Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

राजनीतिक अस्थिरता अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ : जगप्रसाद शर्मा (अन्तवार्ता)

खबरडबली संवाददाता

दाङ, राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने बताएको छन् । त्यसो भएमा मुलुकमा व्याप्त राजनीतिक अस्थिरता अन्त्य हुने र विकासका कामले गति लिने उनी ठान्छन् । “कानुन बन्न नसक्नु, सङ्घीयतालाई आत्मसात् गर्न नसक्नु र प्रदेशलाई केन्द्रको छायाजस्तै बनाउन खोज्दा जनतामा वितृष्णा  छाएको छ”, उनी भन्छन्, “यसको समाधान भनेको स्थानीय सरकारजस्तै प्रदेश र सङ्घमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरी शासकीय स्वरुप बदल्नु नै हो ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका राष्ट्रियसभाका सदस्य श्री शर्मासँगको संसदीय अभ्यास, राजनीतिक स्थायित्वलगायत विषयमा गरेको कुराकानीको सारसङ्क्षेप । 

देशको संसदीय अभ्यासलाई तपाईँले कसरी लिनुभएको छ ? 

संविधानको मूल भाव र हाल भइरहेको संसदीय अभ्यासमा तालमेल मिलेकोजस्तो लाग्दैन । पुरानो संसदीय अभ्यासमा अभ्यस्त हुँदै आएको तरिका र संविधानको मूल भावमा तालमेल मिलेको छैन । संविधानतः समावेशी, समानुपातिकको सवाल, जनताप्रति उत्तरदायी हुने सवाल र पुरानो परम्परामा बाँधिरहने होइन, गतिशील हुने संविधानको भावलाई हालको अभ्यासले पकडिरहेको छैन । नयाँ संविधानको भावलाई आत्मसात् गर्ने र पुराना पछि परिसकेका अभ्यासलाई परित्याग गर्दै पश्चिमा संसदीय मोडेलबाट हैन, नेपाली विशेषताअनुरुप नयाँ ढङ्गले संसद्् सञ्चालन गर्नुपर्दछ । त्यसरी मात्र देश र जनताको आवश्यकता पूरा हुनसक्छ । हामी समृद्ध देश र सुखी नेपालीको गन्तव्यमा पुग्न सक्छौँ ।  

संसद््को मुख्य जिम्मेवारी कानुन निर्माण हो तर अहिलेको संसद््को समीक्षा गर्दा कार्यसम्पादन कमजोर भएको टिप्पणी छ । तपाईँ के भन्नुहुन्छ ?

संसद्को मुख्यतः तीन वटा काम हुन्छन्ः कानुन निर्माण, सरकारलाई सचेत एवं खबरदारी र जनताका समस्याहरु संसद्मा बुलन्द गर्ने । कानुन निर्माणको काम अपेक्षाकृत अगाडि बढ्न नसकेको कुरा सत्य हो । यसको मुख्य कारण राजनीतिक दलहरुको बीचमा सहमति नहुनु हो । कतिपय राजनीतिक दलले अहिलेको परिवर्तन र संविधानलाई आत्मैदेखि स्वीकार गर्न नसक्नु पनि हो । नयाँ संविधान र पुराना कानुन एवं नियमावलीहरुको कारण जनअपेक्षित काम हुन नसकेको कुरा यथार्थ हो । देश र जनताको हितलाई केन्द्रमा राखेर कानुन र नियमावलीहरु निर्माण गर्ने सबैको केन्द्रीय कार्यभार हो । यो केन्द्रीय कार्यभार पूरा गर्नुको अर्को कुनै विकल्प छैन । 

संसद्को काम हेर्दा जनताका समस्या र गुनासाभन्दा पनि सरकार फेरबदल मात्र गर्नेजस्तो देखिएको छ । त्यस्तो हो ?

केन्द्रमा बाहिरबाट हेर्दा त्यस्तो देखियता पनि वास्तविकतामा त्यस्तो होइन । किनकी प्रधानमन्त्री फेरिएका छैनन् । मन्त्रीहरु मात्रै हेरफेर, थपघट र पुनर्गठन मात्र गरिएको हो । प्रदेश सरकारहरुको सवालमा सत्य हो की, सरकार फेरबदल मात्रै हुने गरेको छ । त्यसका पछाडीको कारण–समयमा कानुनहरु बन्न नसक्नु, सङ्घीयतालाई आत्मसात् गर्न नसक्नु र प्रदेशलाई केन्द्रको छायाँजस्तै बनाउन खोज्नु हो । यसको समाधान भनेको स्थानीय सरकारजस्तै प्रदेश र सङ्घमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरि शासकीय स्वरुप बदल्नु नै हो । शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संविधान संशोधन गरेर परिवर्तन गर्नु नै समस्याको समाधान हो । जसले स्थायित्व प्रदान गर्छ । सही र गलतका आधारमा प्रत्येक पाँच वर्षमा सर्वभौम जनताले मूल्याङ्कन गर्छन् र, देश अघि बढ्छ । 

लोकतन्त्रका उपलब्धिको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनका लागि  राष्ट्रिय एकता हुन नसकेको भनिन्छ ।  यो सत्य हो ?

तपाईंको प्रश्न सही, सान्दर्भिक र धेरै महत्वको छ । दलीय स्वार्थबाट मुक्त भएर राष्ट्र र जनताको हितलाई मुख्य बनाउन जरुरी छ । सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न साझा मुद्दाहरु तयार पारी दलहरुको बीचमा सहकार्य र एकता कायम गर्न जरुरी छ । त्यसका निम्ति जसरी हिजो परिवर्तनका निम्ति राजनीतिक दलहरु एक ठाउँमा उभिएका थिए, संविधान निर्माण गर्दा एक ठाउँमा उभिएका थिए, त्यसैगरी समृद्धिको लक्ष्य हासिल गर्न एक ठाउँमा उभिन जरुरी छ । कम्तीमा १०–१५ वर्ष राष्ट्र निर्माणका लागि समान मुद्दाहरुमा राष्ट्रिय एकताको खाँचो छ ।  

संसद्मा सांसदको उपस्थिति कम छ, विषयगत समितिका बैठक पनि गणपूरक सङ्ख्या नपुगेर स्थगन भएका छन्  । यसलाई कसरी लिनुहुन्छ ?

संसद् र विषयगत समितिमा कहिलेकाहीँ उपस्थिति कम हुने कुरा सही हो । सांसदहरुले आफ्नो जिम्मेवारीलाई सही ढङ्गले बुझ्न नसक्नु, राजनीतिक दलहरुले कडाइपूर्वक आफ्ना सांसदलाई ह्विप जारी गर्न नसक्नुजस्ता कारणहरुले संसद्मा उपस्थिति कम हुने गरेको छ । सांसद स्वयम् र सम्मिलित दलहरुले राष्ट्रिय जिम्मेवारीबोध गर्ने, जनताले पनि झक्झक्याउने र मिडियाले पनि सत्य, तथ्य जनतामाझ ल्याइदिने गर्दा नै यसको समस्या समाधान हुन सक्छ ।  मुख्य कुरा स्वयम् संसद्हरुले संसद्जस्तो राज्यको जिम्मेवारी पूरा गर्ने बोध गर्नु हो ।  

संसद्का काम प्रभावकारी भएनन्, सुशासन कायम गर्ने दिशामा पनि संसद्ले काम गर्न सकेन भन्ने जनगुनासो छ । तपाईँके भन्नुहुन्छ?

अपेक्षाकृत संसद्का काम कारबाही प्रभावकारी हुन नसकेको कुरा सत्य हो । यसको मुख्य कारण–आपसी सहमति र लक्ष्यप्रति समर्पित हुन नसक्नु हो । सुशासन कायम गर्ने सवालमा भने संसद् र मुख्यतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले प्रभावकारी काम गरेको जगजाहेर नै छ । सुशासन, रातारात कायम भइहाल्ने विषय होइन । किनकी यो समस्या निजी स्वामित्वको सुरुआतसँगै भएको हो । सुशासन कायम गर्न, उत्पादनमा वृद्धि एवं रोजगारी सिर्जना र स्वामित्वको स्वरुपमा ठूलो परिवर्तन गरेर मात्रै सम्भव छ । स्वामित्वको स्वरुप न त निजी बनाएर हल हुन्छ, न त राज्यको बनाएर हल हुन्छ रु बरु, राज्यको, समाजको र निजी गरी त्रिआयामिक अर्थात् एकीकृत स्वामित्वको अवधारणामा अगाडी जानु पर्दछ । तत्काल महङ्गो निर्वाचन प्रणाली परिवर्तन गर्न र शिक्षा, स्वास्थ्यजस्ता विषयहरुमा राज्यको पूर्ण स्वामित्व हुने र भ्रष्टाचारविरुद्ध कडा कानुन बनाएर देशमा सुशासन कायम गर्न सकिन्छ । मुख्य कुरा संसद्हरु संसद्जस्तो राज्यको जिम्मेवारी पूरा गर्ने बोध गर्नु हो । 

जनतामा निराशा बढ्दै छ, युवा वर्ग विदेशिएको छ । युवा पलायन रोक्न के गर्नुपर्छ ? 

एक हदसम्म निराशा बढेको, युवा विदेश पलायन भएको सत्य हो । यसको मुख्य कारण–राष्ट्रिय एकता हुन नसक्नु र संविधान कार्यान्वयन हुन नसक्नु हो । यसले गर्दा देशमा उत्पादनलाई गुणात्मक वृद्धि गर्न हुन सकेको छैन । अपेक्षाकृत रोजगारी सिर्जना हुन सकेको छैन । देशमा आयात घट्ने र निर्यात बढ्न पनि सकेको छैन । उद्योगधन्दा, कलकारखानाको विकास हुन पनि सकेको छैन । मुख्य कुरा राज्य गम्भीर हुनुपर्छ र, प्रत्येक नागरिकमा ‘बन्छ मेरो देश–बनाउँछु, मैले मेरो देश’, भन्ने भावना जगाउनुपर्छ । प्राकृतिक हिसाबले देश धनी छ, जनता परिश्रमी छन् । सम्भावना धेरै छन् । सकारात्मक सोच र इच्छाशक्तिको आवश्यकता छ । 

प्रभावकारी संसदीय गतिविधिका निम्ति तपाईँको सुझाव छ ?

राष्ट्रियता, संविधान र जनताको भविष्य हामी सबैका साझा सवाल हुन् । संविधानको प्रभावकारी कार्यान्वयन नै सबै समस्याको समाधान हो । यसका निम्ति परिवर्तनका पक्षधर राजनीतिक दलहरुको राष्ट्रिय एकता नै अहिलेको आवश्यकता हो । 

संसद्मा तपाईँले कस्ता सवाल उठाउनु भयो र त्यसको सुनुवाई कति भयो ? 

एउटा सांसदको हैसियतले संसद्मा मैले सबैभन्दा बढी संविधानअनुसार कानुन बनाउने कुरालाई नै जोड दिएर उठाएँ । विकास निर्माणदेखि जनसरोकारका मुद्दाहरु उठाएँ । सरकारलाई सचेत, खबरदारी र आलोचना पनि गरिरहेँ । कानुन र नियमावलीहरुको अभाव, सरकारमा पर्याप्त बजेटको कमी, पुनःसंरचना नभएको पुरानो ढर्राको कर्मचारीतन्त्रका कारण अपेक्षाकृत सुनुवाइ भएको देखिँदैन । यसका बावजुद पनि मैले आफ्नो ठाउँबाट निरन्तर परिमाणमुखी पहल जारी राखेको छु । 

तपाईँ सांसद भएको चार वर्ष भयो, अनुभव कस्तो रह्यो ? 

म संसद्मा पहिलो पटक उपस्थित भएको हो । यो चार वर्षे अवधिमा पहिलेको डेढ, दुई वर्ष कोरोना महामारीले गर्दा खासै उपलब्धीमूलक काम गर्न सकिएन । जतिबेला देशमा आर्थिक सङ्कट थियो । देश जर्जर अवस्थामा थियो । राष्ट्रियसभा एक अविच्छिन्न र एक परिपक्व सभा भएकाले समयको सही व्यवस्थापन र कानुन निर्माणमा सापेक्षित हिसाबले राम्रो रह्यो । 

गणतन्त्रको प्रतीक राष्ट्रपति र सङ्घीयताको प्रतीक राष्ट्रियसभा नै हो । सङ्घीयता कार्यान्वयन गर्ने सवाल, छुवाछूतमुक्त गर्ने सवाल, अपाङ्गहरुको सवाल र महिला मुक्तीको सवालजस्ता छ वटा सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट पारित हुनु उपलब्धि हो । सरकारलाई निरन्तर खबरदारी गर्ने तथा विकास– निर्माण र जनसरोकारका सवाल निरन्तर उठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको ठानेको छु ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डा. बाबुराम भट्टराईका बुवाको पशुपति अन्त्येष्टि सम्पन्न

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा। बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईको अन्त्येष्टि गरिएको...

प्रधानमन्त्री भाषण गरेर होइन, जनताले छानेर बन्ने हो: अध्यक्ष घिसिङ

जनकपुरधाम। उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा सुशीला कार्की नेतृत्व सरकारका पूर्व मन्त्री कुलमान घिसिङले आफूहरूले अहिलेसम्म काम गरेर नतिजा दिएको र आगा...

म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड मूल्य बराबरको सुन्तलाको व्यापार गरेका छन् ।  बयालीस घरधुरीको ब...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, तोलाको कतिमा झर्याे ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महास...

झापामा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको सम्पर्क कार्यालयमा तोडफोड भएको छ । बुधबार मध्यराति कार्याल...

मधेशको भविष्य मधेशीकै हातमा छ: उपेन्द्र यादव

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकास र सशक्तीकरण अब बाहिरी शक्तिको भरमा नभई मधेशी जनताकै नेतृत्व र पहलब...

महामन्त्री पौडेलले ल्याए १५ बुँदे आर्थिक सुधार अवधारणा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो १५ बुँदे धारणा सार्वजनिक गरेको छन् । कांग्रेस महामन्त्री पौडे...

अनुचित सवारी प्रयोग गरे उम्मेदवारलाई २५ हजारसम्म जरिवाना

काठमाडौं । निर्वाचनको प्रचारप्रसारका क्रममा तोकिएको संख्याभन्दा बढी सवारीसाधन प्रयोग गरे उम्मेदवारलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । निर्वा...

बाँकेको जानकीमा पहिलो पटक ग्रामीण भिडियो एक्सरे सेवा सुरु

नेपालगन्ज। बाँकेको सदरमुकाम नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । वडा नम्बर ५ स्थ...

बागलुङमा ६३ जना म्यादी प्रहरी अपुग

बागलुङ। जिल्ला प्रहरी कार्यालयले बागलुङमा आवश्यक पर्ने म्यादी प्रहरी अपुग भएको बताएको छ । जिल्लामा आवश्यक सङ्ख्या एक हजार दुई सय ९८ जना भए पनि अझै ६३ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE