Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

नेता-कार्यकर्ता संवादको थलो बन्यो एमाले परिषद् बैठक, कसले के भने ?

लोकतान्त्रिक भित्तोमा पनि आए सुझाव

खबरडबली संवाददाता

काठमाडौँ । नेता र कार्यकर्ताबीच पर्याप्त संवादको अवसर नपाइएको गुनासो आइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक त्यसका लागि एक उपयुक्त थलो सावित भएको छ । 

परिषद् बैठकका प्रतिनिधिहरुले संवादको सकारात्मक थालनी भएकाले यसलाई नियमित र व्यवस्थित गर्नाका साथै आएका सुझावलाई योजनाबद्धरुपमा कार्यान्वयनमा जोड दिएका छन् ।

प्रायः कार्यकर्ताले गुनासो गर्दै आएका र पार्टीभित्र र बाहिरबाट उठ्ने  विषयलाई एमालेको नेतृत्वले ती विषयलाई कसरी सम्बोधन वा व्यवस्थापन गर्ने भनेर परिषद् बैठकका सदस्यसँग औपचारिकरुपमा सुझाव मागेको थियो । पार्टी सुदृढीकरणका लागि नेतृत्वले राखेका छ वटा प्रश्नलाई आधार बनाएर समूहगत छलफलमा प्रतिनिधिले खुलेर कुरा राखेका छन् ।

उनीहरुले आफ्ना भाषा, अनुभव र शैलीमा जवाफ दिएका छन्  । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आम प्रतिनिधि समूहमा रहेर यसप्रकारको छलफल एमालेले पहिलो पटक सञ्चालन गरेको थियो । विगतमा यस्ता महाधिवेशनहरुमा केन्द्रीय तह, प्रदेश तह र जनसङ्गठनका अलग समूहमा छलफल हुने गरेकामा यसपटक मिश्रण गरी समूह बनाइएको थियो ।

पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्दै निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे नेतृत्वले मागेको सुझावमा प्रतिनिधिहरुले घनीभूत छलफल गरी सुझाव दिएका छन् । 

बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षण, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको ९मूल्याङ्कन०, कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधन र निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा व्यापक छलफलसहित सुझावको अपेक्षा गरिएको थियो ।

महाधिवेशन प्रतिनिधि परिषद् सदस्य एवं एमालेको सङ्खुवासभा जिल्ला अध्यक्ष खड्ग राईले छलफलमा आधारभूत तहबाट कुरा आएको बताउँदै ती विषयलाई पार्टीले मनन् गरेर योजना बनाएर कार्यान्वयन गर्ने हो भने निर्णायक शक्ति बनाउन सकिने प्रतिक्रिया दिनुभयो । रासससँग कुरा गर्दै उहाँले पार्टी जीवनलाई जनमुखी र पारदर्शी बनाउन नेता र कार्यकर्ताका जीवनशैली सुधार हुनुपर्नेलगायत सुझाव आएको जानकारी दिए।

काभ्रेपलाञ्चोकका महाधिवेशन प्रतिनिधि एवं पूर्व सांसद नवीना लामाले कार्यकर्ताले दिएका सुझाव र उत्तरलाई पार्टी नेतृत्वले सम्बोधन गरेर मापदण्ड बनाउनुपर्छ भने भनाइ राखे। “त्यो भएमा पार्टीमा विधि बन्छ । पार्टीभित्र भएका आर्थिक अनियमितता, नेतृत्वको गलत आचरण, शैली र पार्टीभित्र हुने आन्तरिक गुटबन्दी अन्त्यका उपाहरु हामीले सुझाएका छौँ । यसको सहीरुपमा कार्यान्वयन भएमाले एमाले राष्ट्रिय र बलियो शक्ति बन्नमा सहजता हुनेछ”, उनले भने ।

महाधिवेशन प्रतिनिधि परिषद् सदस्य एवं राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले समूहगत छलफलमा आएका सुझावले पार्टीमा निकै राम्रो परिणाम दिने गरी सुधार हुने विश्वास व्यक्त गर्नुभयो । “पार्टीभित्र प्रश्न गर्नुपर्ने अवस्था नेतृत्वबाटै आएको हो । विगतमा उठेकै हुन् तर अहिले पार्टीको वैधानिक मञ्चमा नेतृत्वले सुन्ने गरी सुझाव दिन पाइएको छ । यो उपयुक्त अवसर सावित भएको छ”, उनले भने। उनले पार्टीमा साधारण सदस्यता हाल कायम रहेको भन्दा दस गुणा बढाउन पनि सुझाव आएको बताए ।

महाधिवेशन प्रतिनिधि परिषद् सदस्य मीनबहादुर शाहीले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित बनाउने तथा नीति, विधि र पद्धतियुक्त पार्टी बनाउन छलफलले सघाउने बताए । “नेतृत्वले कार्यकर्तासँगको संवाद नियमित र व्यवस्थित बनाउनुपर्छ । यो छलफलले त्यसको थालनी गरेको छ । नेता र कार्यकर्ताबीच दोहोरो संवाद भएको छ । यसले पार्टी जीवनको लोकतान्त्रिकीकरणलाई योगदान दिन सक्नेछ ।’’

लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी अध्यक्ष ओलीको राजानीतिक प्रतिवेदनका साथै महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनमाथि छलफल भएको हो ।

लोकतान्त्रिक भित्तोमा पनि आए सुझाव
दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी परिषद् बैठकमा एमालेले समूहगत छलफलका साथै व्यक्तिगत र लिखितरुपमा थप विचार÷सुझाव दिन चाहने प्रतिनिधिका लागि लोकतान्त्रिक भित्तोको व्यवस्था गरिएको व्यवस्था गरेको थियो । सो पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार खुल्ला खुलस्तरुपमा उक्त भित्तोमा पनि लिखित सुझाव आएकाले त्यसलाई अध्ययन गरी नेतृत्वले आवश्यकताका आधारमा प्रतिवेदनमा समावेश गर्नेछ । इलाम र बझाङमा यही वैशाख १५ गते उपनिर्वाचन भएकाले त्यस क्षेत्रका प्रतिनिधि भने कम उपस्थिति भएको जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending