Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

च्याम्बरमा पाक्न थाले केरा

खबरडबली संवाददाता

चितवन । जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि यहाँका केरा व्यवसायी उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले व्यवसायीलाई केरा पकाउन अनुदानमा च्याम्बर निर्माण गरेको हो । 

आर्थिक वर्ष २०७८/७९ देखि इकाइले चेम्बर अनुदानमा निर्माण गर्न थालेको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गनाका अनुसार कार्यालयले ६० देखि ८० प्रतिशतसम्म अनुदानमा केरा व्यवसायीका लागि केरा पकाउने चेम्बर निर्माण गरेको छ । 

अहिलेसम्म १२ वटा चेम्बर निर्माण भइसकेको ढुङ्गानाले जानकारी दिए। उनले भने, “केरा पकाउन सजिलो होस् र लामो समयसम्म राख्न सकियोस् भनेर अनुदानमा चेम्बर निर्माण गरिएको हो ।” 

कार्यालयले अनुदानमा चेम्बर निर्माण गरेसँगै व्यवसायीले व्यक्तिगत लगानीमा समेत अहिले चेम्बर बनाएर केरा पकाउन थालेका छन् । ढुङ्गानाका अनुसार पाँच जना व्यवसायीले आफ्नै लगानीमा चेम्बर निर्माण गरेका छन् । कार्यालयले निर्माण गरेको च्याम्बरमध्ये एउटा रत्ननगरको तरकारी बजारमा र ११ वटा महानगर ताजा तरकारी तथा फलफूल बजारमा राखिएको उनले जानकारी दिए।  

यी च्याम्बरमा व्यवसायीले १५० कोसा केराको रु ३५ मा पकाउने गरेका छन् । रु नौ लाख ५० हजारको लागतमा एउटा चेम्बर निर्माण हुने ढुङ्गानाले बर्ताए । 

खैरहनीका केरा व्यवसायी सागर भट्टराई चेम्बर निर्माण भएपछि केरा पकाउन औषधि राख्नु पर्ने बाध्यता टरेको बताए । “केरा पकाउन पहिला क्याल्सियम कारवोहाइट हाल्थ्यौँ । अहिले चेम्बरका लागि आवश्यक पर्ने इथेलिन मात्रै प्रयोग हुने गरेको छ”, उनले भन्नुभयोने, “पहिला केरा पकाएको तीन दिनभित्र बिक्री गरिसक्नुपर्ने हुन्थ्यो । अहिले एक सातासम्म बिक्री गर्न पाइन्छ ।”

च्याम्बरमा केरा पकाउँदा ‘जी नाइन’ केराको रङ समेत आकर्षक बन्ने गरेको व्यवसायी बाबुराम भट्टले बताए । उनले भने, “केराको डाँठ कुहिने जस्ता समस्याबाट अहिले हामीले मुक्ति पाएका छौँ । चेम्बरबाट आवश्यकता अनुसार दुईदेखि सात दिन लगाएर पकाउन सकिन्छ ।”

जिल्लामा २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा केरा खेती गरिँदै आइएको छ । यहाँ वार्षिक ५६ हजार चार सय ४८ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ । यहाँको केराको बजार चितवनसहित काठमाडौँ, पोखरा, बुटवलसम्म रहेको किसान बताउँछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन–चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६१ हजार नाघ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्र...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending