Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

नेता-कार्यकर्ता संवादको थलो बन्यो एमाले परिषद् बैठक, कसले के भने ?

लोकतान्त्रिक भित्तोमा पनि आए सुझाव

खबरडबली संवाददाता

काठमाडौँ । नेता र कार्यकर्ताबीच पर्याप्त संवादको अवसर नपाइएको गुनासो आइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक त्यसका लागि एक उपयुक्त थलो सावित भएको छ । 

परिषद् बैठकका प्रतिनिधिहरुले संवादको सकारात्मक थालनी भएकाले यसलाई नियमित र व्यवस्थित गर्नाका साथै आएका सुझावलाई योजनाबद्धरुपमा कार्यान्वयनमा जोड दिएका छन् ।

प्रायः कार्यकर्ताले गुनासो गर्दै आएका र पार्टीभित्र र बाहिरबाट उठ्ने  विषयलाई एमालेको नेतृत्वले ती विषयलाई कसरी सम्बोधन वा व्यवस्थापन गर्ने भनेर परिषद् बैठकका सदस्यसँग औपचारिकरुपमा सुझाव मागेको थियो । पार्टी सुदृढीकरणका लागि नेतृत्वले राखेका छ वटा प्रश्नलाई आधार बनाएर समूहगत छलफलमा प्रतिनिधिले खुलेर कुरा राखेका छन् ।

उनीहरुले आफ्ना भाषा, अनुभव र शैलीमा जवाफ दिएका छन्  । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आम प्रतिनिधि समूहमा रहेर यसप्रकारको छलफल एमालेले पहिलो पटक सञ्चालन गरेको थियो । विगतमा यस्ता महाधिवेशनहरुमा केन्द्रीय तह, प्रदेश तह र जनसङ्गठनका अलग समूहमा छलफल हुने गरेकामा यसपटक मिश्रण गरी समूह बनाइएको थियो ।

पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्दै निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे नेतृत्वले मागेको सुझावमा प्रतिनिधिहरुले घनीभूत छलफल गरी सुझाव दिएका छन् । 

बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षण, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको ९मूल्याङ्कन०, कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधन र निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा व्यापक छलफलसहित सुझावको अपेक्षा गरिएको थियो ।

महाधिवेशन प्रतिनिधि परिषद् सदस्य एवं एमालेको सङ्खुवासभा जिल्ला अध्यक्ष खड्ग राईले छलफलमा आधारभूत तहबाट कुरा आएको बताउँदै ती विषयलाई पार्टीले मनन् गरेर योजना बनाएर कार्यान्वयन गर्ने हो भने निर्णायक शक्ति बनाउन सकिने प्रतिक्रिया दिनुभयो । रासससँग कुरा गर्दै उहाँले पार्टी जीवनलाई जनमुखी र पारदर्शी बनाउन नेता र कार्यकर्ताका जीवनशैली सुधार हुनुपर्नेलगायत सुझाव आएको जानकारी दिए।

काभ्रेपलाञ्चोकका महाधिवेशन प्रतिनिधि एवं पूर्व सांसद नवीना लामाले कार्यकर्ताले दिएका सुझाव र उत्तरलाई पार्टी नेतृत्वले सम्बोधन गरेर मापदण्ड बनाउनुपर्छ भने भनाइ राखे। “त्यो भएमा पार्टीमा विधि बन्छ । पार्टीभित्र भएका आर्थिक अनियमितता, नेतृत्वको गलत आचरण, शैली र पार्टीभित्र हुने आन्तरिक गुटबन्दी अन्त्यका उपाहरु हामीले सुझाएका छौँ । यसको सहीरुपमा कार्यान्वयन भएमाले एमाले राष्ट्रिय र बलियो शक्ति बन्नमा सहजता हुनेछ”, उनले भने ।

महाधिवेशन प्रतिनिधि परिषद् सदस्य एवं राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले समूहगत छलफलमा आएका सुझावले पार्टीमा निकै राम्रो परिणाम दिने गरी सुधार हुने विश्वास व्यक्त गर्नुभयो । “पार्टीभित्र प्रश्न गर्नुपर्ने अवस्था नेतृत्वबाटै आएको हो । विगतमा उठेकै हुन् तर अहिले पार्टीको वैधानिक मञ्चमा नेतृत्वले सुन्ने गरी सुझाव दिन पाइएको छ । यो उपयुक्त अवसर सावित भएको छ”, उनले भने। उनले पार्टीमा साधारण सदस्यता हाल कायम रहेको भन्दा दस गुणा बढाउन पनि सुझाव आएको बताए ।

महाधिवेशन प्रतिनिधि परिषद् सदस्य मीनबहादुर शाहीले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित बनाउने तथा नीति, विधि र पद्धतियुक्त पार्टी बनाउन छलफलले सघाउने बताए । “नेतृत्वले कार्यकर्तासँगको संवाद नियमित र व्यवस्थित बनाउनुपर्छ । यो छलफलले त्यसको थालनी गरेको छ । नेता र कार्यकर्ताबीच दोहोरो संवाद भएको छ । यसले पार्टी जीवनको लोकतान्त्रिकीकरणलाई योगदान दिन सक्नेछ ।’’

लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी अध्यक्ष ओलीको राजानीतिक प्रतिवेदनका साथै महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनमाथि छलफल भएको हो ।

लोकतान्त्रिक भित्तोमा पनि आए सुझाव
दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी परिषद् बैठकमा एमालेले समूहगत छलफलका साथै व्यक्तिगत र लिखितरुपमा थप विचार÷सुझाव दिन चाहने प्रतिनिधिका लागि लोकतान्त्रिक भित्तोको व्यवस्था गरिएको व्यवस्था गरेको थियो । सो पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार खुल्ला खुलस्तरुपमा उक्त भित्तोमा पनि लिखित सुझाव आएकाले त्यसलाई अध्ययन गरी नेतृत्वले आवश्यकताका आधारमा प्रतिवेदनमा समावेश गर्नेछ । इलाम र बझाङमा यही वैशाख १५ गते उपनिर्वाचन भएकाले त्यस क्षेत्रका प्रतिनिधि भने कम उपस्थिति भएको जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा महानगरका इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखरा। पोखरा महानरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मिलेमतोमा सेवाग्राहीबाट ३ लाख ५० हजार रूपैयाँ घु...

४८ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको   छ । संघीय मामिला तथा समान्य प्रश...

प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएको छन् ।  हालै नियुक्त हुनु...

नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव फेला

डोटी । डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख १९ गते फेला पारेको ...

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जा...

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय ओमप्रकाश चौध...

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो ...

नक्कली प्रमाणपत्र लिएको आरोपमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी आरोप प...

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । कप्तान रोहितले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक ...

कप्तान रोहित ८२ रन बनाएर आउट

काठमाडौँ । कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् । वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् । व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies