काठमाडौं । सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक सुरक्षा तथा श्रम बजार व्यवस्थित गर्दै उत्पादकत्व अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली श्रमिकलाई शुभकामना व्यक्त गर्नुहुँदै श्रमिक दिवसले समस्त मजदुर वर्गमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको कामना गरेका हुन् ।
“नेपालमा शारीरिक श्रम गर्ने र दैनिक ज्यालादारी मजदुरलाई सम्मानजनक रूपमा नहेर्ने प्रवृत्ति विद्यमान रहेको छ, जसको श्रमबाट निर्भर रहने उनीहरूलाई नै हेपाइको दृष्टिबाट हेर्ने नेपाली समाजको प्रवृत्ति बदल्न जरुरी छ”, शुभकामना सन्देशमा भनिएको छ, “संविधानको व्यवस्था बमोजिम श्रमिकको हक, हित तथा सुविधाको प्रबन्ध गर्न, असल श्रम सम्बन्धको विकास गर्न, श्रम शोषणका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्व वृद्धि गर्न हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ ।”
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: