काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबीच आर्थिक र व्यापारिक क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपाल र इण्डियाका चेम्बर अफ कमर्सबीच दुई पक्षीय लगानी एवं व्यापार सहजीकरणबारे छलफल भएको हो ।
नेपाल चेम्बर अफ कमर्सको निमन्त्रणमा इण्डियन चेम्बर र मिलेनियल चेम्बर अफ कमर्सका पदाधिकारीहरु एवं व्यवसायिक प्रतिनिधीमण्डल नेपाल आएका हुन । दुवै चेम्बरका पदाधिकारीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जमलस्थित चेम्बर भवनमा स्वागत गरेका थिए ।
अन्तराष्ट्रिय लगानी सम्मेलन अघि दुवै देशका चेम्बर पदाधिकारीहरुबीच नेपालमा लगानीको वातावरण, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो । चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मुल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए ।
अध्यक्ष अग्रवालले भने, ‘दुई मुलुकबीचको आर्थिक सम्वन्ध र अर्थतन्त्रका विभिन्न आयममा छलफलमा लागि आजको कार्यक्रम विशेष छ, भन्ने मैले ठानेको छु । हामी निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले नेपाल भारत आर्थिक सम्वन्ध हाम्रो मुख्य चासो हो, ।’
नेपालबाट निर्यात जन्य बस्तुहरुको उत्पादन वृद्धि, भन्सार सहजीकरण, जस्ता विषयमा भारतीय निजी क्षेत्रसंग सहकार्य गर्न नेपाल चेम्वर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए ।
अध्यक्ष अग्रवालले पर्यटन, जलविद्युत, प्राकृतिक श्रोत, साना तथा मध्यमखाले उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए ।
चेम्बरसंगको छलफलमा इण्डियन चेम्बर अफ कमर्सका पदाधिकारीले अन्तराष्ट्रिय लगानी सम्मेलनमा आमन्त्रण गरेकोमा चेम्बरलाई धन्यवाद दिएका थिए । चेम्बर अफ कमर्ससंग मिलेर नेपालमा लगानी गर्न आफुहरु इच्छुक रहेको र सहजीकरणका लागि आग्रह गरेका थिए । खासगरी ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानीका लागि आफुहरु इच्छुक रहेको मिलेनियल चेम्बरका अध्यक्ष अनिल त्रिगुनायतले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: