Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

जिफन्टको ‘रिपोर्ट’: २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

खबरडबली संवाददाता

काठमाडाैं । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ । 

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरिक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ । सरकारले रु १७ हजार तीन सय न्यूनतम पारिश्रमिक तोकेको छ । 

काठमाडाैंमा आज पत्रकार सम्मेलनमार्फत महासङ्घले ‘श्रम कानुन कार्यान्वयनको अवस्था’ मा श्रम अडिट प्रतिवेदन २०८० सार्वजनिक गरेको थियो । यसमा न्यूनतम पारिश्रमिक र सुविधा कार्यान्वयनको अवस्था अत्यन्त नाजुक बन्दै गएको उल्लेख छ । 

युनियन क्रियाशील रहेका उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्था २०७९ सालको भन्दा खासै फरक छैन । २०७९ सालको श्रम अडिट प्रतिवेदनअनुसार १५ दशमलव ३० प्रतिशत उद्योग/प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिएका थिएनन् । 

त्यस्तै, श्रमिक आपूर्तिकर्ता कम्पनीमार्फत काम गर्ने श्रमिकहरुलाई न्युनतम पारिश्रमिक र ओभर टाइमजस्ता आधारभूत सुविधा नदिने कम्पनी ७२ दशमलव छ प्रतिशत छ । प्रतिवेदनमा श्रम शोषण विकराल अवस्थातर्फ लम्किँदै गएको उल्लेख छ । श्रम ऐन २०७४ मा उद्योग प्रतिष्ठानमा दैनिक आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय श्रमिकलाई काम लगाउन नपाइने व्यवस्था भए पनि पूर्णरुपमा लागू नभएको तथ्याङ्कले जनाएको छ । 

महासङ्घको अडिट ‘रिपोर्ट’मा गत वर्ष श्रम अडिट गरिएका उद्योग/प्रतिष्ठानमध्ये ४६ दशमलव ४० प्रतिशतमा आठ घण्टाभन्दा बढी (ओभर टाइम) समय काममा लगाएको पाइएको थियो । यो वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमध्ये, ६१ द्यशमलव एक प्रतिशत उद्योग प्रतिष्ठानले आठ घण्टाभन्दा बढी समय काममा लगाएइको छ । 

यसबाट औद्योगिक प्रतिष्ठानमा काम बढेको स्पष्ट हुन्छ । यद्यपि बालश्रम प्रयोग गर्ने प्रतिष्ठान भने घट्दै गएको छ । गत वर्ष २०७९ मा बालश्रम प्रयोग भइरहेको प्रतिष्ठान शून्य दशमलव ७५ प्रतिशत थियो भने २०८० सालमा घटेर शून्य दशमलव छ प्रतिशत पुगेको छ । 

पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन महासङ्घले मे दिवसको सन्र्दभ पारेर २५ बुँदे घोषणापत्र तयार पारेको छ । ‘नयाँ सामाजिक सम्झौताका लागि सुदृढ लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादित रोजगारी’ विषयमा केन्द्रित भई श्रमिकका हकहित सुनिश्चित गराउने हेतुले उक्त घोषणापत्र तयार पारेको हो । 

काठमाडौंमा आज पत्रकार सम्मेलनमाझ महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले घोषणापत्र पढेर सुनाएका थिए । श्रमजीवीको हकमा ऐन बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको गुनासो महासङ्घले सरकारसमक्ष गर्दै आएको छ । घोषणापत्रमा न्यूनतम पारिश्रमिक कार्यान्वनय नगरेको अवस्था, श्रम सम्बन्ध समिति गठन गर्ने प्रतिष्ठान नगण्य रहेको,  श्रम अदालतमा सरुवाको विरुद्ध मुद्दा नलाग्ने व्यवस्थाले श्रमिकलाई निरुत्साहित गरेको, वैदेशिक रोजगारीमा जानेहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा जोड्ने असल कामको सुरुआत बिना तयारी गरेको, सामाजिक सुरक्षाका योजनाका बारेमा तालिम प्रशिक्षण लगायतका विषयमा बुँदागत माग गरिएको छ । 

त्यस्तै, १० प्रतिशत सेवा शुल्कमाथिको अन्यायपूर्ण आक्रमणको अन्त्य गरी यसको पुनः कार्यान्वयनका लागि होटल तथा पर्यटन क्षेत्रका युनियनहरूको परिचानल गरिनेछ, सार्वजनिक यातायातमा देखिएको सिन्डिकेट हटाएर समान श्रमिक न्यायको विकास गर्ने, श्रमिकलाई जति सक्दो सामाजिक सुरक्षामा जोड्ने, तालिमी (इन्टर्न) हरू युनियनको भविष्य हुन् भन्ने कुरा युनियनकर्मीहरुलाई बुझाउने सहितका प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ । 

महासङ्घका अध्यक्ष श्रेष्ठले श्रम ऐन पूर्णरुपमा अस्तव्यस्त रहेको बताए । “कानुन छ तर त्यसको सदुपयोग गर्ने संयन्त्र चुस्त भएन”, उनले भने, “आगामी दिनमा महासङ्घले बुँदागत योजना बनाएर कार्यान्वयनमा जोड दिनेछौँ ।”

श्रमजीवी पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैसीले राजनीतिक अस्थिर प्रणाली र उद्योग व्यवसायमा सिन्डिकेटको प्रवृत्तिले देशमा आर्थिक सङ्कट आएको बताए । उनका अनुुसार यसको प्रमुख मर्का नै श्रमजीवी मजदुरलाई परेको छ । “सङ्कट आयो भने तलब नदिने प्रवृति सबै व्यवसायमा छ”, उनले भने, “अर्थतन्त्र चलायमान गराउन स्वच्छ व्यापार प्रतिस्पर्धा र मुलुक सुहाउँदो अर्थनीति ल्याउनुपर्छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending