Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

आइतबार अमेरिका जादै टी-२० विश्वकप खेल्ने नेपाली टिम

खबरडबली संवाददाता

काठमाडौँ । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि विश्वकप खेल्ने क्रिकेट टिमको विदाई गरिएको हो ।

नेपाली राष्ट्रिय टोली आइतबार अमेरिकातर्फ प्रस्थान गर्दै छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेपाली टिम आइतबार दुई चरणमा त्यसतर्फ जाने तालिका रहेको छ । नेपाली टिम आइतबार बिहान २।३० बजे र दिउँसो गरी दुई चरणमा जाने क्यानले जानकारी दिएको छ ।

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु

सिरहा। सिरहाको अर्नमा गाउँपालिमा जग्गाको बिषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहारगर्दा एक जनाको मृत्यु भएको छ। अर्नमा २ ब्रहमपुरिका करिव ५५ ...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’

रुपन्देही । प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्...

संसद् अवरोध जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको...

पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी, तीनजना विदेशी महिला पक्राउ

काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्...

प्रधानमन्त्रीको ब्रिफिङ: कांग्रेसले संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिन्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताएका छन् ।  विहिबार बसेको मन्त्रिपरिषद्को बैठकम...

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अन...

खाँदवारी नगरपालिकाको न्यायिक समिति, काठमाडौँ महानगरको अध्ययन अवलोकनमा

काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताएकी छन...

एकीकृत समाजवादीद्वारा श्रम आयोग गठनको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अनौपचारिक क्षेत्रका श्रमजीवीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न श्रम ...

सिप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ । वैशाख १९ गते ...

चितवनमा जङ्गली जनावरको आक्रमणबाट सात जनाको मृत्यु

चितवन । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies