसानलाई रु एक लाख ५० हजारका दरले मोटर तथा डिपबोरिङका लागि अनुदान दिने योजना बनाए पनि ठूलो सङ्ख्यामा प्रस्ताव पेस भएकाले अनुदान रकम घटाएर वितरण गरिने कृषिविज्ञ केसीले जानकारी दिए ।
“प्रस्तावअनुसार फिल्ड हेर्दा ‘क्लस्टर’ नमिलेको, दोहोरो अनुदानमा संलग्न भएकालाई हटाउँदा पनि अझै पाँच सय किसानका प्रस्ताव बाँकी छन्”, उनले भने, “अब कृषक समूह र सहकारीलाई रु एक लाख ५० हजार र व्यक्तिगत रूपमा प्रस्ताव पेस गरेका किसानलाई रु ५० हजारका दरले अनुदान दिनेगरी सम्झौता गरिरहेका छौँ ।”
सरकारले कृषिप्रति आकर्षण बढाउन तथा उत्पादन वृद्धिको उद्देश्यले किसानलाई अनुदान दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १९:२४
सिराहा । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट काठमाडौंबाट फरार एक कैदीलाई प्रहरीले सिराहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाकै कर्जन्...
चैत्र ९ गते, २०८२ - १९:२३
महोत्तरी । सिङ्गो हिउँदमा पानी नपरेका कारण निराश बनेका महोत्तरीका किसानले राहत महसुस गरेका छन्। गत शुक्रबार र शनिबार परेको पानीले जग्गामा पर्याप्त चिस...
चैत्र ९ गते, २०८२ - १९:२०
काठमाडाैँ । न्युयोर्कस्थित महावाणिज्य दूतावासले आइतबार पेन्सलभेनिया राज्यमा घुम्ती शिविर सम्पन्न गरेको छ । उक्त शिविरबाट सेवाग्राहीले राहदानी नवीकरण, ...
चैत्र ९ गते, २०८२ - १९:१७
बैतडी । पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकासका लागि विद्यालयका पूर्वप्रधानाध्यपक शरदप्रस...
चैत्र ९ गते, २०८२ - १९:१६
डोटी । नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा यहाँको बो...
चैत्र ९ गते, २०८२ - १९:१४
तनहुँ । तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएका हु...
चैत्र ९ गते, २०८२ - १९:१२
मुगु । रारा विमानस्थलमा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ।नेपालगञ्जबाट हप्तामा चार पटक, आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान ...
चैत्र ९ गते, २०८२ - १९:०९
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाई नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्क...
चैत्र ९ गते, २०८२ - १९:०८
रुपन्देही । ६० वर्षीया महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालक (बाल बिज्याइकर्ता) लाई पक्राउ गरेको छ । गत चैत ३ गते रुपन्देहीको शुद्धो...
चैत्र ९ गते, २०८२ - १९:०६
झापा । कमल गाउँपालिकामा आज एकै दिन एक वृद्धसहित दुई शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गापा–३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनी...


प्रतिकृया लेख्नुहोस्: