काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को स्थायी समिति बैठक यही वैशाख २९ गते हुने भएको छ । बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र सांगठनिक दस्तावेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ। दुवै कमिटीबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरी साझा धारणा बनाउन लागिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए।
बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधिबारे, संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ।
प्रचार विभाग प्रमुख खतिवडाका अनुसार देशभर सांगठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ।
पछिल्लो राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षासमेत हुने बैठकमा समान विचार राख्ने राजनितिक दल, संघसस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ। आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १९:२०
काठमाडाैँ । न्युयोर्कस्थित महावाणिज्य दूतावासले आइतबार पेन्सलभेनिया राज्यमा घुम्ती शिविर सम्पन्न गरेको छ । उक्त शिविरबाट सेवाग्राहीले राहदानी नवीकरण, ...
चैत्र ९ गते, २०८२ - १९:१७
बैतडी । पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकासका लागि विद्यालयका पूर्वप्रधानाध्यपक शरदप्रस...
चैत्र ९ गते, २०८२ - १९:१६
डोटी । नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा यहाँको बो...
चैत्र ९ गते, २०८२ - १९:१४
तनहुँ । तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएका हु...
चैत्र ९ गते, २०८२ - १९:१२
मुगु । रारा विमानस्थलमा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ।नेपालगञ्जबाट हप्तामा चार पटक, आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान ...
चैत्र ९ गते, २०८२ - १९:०९
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाई नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्क...
चैत्र ९ गते, २०८२ - १९:०८
रुपन्देही । ६० वर्षीया महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालक (बाल बिज्याइकर्ता) लाई पक्राउ गरेको छ । गत चैत ३ गते रुपन्देहीको शुद्धो...
चैत्र ९ गते, २०८२ - १९:०६
झापा । कमल गाउँपालिकामा आज एकै दिन एक वृद्धसहित दुई शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गापा–३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनी...
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...


प्रतिकृया लेख्नुहोस्: