Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

३४६ वर्ष पुरानो थन्थु दरबार पुन: निर्माणको शिलान्यास

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गरेका हुन् ।

५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ सालअघिसम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनको रुपमा रहेको र २०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रष्ट बनाएपछि नगरपालिकाले पुनःनिर्माणको तयारी गर्दै गर्दा बजेट र प्राविधिक कारणले यो दरबार पुनःनिर्माण ढिलो गरि अगाडी बढेको छ । 

 २०७४ को  निर्वाचनपश्चात भक्तपुर नपाले नगरका १२४ वटा भन्दा बढी सम्पदाहरु पुनःनिर्माण गरेकोमा थन्थु दरबार पुनःनिर्माणको काम छलफलमै सीमित भएको र २०७९ सालको निर्वाचनपछि थन्थु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी काम अगाडि बढाउँदै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

थन्थु दरबार भत्काउन रु. १३ लाख ३८ हजारमा लगत इस्टिमेट भएकोमा रु. ११ लाख ५१ हजारमा भत्काउने काम सम्पन्न भएको र दरबारको जगसम्म भत्काइसकेपछि पटक पटक पुरातत्व विभागका महानिर्देशकबाट समेत अवलोकन भएको थियो ।

यो दरबार पुन: निर्माणमा १२ करोड ८५ लाख ३४ हजार ल.इ. स्वीकृत गरी पहिलो चरणको कार्य योजनामा रु. ४ करोड ७२ लाख बजेट स्वीकृत गरी कार्य भइरहेको छ । त्यस्तै रु. १ करोड ५८ लाखको काठ टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेन्सलभेनियामा महावाणिज्यदूतावासद्वारा घुम्ती शिविर सम्पन्न

काठमाडाैँ । न्युयोर्कस्थित महावाणिज्य दूतावासले आइतबार पेन्सलभेनिया राज्यमा घुम्ती शिविर सम्पन्न गरेको छ । उक्त शिविरबाट सेवाग्राहीले राहदानी नवीकरण, ...

पूर्वप्रधानाध्यपक जोशीको स्मृतिमा पुस्तकालय स्थापना

बैतडी । पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकासका लागि विद्यालयका पूर्वप्रधानाध्यपक शरदप्रस...

डोटीमा ‘अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ' प्रतियोगिता

डोटी । नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा यहाँको बो...

तनहुँमा १८३ क्षयरोगी उपचारको दायरामा

तनहुँ । तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएका हु...

रारा विमानस्थलमा उडानको नयाँ कार्यतालिका सार्वजनिक

मुगु । रारा विमानस्थलमा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ।नेपालगञ्जबाट हप्तामा चार पटक, आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान ...

विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाई नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्क...

६० वर्षीया महिलाको कैची प्रहार गरी हत्या, बालक पक्राउ

रुपन्देही । ६० वर्षीया महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालक (बाल बिज्याइकर्ता) लाई पक्राउ गरेको छ । गत चैत ३ गते रुपन्देहीको शुद्धो...

झापामा एक वृद्धसहित दुई शव फेला

झापा । कमल गाउँपालिकामा आज एकै दिन एक वृद्धसहित दुई शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गापा–३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनी...

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: