Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

स्वर्गिय साहित्कार तथा शिक्षाविद् राजवंशीको तेस्रो स्मृति दिवस सम्पन्न

खबरडबली संवाददाता

कठमाडौं । बरिष्ट साहित्कार तथा शिक्षाविद् स्व.लक्ष्मण राजवंशीको तेस्रो स्मृति दिवस एक श्रद्धाञ्जली सभाको कार्यक्रम गरी सम्पन्न भएको छ । 

नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषामा गरी तीन दर्जन भन्दाबढि पुस्तक लेख्नु भएका संविधानसभा सदस्य तथा शिक्षा क्षेत्रको उदाहरणीय व्यक्तित्व स्व. लक्ष्मण राजवंशीको लोकतन्त्र दिवसकै दिन २०७८ बैशाख ११ गते ८६ वर्षको उमेरमा निधन भएको थियो । 

सामान्य परिवारमा जन्मनु भएका साहित्यकार राजवंशीले लोकतन्त्रका लागि निकै ठुलो योगदान पुर्याएका थिए ।  १९९२ सालमा काठमाडौको वटुमा जन्मीएका राजवंशीको ०७८ बैशाख ११ गते लोकतन्त्र दिवसको दिन नर्भिक हस्पिटलमा निधन भएको थियो । ०७० संविधान सभाको सभासद समेत रहनु भएका स्वं राजवंशी सिद्धार्थ बनस्थली संस्थापक प्राचार्य रहेका थिए ।  स्व.राजवंशीका साहित्य कृति र व्यावहारिक अर्थात जीवनोपयोगी शिक्षासँगै राजनीति चेतना अझै ताजै रहेको छ ।

बालाजु बनस्थली स्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटको प्रांगणमा पूर्व विद्यार्थी तथा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको श्रद्धाञ्जली सभामा स्व.राजवंशीका अत्यन्त हितैशी रहेका भक्त बहादुर शाक्यलाई सम्मान गरिएको थियो ।  

श्रद्धाजञ्ली सभामा परिवाजन, विद्यालयका शिक्षक, कर्मचारी ,विद्यार्थी, पत्रकार,साहित्यकार लगायतको बाक्लो उपस्थिति रहेको थियो । सभामा स्व. राजवंशीका छोरा प्राचार्य रुपक राजवंशीले पिताले गरेका कार्यको सम्झना गर्दै उनका बाँकी सपना पुरागर्ने बताए । अध्ययनमा कहिले नथाकेका पिता स्व.लक्ष्मण राजवंशीले ८६ वर्षको उमेरमा पनि लेखन र अध्ययन दुवैलाई निरन्तरता दिदै आएका थिए । आफूमात्र नभई सबैलाई अध्ययन अनुशन्धान गर्न प्रेरित गर्ने स्व. पितालाई सम्झदै प्राचार्य रुपक राजवंशीले भने ।  

त्यस्तै तीन दशकसगैं काम गर्दाको अनुभव सम्झदै भक्त बहादुर शाक्यले स्व।लक्ष्मण राजवंशीको आत्मले त्यति बेला शान्ति पाउँछ जब उनले छाडेर गएका ज्ञान र अपुरा रहेका उनका सपना हामीले पुरा गर्न सक्छौं । त्यसैले सबैले स्व।राजवंशीको स्मरण गर्दैगर्दा उहाँको गर्नु भएको योगदानको अनुशरण गर्नुपर्ने बताए  ।

त्यसैगरी कार्यक्रका प्रमुख अथिति डा.सर्वोत्तम श्रेष्ठले स्व।लक्ष्मण राजवंशीको योगदानको बारेमा व्याख्या गरेर कहिले नसकिने बताए । हामीमाझ नरहेतापनि उहाँले स्थापना गर्नुभएको सिद्धार्थ वनस्थली इन्स्टिच्युट र साहित्यलाई अझ बृहतसगै सशक्त बनाउनु पर्ने बताए । 

त्यसैगरी हरेक वर्ष स्व।लक्ष्मण राजवंशीको स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी, शिक्षक र राष्ट्रलाई योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै जाने बताए।  स्वं. लक्ष्मण राजवंशी एक कुशल शिक्षकमात्र नभई साहित्यकार र त्यागी राजनीतिज्ञ थिए  । 

आफ्नो अडानमा कहिले पनि पछि नहट्ने राजवंशीलाई राजादेखि गणतान्त्रिक सरकारमा कयौं पटक शिक्षा मन्त्रीको अफर गरेपनि स्वीकार गरे । सबैले  शिक्षा सैद्धान्तिक भन्दापनि व्यवहारिक हुनु पर्नेमा जोड्दिने हुने स्व.लक्ष्मण राजवंशीको आत्मले चिर शान्ति  कामना गरेका थिए । 
     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: